फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"हिउँद ऋतुमा तिब्बत घुम्ने" योजनाबाट धेरै चिनियाँ तथा विदेशी पर्यटक आकर्षित

(GMT+08:00) 2014-01-21 16:11:44

      

केही वर्षयता तिब्बतले "हिउँद ऋतुमा तिब्बत भ्रमण" पर्यटन योजनामा ध्यान दिइरहेको छ। हिउँद ऋतुसँग अनुकूल रहेका धेरै पर्यटन कार्यक्रम तयारी भएका छन्। त्यसबाट धेरै चिनियाँ तथा विदेशी पर्यटक आकर्षित भएर हिउँद ऋतुमा तिब्बत भ्रमण गरेर विशेष अनुभव लिन उत्साही भएका छन्।

       तिब्बतका प्रसिद्ध पर्यटन व्यवसायी याङ स्यु छ्युङ्गका अनुसार, हिउँद ऋतुमा तिब्बतमा अक्सिजन मात्रा र ग्रीष्म ऋतुबीच धेरै फरक छैन तर सुक्खापन धेरै हुन्छ। मध्यान्ह घाम लागेर तापक्रम बीस सेल्सियसभन्दा बढी पुग्छ। साथै हिउँद ऋतुमा तिब्बतका धेरैजसो दृश्यावलोकन क्षेत्रको टिकट मूल्यमा आधा छुट हुने र धेरैजसो होटेलको खर्च पनि आधा घट्ने हुन्छ। त्यसैले हिउँदमा तिब्बत भ्रमण गर्न सस्तो र सजिलो हुन्छ।

        तिब्बती भूभाग समुद्री सतहबाट उच्चभागमा परेकोले चीनको मुख्य भूमिभन्दा धेरै फरक मौसम रहेको छ। त्यसैले तिब्बत पुग्ने पर्यटकले धेरै पानी पिउने र आराम गर्नु जरुरी छ। त्यहाँ साथै रक्सी र धुम्रपान राम्रो हुँदैन। साथै लेक लाग्ने संभावना भएकाले प्रतिरोधी औषधि र सूर्यको किरण तथा हिउँको टल्काइबाट बच्न सन ग्लास जस्ता सामग्रीको तयारी गर्नुपर्छ।

        मौसम राम्रो छ, पर्यटक त्यति धेरै छैन, पर्यटन खर्च छुट छ भन्ने विषय हिउँद ऋतुमा तिब्बतको भ्रमण गर्ने श्रेष्ठता बनेका छन्। तर हिउँद ऋतुमा तिब्बत घुम्नका लागि खासै के विषयमा ध्यान दिनुपर्छ नि?

        1. हिउँद ऋतुका दिनमा ल्हासाको तापक्रम ‌औसत रुपमा पन्ध्र डिग्री सेल्सियस पुग्छ तर रातमा माइनस पाँच डिग्री सेल्सियस पुग्छ। त्यसैले बाक्लो लूगा ल्याउनुपर्छ । अर्कातिर धेरैजसो होटेलमा हिटर छ त्यसैले रातमा सुत्दा चिसो हुँदैन।

        2. धेरैजसो मानिस समुद्र सतहभन्दा उच्च भागमा नबसेकाले तिब्बत पुग्दा लेक लाग्छ। त्यसैले लेक प्रतिरोधी औषधि ल्याउनुपर्छ। यसबाहेक रुघा खोकि आदि सामान्य औषधि पनि ल्याउनुपर्छ।

        3. तिब्बत समुद्र सतहबाट उच्च भागमा परेकोले घाम पनि धेरै लाग्छ। त्यसैले विशेष प्रकारका सन ग्लास लगाउनुपर्छ र घाम प्रतिरोधी स्क्रिम लगाउनुपर्छ।

        4. यदि हिमाली क्षेत्रको अवलोकन गरेमा हिम ग्लास लगाउनुपर्छ। र हिमाली क्षेत्रमा धेरै जाडो भएकोले फ्रोस्बाइट स्क्रिम तयारी गर्नुपर्छ। यदि फ्रोस्बाइट भएमा तीस चालीस डिग्री सेल्सियसको पानीमा कपडा राखेपछि फ्रोस्बाइट लागेको ठाउँमा राख्छ अनि रगत रङ्ग फेरि आएपछि फ्रोस्बाइट स्क्रिम लगाउँछ।

        5. तिब्बतमा हाइकिङ्ग गर्ने इच्छा भएमा पेशागत हाइकिङ्ग जुता लगाउनुपर्छ।

        6. हिउँद ऋतुमा सबै ट्रेभल एजेन्सि खुल्दैनन्। त्यसैले त्यहाँ जानुअघि टेलिफोन गरी सोधपुच्छ गर्नु राम्रो हुन्छ।

        7. हिउँद ऋँतुमा तिब्बत घुम्दा तिब्बती नव वर्ष, वसन्त चाड, आरु फूल महोत्सव आदि रमाइलो चाड-पर्व पर्छन्। त्यसैले त्यहाँ जानुअघि वेभसाइटमा त्यससम्बन्धी विषय-वस्तु तयारी गर्नसकिन्छ यसरी नै अझ राम्रोसँग तिब्बती सँस्कृति बुझ्नसकिन्छ।

       जस्तो भनौँ, तिब्बत स्वायत्त प्रदेशीय लिन्ची क्षेत्रको पर्यटन ब्यूरोबाट प्राप्त समाचारअनुसार, "चीनको सबैभन्दा सुन्दर वसन्त खोज्न लिन्ची जाऔँ" भन्ने मुख्य विषयसँगै बाह्रौँ लिन्ची आरुका फूलसम्बन्धी सांस्कृतिक महोत्सव हुने भएको छ। आगामी मार्च छब्बीस तारिख लिन्ची जिल्लाको गाला गाउँमा सुरु हुने महोत्सवमा चिनियाँ तथा विदेशी पर्यटकले "हिमाली क्षेत्रका आरुका फूलको समुद्र" अवलोकन गर्न पाउँछन्।

         हरेक वसन्त ऋतुमा लिन्ची क्षेत्रमा ढकमक्क आरु फुल्छन जसले गर्दा सो क्षेत्र गुलाबी समुद्र जस्तो देखिन्छ। सो क्षेत्रमा मार्चको सुरुदेखि मेको मध्यकालसम्मलाई आरु फुल्ने याम मानिन्छ। लिन्ची क्षेत्रको पर्यटन ब्यूरोका अधिकारी चुङ आइ रुङ्गले जानकारी दिएअनुसार, यो महत्सवको अवधिमा प्रसिद्ध तिब्बती गायिका याङ ची माले प्रदर्शन गर्नेछन् साथै इन्टर्नेट कार्यक्रम पनि सञ्चालन हुनेछ। यसबाहेक चीनका आँखा रोग विशेषज्ञले लिन्ची क्षेत्रमा मोतियाबिन्दु रोगीलाई निःशुल्क उपचार गर्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ