फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

क्वै लिनको डाँडा-काँडा र खोला-नाला

(GMT+08:00) 2014-01-23 15:15:53

 

     

        क्वै लिन शहर दक्षिण-पश्चिमी चीनको क्वाँग सी च्वाँग जातीय स्वायत्त प्रदेशमा अवस्थित छ। त्यहाँको मौसम न्यानो र ओशिलो हुन्छ। त्यहाँ हिउँद ऋतुमा साह्रै चिसो पनि हुँदैन र ग्रीष्म ऋतुमा अति गर्मी पनिकम पनि हुँदैन। त्यहाँ बाह्रैमाष जताततै हराभरा हुन्छ र वर्षभरिको औसत तापक्रम 19 डिग्री सेल्सियस हुन्छ।

        क्वै लिनमा तुलनात्मक रुपमा राम्रो प्राकृतिक पर्यावरणीय वातावरण कायम पाइन्छ। भौगर्भिक अनुसन्धान अनुसार, करीब 30 करोड वर्षभन्दा अघि क्वै लिन शहर एउटा गहिरो समुद्र थियो। पृथ्वीको आन्तरिक गतिशिलताका कारण थेग्रिलो चून पत्थर क्रमशः स्थलको रुपमा परिणत भएको थियो। पछि हावा र पानीको परिवर्तनका कारण आखिरमा विभिन्न विचित्र आकारका वनरुपी पहाडहरु, गहिरो र सुन्दर ढुंगे गुफा तथा रहस्यमय र जादूगर भूमिगत नदीहरु बनेका छन्।

        यी विशेष भौगोलिक आकृति र आकर्षक दृश्यावलीले भरिपूर्ण ली च्याँग नदी तथा त्यसको वरिपरिका मनै लोभ्याउने सुन्दर प्राकृतिक दृश्यबाट एक अर्कासँग मिसिएर विश्वमा समेत नाउँ चलेको वेग्लै विशेषतायुक्त "हरिया पहाड, स्वच्छ पानी, चमत्कारयुक्त ओडार र सुन्दर ढुंगा" भन्ने गरेको "क्वै लिन डाँडा-काँडा र खोलानाला" भन्ने प्रख्यात पर्यटकीय थलो बनेको छ। "क्वै लिनको यो डाँडा-काँडा र खोला-नालाले युक्त स्थल विश्वमा सबैभन्दा मनमोहक छ" भन्ने नामले विभूषित गरिएको छ।

        क्वै लिन 2,110 लामो इतिहास भएको एउटा प्राचीन शहर हो। त्यसको इतिहास र सँस्कृति निकै पूरानो र शानदार छ । क्वै लिन शहरमा हालका लागि राष्ट्रिय स्तर, स्वायत्त प्रदेश स्तर र शहर स्तरका 109 वटा महत्वपूर्ण पूरातात्विक-साँस्कृतिक वस्तु संरक्षण एकाई छन्। विभिन्न वंशकालताकाका लेखेपढेका व्वक्तिहरुले क्वै लिनका प्राकृतिक दृश्यहरुको गुणगान गर्ने खालका कविताहरु र बौद्ध धर्म सम्बन्धी चित्र र मूर्तिहरु पहाडभरि छरिएर रहेका ढुंगे गुफाहरुभित्र जताततै देखिन्छन्।

        तीमध्ये "क्वै हाई भन्ने ठाउँमा रहेका वन जस्ता देखिने ढुंगे स्तम्भहरु" र "सी शान पहाडको अग्लो भीरमा भएको ढुंगे कुँदाई" अत्यन्तै प्रख्यात छन्। क्वै लिन शहरभित्रका हेर्न लायक रमणीय पर्यटकीय थलोहरुमा पी लेन चुचुरो" " छी सिँग पार्क अर्थात् सातवटा चून पत्थरका ढुंगे ओडार भएको पार्क" "लोँग शँग तातो पानी फोहरा" "नर्कट नली ओडार " र "स्याङ्ग पी पहाड अर्थात् हात्तीसुँडे पहाड" आदि छन्।

        हाल क्वै लिन शहरमा विदेशीहरुका लागि खुला गरिएका जम्मा 28 वटा तारे होटेलहरु, 18 वटा अन्तर्राष्ट्रिय ट्राभल एजेन्सीहरु र एक हजार जनाभन्दा बढी दोभाषे र पथ-प्रदर्शकहरु छन्। विगत केही वर्षदेखि यता क्वै लिन शहरले पर्यटन सम्बन्धी आधारभूत प्रबन्धहरुलाई अरु बढी पूर्णता दिलाउने काम गर्दैआएको छ। हाल त्यहाँबाट देश-विदेशका लागि प्रत्यक्ष हवाइ उडानहरुको संख्या 40 भन्दा बढी पुगिसकेका छ।

जानकारी तथा लेखहरु
सुझाउ