फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छाङ्ग पाई अर्थात् बाह्रैमास सेत्तामे पर्वत

(GMT+08:00) 2014-01-30 09:10:12

       

 छाङ्ग पाई पर्वत उत्तर-पूर्वी चीनको ची लिन प्रान्तमा पर्दछ। त्यो चीन र प्रजातान्त्रिक जन-गणतन्त्र कोरियाको सीमाको रुपमा रहेको पर्वत हो । साथै यो थुमन च्याँग नदी, यालु च्याँग नदी र सोँग व्हा च्याँग नदी यी तीनवटा प्रख्यात नदीको मुहान पनि हो। आँखालाई तन्काएर हेरे पनि सीमा देख्न नसकिने समुद्र जस्तो फराकिला वन-जंगल तथा त्यसमा रहेका अमूल्य र विरलै पाइने पशु-पंक्षीहरुले गर्दा त्यसलाई सन् 1980 मा नै संयुक्त राष्ट्र संघअन्तर्गत जीव-जन्तुहरुको अन्तर्राष्ट्रिय आरक्षण क्षेत्रमा उल्लिखित गरिएको थियो। हाल यस छाङ्ग पाई पर्वतलाई चीनका चारवटा क श्रेणीका अर्थात् सबैभन्दा राम्रो मानिने राष्ट्रिय प्राकृतिक रमणीय क्षेत्रको सूचीमा समावेश गरिएको छ।

      छाँग पाई पर्वतलाई " क्वान् तोँग क्षेत्रको प्रथम पर्वत" अर्थात् उत्तर-पूर्वी चीनको प्रथम पर्वत भनिन्छ। यस छाङ्ग पाई पर्वत क्षेत्रमा रहेको ऐतिहासिक नदी-क्षेत्र उत्तर-पूर्वी बासीहरुको सधैँ नै उठ-बसको थलो रहँदैआएको छ, र त्यो चीनको अल्पसंख्यक जाति— मान जातिको उद्‍गम भूमि पनि हो। यसैहुनाले यस ठाउँ चीनको छिँग वंशकालमा "तीर्थ स्थल" भन्ने नाउँबाट परिचित थियो। पर्यटन गर्न लायकका ठाउँ, चीनको अल्पसंख्यक मान जातिको उद्‍गम भूमि र कोरियाली जातिको पवित्र पहाडको हैसियतले यस छाँग पाई पर्वतले विश्वमा समेत आफ्नो नाउँ कमाएको छ।

      छाँग पाई अर्थात् बाह्रै महिना सेताम्मे रहने यस पर्वतको मुख्य चुचुरो सेता ढुंगा र नपग्लिने हिउँले ढाकिएकोले यसले आफ्नो यस्तो नाउँ पाएको हो। यो एउटा सुशुप्त अवस्थामा रहेको ज्वालामुखी पहाड हो। ऐतिहासिक सामग्रीमा उल्लेख गरिएअनुसार, ख्रष्टाव्दी 16 शताव्दीदेखि यता तीन पटक यस पर्वतको टुप्पो हुतिएर भित्रबाट ज्वाला निस्केको थियो। छाँग पाई पर्वतको अनौठो र जादूगर जस्तो सुन्दर भौगोलिक आकृतिले मानिसलाई लठ्ठ पार्ने गरेको छ। यस पर्वतमा रहेका हेर्नलायकका नामी रमणीय स्थलहरु यसप्रकार छन्: थेन छ् अर्थात् पर्वतको टुप्पोमा रहेको पोखरी, पैंयुँको वन, मैरन् अर्थात् सुन्दरी केटी नामक सल्लाको बोट, ठूलो खोँच, पहाडी पार्क, मुख्य चुचुरो, तातो पानीको फोहरा, हे फँग खौ अर्थात् भयङ्कर बतास चलिरह‌ने खोँच अथवा भन्ज्याङ, र ढुंगे वन आदि।

      छाङ्ग पाई पर्वत उत्तर-पूर्वी चीनका प्रसिद्ध जिन्सन, लोखर्के जस्तो देखिने एक प्रकारको जनावर, मृगको कलिलो सींग पाइने मुख्य ठाउँ हो। यसका अतिरिक्त, पर्वतभरि नाना थरिका बिरलै पाइने जैविक श्रोत साधनहरु त्यहाँ पाइन्छन्। वनस्पतिमा सुन्दर केटी नामक सल्लाको बोट, पहाडी अंगूर, जंगली च्याउ र चिन ता लाई नामक फूल छन् भने जनावरमा उत्तर-पूर्वी बाघ र रातो टाउके बकुल्ला छन्।

       छाँग पाई पर्वतको भ्रमण गर्दा सवारीको एकदमै सुविधा छ। तपाईं विमानव्दारा पैचिँग,शाँग हाई वा शन याङ्गबाट येन ची शहर पुगेपछि मोटरबाट सीधै त्यहाँ पुग्नसक्नुहुनेछ। त्यहाँ पुगेपछि पहाडको फेदी वा पहाडमा जहाँ पनि विभिन्न श्रेणीका होटेलहरु छन्। राम्रो सुविधा भएको होटेलमा बस्ने एक रातको भाडा 220 चिनियाँ युआन पर्छ भने साधारण होटलमा एकजनाका लागि एक रातको भाडा सामान्यतया 10 देखि 40 चिनियाँ युआन मात्र तिरेपुग्छ।

जानकारी तथा लेखहरु
सुझाउ