फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"पैचिङ्ग प्रेम कथा" शीर्षकको चलचित्रबारे चर्चा

(GMT+08:00) 2014-01-27 09:30:10

         युवा पटकथा लेखक एवम् फिल्म निर्देशक छ्न स छङ्गले हाल आफुले लेखेको र निर्देशन गरेको पहिलो ग्रन्थ अर्थात् "पैचिङ्ग प्रेम कथा" शीर्षकको चलचित्र सम्बन्धी पत्रकार सम्मेलनको आयोजना गर्नुभयो।

         प्राप्त जानकारीअनुसार, "महिलाले पुरुषबारे बुझाउने र पुरुषले महिलाको अझ माया गराउनु"भन्ने कुरा त्यो चलचित्रको मुख्य नारा हो। जुन चलचित्र आगामी फेब्रअरी चौध तारिखका दिनदेखि सारा देशमा प्रसारित गरिनेछ।

         सन् 2012को शुरुवातमा "पैचिङ्ग प्रेम कथा" शीर्षकको टिभि नाटक चीनका विभिन्न प्रान्तीय टेलिभिजन स्टेशनमार्फत प्रसारित गरिएको थियो। प्रसारण गरिएपछि सारा समाज विशेषत: युवा-युवतीहरूमाझ निकै ठूलो प्रतिकृया जनाइएको देखिन्छ। नाटकमा हालको जटिल सामाजिक अवस्थामा आ-आफ्नो कल्पनामा लागिरहेका केही युवा-युवतीको रोचक कथा उल्लेख गरिएको छ।

         नाटक टिप्पणीकारका अनुसार, "पैचिङ्ग प्रेम कथा" शीर्षकको कथामा केही युवा-युवतीहरूको सामाजिक जीवन, दैनिक काम र सुमधुर प्रेमबारे ब्याख्या गरेर वर्तमान चिनियाँ युवकहरूको वास्तविक जीवन प्रतिबिम्बित गरिएको छ। त्यसमा रहेका रोचक भनाइ र फेशन शब्दले दर्शकलाई निकै गहिरो छाप पारेको छ। साथै अभिनेता-अभिनेत्रीहरूको उच्चस्तरीय अभिनयले पनि दर्शकको मनलाई छोएको छ।

         "पैचिङ्ग प्रेम कथा" शीर्षकको टिभी नाटकमा पहिलो पुरुष पात्रको अभिनय गर्नुभएका युवा अभिनेता छ्न स छङ्ग हाल चलचित्र निर्देशनमा परिवर्तित हुनुभएको छ। उहाँले आफ्नो अथक प्रयासमार्फत् त्यो मनोरञ्जनात्मक टिभी नाटकलाई चलचित्रको रुपमा बनाउनुभएको छ। पहिलेका टिभि नाटकमा अन्य पात्रको अभिनय गरेका अभिनेता अभिनेत्रीहरूले पनि उहाँलाई निकै ठूलो समर्थन र सहयोग दिएका छन्।

         टिभि नाटकमा पहिलो महिला पात्रको अभिनय गरेकी युवा अभिनेत्री थोङ्ग ली याले अबको समान नामको चलचित्रमा निरन्तर रुपमा पहिलो महिला पात्रको अभिनय गरेकी छिन्। उनले शन पिङ्ग नामकी एजजना मायालु र इमान्दारी युवतीको राम्ररी अभिनय गरेकी छिन्। प्राय:जसो दर्शकमाझ यस्तो भनाई प्रचलित छ: कि प्रेमिका खोज्नका लागि शन पिङ्ग नामकी युवती खोज्नुपर्छ। किनभने शन पिङ्ग नामकी युवतीको निकै सुन्दर अनुहार भएको मात्र नभई एउटा शुद्ध र सफा मन रहेको छ। त्यो ज्यादै मूल्यवान छ।

         वास्तविक जीवनमा अभिनेता अर्थात् चलचित्रका निर्देशक छ्न स छङ्ग र अभिनेत्री थोङ्ग ली या साँचो प्रेमी र प्रेमिका हुन्। पहिले टिभि नाटक बनाउने क्रममा उनीहरू बीचको चिनजान भएको थियो। क्रमश: उनीहरू एकले अर्काको प्रेम गर्न थालेको थिए। प्रेम सम्बन्ध स्थापना भएपछि उनीहरूले सँगै मिलेर नाट्य क्षेत्रमा प्रयास गर्दैआएका छन्।

         हाल निर्देशक छ्नले यसै वर्ष अर्थात् सन् 2014मा अभिनेत्री थोङ्गसँग बिवाह गर्ने खबर सार्वजनिक गर्नुभएको छ। उनीहरूले बिवाह समारोहको आयोजना स्थललाई रमणीय दृश्य रहेको ताहिटी टापु(Tahiti)मा तोकेका छन्। उनीहरूको बिवाह समारोह निकै मनोरञ्जनात्मक हुनेछ। आगामी दिनहरूमा उनीहरूले आ-आफ्नो नृत्य क्षेत्रमा अझ प्रगति प्राप्त गर्नसक्ने र उनीहरू बीचको प्रेम सम्बन्ध झन् प्रगाढ हुनसक्ने शुभकामना हामीले पनि दिएका छौं। उनीहरूले चलचित्र होस् वा टिभि नाटकमा अझ बढी रोचक पात्रको अभिनय गर्नसक्ने भन्ने हाम्रो अपेक्षा पनि हो।

जानकारी तथा लेखहरु
सुझाउ