फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिङ्गका विभिन्न ठाउँमा बसन्त चाडका लागि मनोरञ्जात्मक मेलाबारे चर्चा

(GMT+08:00) 2014-01-31 16:31:58

        चिनियाँ पात्रोअनुसार यस वर्ष घोडा वर्ष हो। घोडा वर्षको बसन्त चाडको स्वागतका लागि हाल पैचिङ्गमा विभिन्न ठाउँमा मनोरञ्जनात्मक मेलाका तयारी कार्य जोडतोडसँग भइरहेको छ।

         चीनको पश्चिमी भाग अवस्थित पा ता छु पार्कले बसन्त चाडको लामो बिदामा एउटा पूजा‌-आजा मेलाको आयोजना गर्नेछ। त्यस पार्कमा अधिकांश प्राचीन गुम्बा र दरबार रहेका छन्। पूजा-आजा मेलामा सङ्ग्रहालयमा सङ्कलन गरिएका अधिकांश पुराना फोटो बमोजिम पैचिङ्गको परम्परागत रीतिरिवाज र बौद्ध सँस्कृतिलाई पर्यटकसमक्ष देखाइनेछ।

        चिनियाँ भाषामा बसन्त चाडको बेला आयोजित मनोरञ्जनात्मक मेलालाई "म्याउ ह्वै"भनिन्छ। म्याउको अर्थ गुम्बा हो भने ह्वैको अर्थ समारोह वा मेला हो। यस दृष्टिबाट हेर्दा पा ता छु पार्कमा आयोजित हुने म्याउ ह्वै साँच्चिकै गुम्बामा आयोजित समारोह नै हो। प्राप्त जानकारीअनुसार, म्याउ ह्वैको अवधिमा हरेक बिहान नौ बजेतिर पार्कमा अवस्थित लीङ्ग क्वाङ्ग गुम्बाका आठजना महा भिक्षुले पालैपालो गरी पार्कको द्बार अगाडि पूजा-आजा समारोहको आयोजना गर्दै देशी र विदेशी पर्यटकको स्वागत गर्ने गर्नुहुन्छ। त्यो पूजा-आजा समारोह सम्पन्न भएपछि अन्य भिक्षुहरूको निर्देशनमा पर्यटकहरूले सौभाग्य द्बारभित्र पसेर भाग्यवाणी बमोजिम मार्गमा हिड्न सक्छन्।

           यसबाहेक, फ्रेब्रअरी दुई तारिखका दिनमा लिङ्ग क्वाङ्ग गुम्बाका महा भिक्षुले वन छाङ्ग दरबारमा विशेष समारोहको आयोजना गर्नुहुनेछ। किन वन छाङ्ग दरबारमा विशेष समारोहको आयोजना गरिने छ? किनकि चिनियाँ इतिहासमा वन छाङ्ग नामका देवताले सँस्कृति र कला क्षेत्रको नेतृत्व गर्नुहुन्छ। त्यसैगरी वन छाङ्ग देवताको पूजा-आजा गरेर परीक्षामा उत्तीर्ण हुने र राम्रा काम पत्ता लगाउने मानिसहरूको शुभेच्छा प्रष्ट गरिएको छ। अनि फेब्रअरी चार तारिखका दिन लक्ष्मी देवताको पवित्र दिवस हो। त्यसै दिन लिङ्ग क्वाङ्ग गुम्बाका महा भिक्षुले तीनवटा लक्ष्मी दरबारमा छुटाछुटै रुपमा लक्ष्मी देवताको पूजा-आजा समारोहको आयोजना गर्नुहुनेछ।

         पा ता छु पार्क बाहेक पैचिङ्गको सी छङ्ग प्रिफेक्चरमा अवस्थित युगौं युगका सम्राटहरूको गुम्बामा पनि यसै जनवरी तेईस तारिखदेखि बसन्त चाड स्वागत समारोहको आयोजना गरिंदैछ। त्यो सारा पैचिङ्गमा आयोजना गरिएको पहिलो बस‌न्त चाडको म्याउ ह्वै हो। त्यस म्याउ ह्वैको अवधिमा रङ्गीचङ्गी फूलको प्रदर्शनी हुनुका साथै केही चिनियाँ लिपी पनि पर्यटकसमक्ष प्रदर्शन गरिनेछ। यसका अतिरिक्त जनवरी चौब्बीसदेखि छब्बीस तारिखसम्म "सी छङ्ग प्रिफेक्चरका माल सामान मेला"को पनि आयोजना गरिंदैछ। त्यो मेला सी छङ्ग प्रिफेक्चरको गैर भौतिक साँस्कृतिक सम्पदा केन्द्र र स्युआन नान साँस्कृतिक सँग्रहालयको संयुक्त तत्त्वावधानमा आयोजना गरिएको हो। त्यस मेलामा पैचिङ्गमा थुप्रै नामी मार्काका व्यवसायहरू भेला भई नयाँ वर्षको शुरुआतमा बासिन्दाहरूको किनमेलका लागि सुविधा र सहुलियत प्रदान गरिनेछ।

          यसबाहेक पैचिङ्गको ती थान पार्कमा आयोजित म्याउ ह्वै पनि ज्यादै आकर्षित देखिन्छ। किनकि ती थान म्याउ ह्वैको लामो इतिहास र विशेषतायुक्त रीतिरिवाज भएकाले पैचिङ्गबासी लगायत अधिकांश बासिन्दाहरूले निकै स्वागत गर्दछन्। घोडा वर्षको बसन्त चाडको लामो बिदामा ती थान म्याउ ह्वैले पहिलो पटकगरी केही आधुनिक र रोचक खेल र प्रतियोगिता पनि आयोजना गर्नेछ। त्यसले गर्दा बासिन्दा र पर्यटकहरूले परम्परागत रीतिरिवाजबारे ज्ञान प्राप्त गर्नुका साथै आधुनिक खेलको विशेषता पनि अनुभव गर्नसक्छन्।

           बसन्त चाडको लामो बिदामा ती थान म्याउ ह्वैले हरेक बिहान दशबजेतिर प्राचीन छिङ्ग वंशका विभिन्न अभिनय कार्यक्रम प्रस्तुत गर्नेछ। ती कार्यक्रममध्ये पैचिङ्गमा अनेकन् परम्परागत साँस्कृतिक तरिका र स्थानीय मनोरञ्जनात्मक शैली पनि दर्शकसमक्ष स्पष्टसँग देखाउन सकिन्छ।

           यसका अतिरिक्त पैचिङ्गको प्रसिद्ध छाङ्ग तेन म्याउ ह्वै पनि जनवरी एकतीसदेखि फेब्रअरी चार तारिखसम्म आयोजना गरिनेछ। त्यस म्याउ ह्वैमा गहना र मूल्यवान चीजको निरीक्षण कार्यक्रम, परम्परागत नाटक, लक्ष्मी देवताबाट शुभकामना लगायतका विविध परम्परागत विशेषतायुक्त गतिबिधिको आयोजना गरिनेछ। छाङ्ग तेन म्याउ ह्वैको एउटा के श्रेष्ठता छ भने बासिन्दा र पर्यटकहरूले नि:शुल्क रुपमा म्याउ ह्वैको अवलोकन गर्नसक्छन्। के भन्नसकिन्छ भने छाङ्ग तेन म्याउ ह्वैबाट सार्वजनिक हितकल्याणको विशेषता स्पष्टसँग देखिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ