|
|
|
|||||||||
|
||
|
140203wenhua.m4a
|

साम्ये गुम्बा तिब्बतको ल्होका क्षेत्रको द्रानाङ्ग जिल्लाको साम्ये बस्तीमा अवस्थित छ। त्यसको निर्माण आठौं शताव्दीको टु पो राजकुलमा गरिएको थियो र हालसम्म एक हजार वर्षभन्दा लामो इतिहास भइसकेको छ। त्यो गुम्बा तिब्बती बौद्ध धर्मको इतिहासमा रहेको गौतम बुद्ध, बुद्ध बन्ने तरिका र लामा यी तीनवटा गहना पूराका पूरै सँगै भएको पहिलो गुम्बा रहेको कारण त्यसलाई "तिब्बतको पहिलो गुम्बा"पनि भनिएको छ।
साम्ये गुम्बा प्राचीन भारतको आउल्दा बुद्धि टेम्पलको ढाँचा बमोजिम निर्माण गरिएको हो। त्यसलाई टु पो राजकुलमा रहेको सबैभन्दा बिशाल र शान्दार वास्तु-समूह मानिन्थ्यो। गुम्बामा रहेका वास्तुहरूलाई बौद्ध धर्मको विश्व दृष्टिकोण अनुसार विभाजित गरिएको छ। तीमध्येको केन्द्रीय बौद्ध दरबारमा तिब्बती जाति, हान जाति र भारतका तीनै शैली पनि मिसाइन्छ। त्यस दरबारको पहिलो तला तिब्बती ढाँचा अर्थात् तिब्बतको स्थानीय बनौट रहेको, मध्यको तला हान जातिको शैली अर्थात् चीनको मुख्य भूमिको बनौट रहेको र माथिल्लो तला भारतीय शैली अर्थात् भारतको ढाँचा रहेको छ। त्यसैकारण साम्ये गुम्बालाई "तीन प्रकारको गुम्बा"पनि भनिन्छ।

साम्ये गुम्बामा दरबार तथा स्तम्भहरू ज्यादै बिशाल र शान्दार देखिन्छन्। दरबारभित्रका भित्ते-चित्र र मूर्तिहरू पनि निकै कुशल छन्। गुम्बामा अधिकांश काठे मूर्ति, ढुङ्गे लिपी र थान्का लगायतका मूल्यवान सांस्कृतिक पूरातात्त्विक वस्तुहरू संरक्षित छन्। साम्ये गुम्बाको वरिपरि एक हजार दुई सय मिटरभन्दा लामो पर्खालले घेरिएको छ भने जम्मा एक हजार आठवटा बुद्ध स्तम्भ पनि ठडिएका छन्।

साम्ये गुम्बामा टु पो राजकुल यता तिब्बतका विभिन्न युगका इतिहास, धर्म, वास्तु, भित्ते-चित्र र मूर्ति आदि पूरातात्त्विक वस्तुहरू पनि संरक्षण गरिएको छ। के भन्नसकिन्छ भने गुम्बामा तिब्बतको समस्त प्राचीन सभ्यता पनि संरक्षित छ। त्यसमा सबैभन्दा प्रसिद्ध भित्ते-चित्र बयान्नब्बे मिटर लामो "इतिहासको रेकर्ड"नै हो। त्यस भित्ते-चित्रमा धर्मद्बारा तिब्बती क्षेत्रको इतिहासको ब्याख्या र लामो समयबाट छाडिएका किम्बदन्ती पनि उल्लेख गरिएको छ। यसका अतिरिक्त धेरै वर्षअगाडि तिब्बती जातिको स्थानीय रीतिरिवाजको ब्याख्या गरिने विभिन्न किसिमका भित्त-चित्रहरू पनि समावेश छन्।
| © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040 |
|||||||||