फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2013को वार्षिक चिनियाँ राष्ट्रिय विज्ञान तथा प्रविधिको पुरस्कारबारे जानकारी

(GMT+08:00) 2014-01-24 14:40:03

        सन् 2013को वार्षिक चिनियाँ राष्ट्रिय विज्ञान तथा प्रविधिको पुरस्कार वितरण समारोह जनवरी दश तारिखका दिन पैचिङ्गमा आयोजना गरिएको थियो। जम्मा दशजना वैज्ञानिक र प्राविधिक विशेषज्ञ तथा तीन सय तेह्रवटा वैज्ञानिक र प्राविधिक उपलब्धिले गत सन् 2013को वार्षिक राष्ट्रिय विज्ञान तथा प्रविधि पुरस्कार पाएका छन्।

        चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र चीनको राज्य परिषद्ले जनवरी दश तारिख बिहान राजधानी पैचिङ्गमा भब्यताका साथ राष्ट्रिय विज्ञान तथा प्रविधि पुरस्कार वितरण समारोहको आयोजना गरेको थियो। राष्ट्राध्यक्ष सी चिन फिङ्ग, प्रधानमन्त्री ली ख छ्याङ लगायत चिनियाँ नेतागण लिउ युन शान र चाङ्ग काउ लीले त्यस समारोहमा भाग लिनुका साथै पुरस्कार बिजेता देशी र विदेशी प्रतिनिधिहरूलाई पुरस्कार वितरण पनि गर्नुभएको थियो।

        प्राप्त जानकारी अनुसार, सन् 2013को राष्ट्रिय विज्ञान तथा प्रविधि पुरस्कार जम्मा दशजना वैज्ञानिक तथा प्राविधिक विशेषज्ञ र तीन सय तेह्रवटा वैज्ञानिक र प्राविधिक उपलब्धि पुरस्कार पनि दिइएको छ। तीमध्ये दुईजनाले राष्ट्रिय सर्वोच्च वैज्ञानिक र प्राविधिक पुरस्कार पाएका छन् भने 54वटा राष्ट्रिय प्राकृतिक विज्ञान पुरस्कार, 71वटा राष्ट्रिय प्राविधिक आविष्कार पुरस्कार र 188 वटा राष्ट्रिय वैज्ञानिक र प्राविधिक प्रगति पुरस्कारको वितरण गरिएको छ। यसबाहेक, जम्मा आठजना विदेशी वैज्ञानिकले जन गणतन्त्र चीनको अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक सहयोग पुरस्कार पाएका छन्।

        दश तारिख बिहान दश बजेतिर चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङ्गले सर्वप्रथम राष्ट्रिय सर्वोच्च वैज्ञानिक र प्राविधिक पुरस्कारका बिजेता अर्थात् चिनियाँ विज्ञान प्रतिष्ठानका सदस्य एवम् चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गत ता लेन रसायन तथा भौतिक अनुसन्धान केन्द्रका छाङ्ग छुन हाउ, चिनियाँ विज्ञान प्रतिष्ठानका सदस्य एवम् चिनियाँ जनमुक्ति सेना अन्तर्गत प्रबन्ध विज्ञानका छङ्ग खाइ च्यालाई पुरस्कारको प्रमाण पत्र वितरण गर्नुका साथै उहाँहरूप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको थियो।

        राष्ट्रिय सर्वोच्च वैज्ञानिक र प्राविधिक पुरस्कार पाएका भौतिक र रसायन वैज्ञानिक चाङ्ग छुन हाउ यस वर्ष छयासी वर्षको उमेर भइसक्नुभएको छ। अर्का बिजेता अर्थात् चिनियाँ जनमुक्ति सेना अन्तर्गत प्रबन्ध विज्ञानका छङ्ग खाइ च्याको उमेर 96 वर्षको भइसकेको छ। उहाँ चीनका वरिष्ठ आणविक अस्त्र विज्ञान हुनुहुन्छ। सन् 2000 मा चीनले राष्ट्रिय सर्वोच्च वैज्ञानिक र प्राविधिक पुरस्कार खडा गरेयता जम्मा चौब्बीसजना वैज्ञानिक चीनको वैज्ञानिक र प्राविधिक क्षेत्रको सर्वोच्च पुरस्कार मञ्चमा आइपुगेका थिए।

        त्यसपछि प्रधानमन्त्री ली ख छ्याङ्गले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र चीनको राज्य परिषद्को तर्फबाट समारोहलाई सम्बोधन गर्नुभयो। उहाँले वैज्ञानिक र प्राविधिक सिर्जनशीलतालाई राष्ट्रिय विकासको केन्द्रीय स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको थियो। उहाँले मानव जाति वैज्ञानिक र प्राविधिक सिर्जनशीलताको मुख्य कारक तत्व हो भन्दै वरिष्ठ योग्य व्यक्तिको सम्मान गर्नुपर्ने, वरिष्ठ योग्य व्यक्तिको हितलाई प्रत्याभूति दिनुपर्ने र विश्वका अन्य मुलुकको अग्र अनुभवबाट सिक्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।

प्राप्त जानकारीअनुसार, उक्त पुरस्कार वितरण समारोहमा पाकिस्तानी विज्ञान प्रतिष्ठानका प्रमुख अटाउर रहमान र अमेरिकी डूक विश्वविद्यालयका प्राध्यापक वाङ स्याउ फानले सन् 2013अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक सहयोग पुरस्कार प्राप्त गर्नुभएको छ।

        पाकिस्तानी विजेता रहमानले जैविक तथा प्राकृतिक औषधीको रासायनिक अध्ययन गरिरहनुभएको छ। साथै उहाँले पाकिस्तानी विज्ञान प्रतिष्ठान र चिनियाँ विज्ञान प्रतिष्ठानबीचको सहयोगात्मक तथा साझेदारी सम्बन्धलाई अगाडि बढाइरहनुभएको छ।

        अर्का बिजेता अर्थात् वाङ स्याउ फान अमेरिकी डूक विश्वविद्यालयका एकजना प्राध्यापक हुनुहुन्छ। साथै उहाँ अन्तर्राष्ट्रिय ट्यूमर मोलिक्युलर जीव विज्ञान क्षेत्रका वरिष्ठ वैज्ञानिक पनि हुनुहुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ