फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सबैका उत्तम गुणलाई अङ्गीकार गरेको सछ्वानको परिकार

(GMT+08:00) 2014-01-16 08:39:31

    

    

         चीनमा आठ किसिमका मुख्य व्यञ्जन-प्रणालीमध्ये सछ्वान-परिकार अति लोकप्रिय छ। लामो इतिहास र विशिष्ट स्वाद भएको हुनाले सछ्वान-परिकारको नाम चीनभित्र र बाहिर पनि चारैतिर फैलिएको छ। रंग, वासना, स्वाद र रुप यी चारै पक्षमा ध्यान दिइए तापनि खास गरी "स्वाद"मा बढी जोड दिइने गरेको सछ्वान-परिकार विविध र विशिष्ट स्वादका कारण ज्यादै लोकप्रिय छ।

         यसका विविध परिकार खास गरी "टर्रो, पिरो, नुनिलो, गुलियो, अमिलो, तीतो र स्वादिष्ट" यी सात किसिमको स्वादलाई अनेक परिवर्तनमा ठ्याक्क मिलाउने गरी दर्जनौं खालका विशेषतायुक्त मिश्रित स्वादमा तयार पारिएका हुन्छन जसले गर्दा यसले "एकेक परिकारको एकेक रुप-शैली, सयौं परिकारको सयौं स्वाद" भन्ने प्रतिष्ठा कमाइएको छ।

        सछ्वानको परिकार बनाउँदा सिपालु पाराबाट कच्चा पदार्थ, मौसम र ग्राहकको रुची हेरेर चलाउने गरिन्छ र यसमा पकाउने तरिका कम तेल हालेर भुट्ने, बढी तेलमा तार्ने, मसला राखिएको झोलमा डुबाएर निकै बेरसम्म तताउने, मसला हालेपछि चाँडचाँडो बफाउने आदि तीसभन्दा बढी तरिका अपनाइन्छ।

        यस सिलसिलामा उत्पादनको विकास तथा आर्थिक समृद्धिका साथसाथै सछ्वान-परिकार बनाउने तरिकामा परम्परागत आधारलाई कायम राखी दक्षिणी चीन तथा उत्तरी चीनमा पाइने परिकार र उच्च एवम् सामान्य भोजमा खुवाइने परिकारका राम्रा-राम्रा पक्षहरुलाई ग्रहण गरी नयाँ-नयाँ सिर्जना गरिएको छ। अब त "मिठो खाना खान चीनमै, स्वादिष्ट खाना खान सछ्वानमै" भन्ने भनाई सबैको जिब्रोमा प्रचलित छ।

        सछ्वान-परिकारमा चर्को र हल्का अनि तिक्खर र सामान्य हुने गरी स्वादको विभिन्नतामा खूब ध्यान दिने गरिन्छ। यसका लागि खुर्सानी, टिमुर र मरीच तीन थरीका मसला नभई नहुने चीज हुन्। अझ, खुर्सानीको प्रयोग बारे मात्र कुरा गर्दा पनि फरक-फरक तरिकाले हालेर नै फरक-फरक स्वादमा परिकार तयार गरिन्छ।

        अर्कातिर, खाने ग्राहकहरुको रुची र मौसमको हेरफेर अनुसार स्वादमा परिवर्तन ल्याउनु पनि उल्लेखनीय विषय हो। जस्तै भनौं, जाडो याममा अलि बढी पिरो खानु र गर्मी याममा अलि कम पिरो खानु एउटा मामूली सिद्धान्त हो।

        साथै आफ्नो व्यञ्जन-कलामा पनि द्बन्द्बात्मक मतको लचिलो सदुपयोग गर्नु सछ्वान-परिकारको तयारीको एउटा टड्कारो विशेषता भएकाले चाहे अनुसार नाना थरीका स्वादमा मनपर्दो सछ्वान-परिकार चाख्न पाएपछि लामो समयसम्म नबिर्सनु स्वाभाविकै कुरा हो।

जानकारी तथा लेखहरु
सुझाउ