फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पैचिंग रङ्गीन बत्ती

(GMT+08:00) 2014-02-05 16:52:24

         चीनमा रङ्गीन बत्तीको एक हजार आठ सय वर्षको इतिहास भएको छ। चिनियाँहरु परम्परागत चाड-पर्वको अवधिमा रङ्गीन बत्ती रमाइलो तथा सुशीयाली वातावरणलाई सिर्जना गर्ने महत्वपूर्ण श्रृङ्गारपटार हो। दिनमा रङ्गीन बत्ती झुण्ड्याइएपछि रमाइलो लाग्दछ भने राती बत्तीहरु चम्किला र उज्ज्याला पारिन्छ। चीनको विभिन्न ठाउँमा बनाइने रङ्गीन बत्तीका फरक फरक विशेषता छन् र तीमध्ये पैचिंग रङ्गीन बत्तीको अद्वितीय विशेषता छ। किनभने पैचिंग रङ्गीन बत्तीबाट दरबार कलालाई देखाइन्छ र यसै करणाले यसलाई राष्ट्रिय गैरभौतिक साँस्कृतिक सम्पदा सूचीमा राखिएको छ।

         पैचिंग शहरको पूर्वी भागमा पर्ने फिङ कु क्षेत्रमा पर्ने सि कु गाउँबस्तीमा दुई हजार वर्गमिटर क्षेत्रफल ओग्टेको रङ्गीन बत्ती उत्पादन केन्द्र छ। यो केन्द्र पैचिंग रङ्गीन बत्ती कलाकार ली पाङ व्हाको स्डिड्यु हो। धेरै पुस्तासम्म सारिएको पैचिंग रङ्गीन बत्ती बनाइने सीप एक प्रणालीबद्ध कलात्मक सीप बनिसकेको छ। यसबारे जानकारी दिँदै कलाकार ली पाङ व्हाले भने:"चीनको इतिहासमा पैचिंग छ वटा राजबंशमा राजधानी बनाइएको थियो। हरेक राजबंशका कलाकारका दक्ष प्रत्येक पुस्ता पाइन्थे। उनीहरुले विभिन्न ठाउँमा पाइने रङ्गीन बत्तीका विशेषतालाई मिसाएपछि पैचिंग रङ्गीन बत्तीको विशेषता बन्यो कि दामी, शानदार दरबार कला हो। ती बत्तीहरु कुशल सीप तथा राम्रा सामग्रीबाट बेहोरामा ध्यान दिइएर बनाइएका हुन।"

         ली पाङ व्हा हाते कलाकार परिवारबाट हुर्काइएका हुन्। बालक हुँदा कला तथा परम्परागत सीपप्रति ठूलो जासो उठाए। पछि जन गणतन्त्र चीन स्थापित भव्य समारोहमा थेन आन मन चोकअगाडीको भवनमा झुण्ड्याइएका राता बत्तीको डिजाइनर गुरु ली तुङ स्युसँग कलाकार लीनले बत्ती बनाउन दशौं वर्षसम्म सिकेका थिए। आजकाल ली पाङ व्हा तथा उनका साथीहरुले पैचिंग रङ्गीन बत्ती बनाइने सीपलाई कसरी अर्का पुस्तासम्म सार्ने अध्ययन गर्दै छन्। उनीहरुले दशौं जना चेलालाई सिकाइरहेका छन्। यसबाट उनका घर परिवारका एक सय जना किसानलाई रोजगारी प्रदान गरिएको छ।

         श्री लीको टोली दशौं किसिमका रङ्गीन बत्ती बनाउन सक्छ। उनीहरुबाट बनाइएका विविध खालका रङ्गीन बत्तीहरु परम्परागत तरीका बमोजिम हातले बनाइएका हुन्। यहाँनिर भन्नुपर्ने कुरा के हो भने उनीहरुले बनाएका वन्यजन्तुको आकारका रङ्गीन बत्ती बन्यजन्तु चल्ने नियम, हिँड्ने चाल तथा मांशपेसी आधारित फलामको डोरीले जोडिएका हुन्।

         चरा तथा फिनिक्स भन्ने रङ्गीन बत्तीका लागि झलाइ गरेका ठाउँ कम्तिमा दश हजार वटा छन्। श्री लीलाई गौरब लागेको कृति गत शताव्दीको असी दशकको अधविमा बनाइएको नाग ढुङ्गा बत्ती समूह हो। लीले भने:"यस नागढुङ्गा बत्ती समूहलाई नै डिजनाइन गरेको कारण के हो त? किनभने त्यति बेला चीनमा सुधार तथा खुलापन लागू भयो र विभिन्न क्षेत्रमा विकास हुँदै गएको देखियो। मात्रृभूमि नाग जस्तै समृद्ध हुने विचार गरें। त्यस बत्तीको लम्बाइ दुई दशमलब छ मिटर र उचाइ एक दशमलब पाँच मिटर छ। मैले डिजाइन गरेको नाग ढुङ्गा बत्ती दुई तहको कागजी घोडा घुम्ने बत्तीबाट बनाइएको हो। कागजी घोडा घुम्ने बत्ती चीनबाट सिर्जना गरिएको हो। यस बत्तीलाई विजुली चाहिन्दैन बरु मैनबत्तीबाट उत्पन्न तापले चित्रलाई घुमाउन सक्छ। हेर्दा खेरी चलचित्र हेरेको जस्तो। चित्रमा बनाइएका पात्रहरु नरम कपडाबाट बनाइएका हुन्। रातो रङ्गबाट नाग ढुङ्गाको विशाल ताकदालाई देखाइन्छ।"

         रङ्गीन बत्ती सीप एउटा मिलिजुली कला हो। परम्परागत हाते सीप राम्रोसँग सिक्नु सजिलो छैन। परम्परागत कलाकारको आम्दानी त्यति धेरै पनि छैन। आफ्नो स्डिड्युबाट अझ फेशनल कलात्मक वस्तु बनाइएर अझै बढी युवा युवतीलाई आकर्षित गराउने आशा व्यक्त गर्दै श्री लीले भने:"पैचिंग रङ्गीन बत्ती कलाकारको हैसियतमा मैले यस सीपलाई अर्का पुस्तासम्म सार्नुपर्छ। मेरो उमेर त्यति धेरै भएको छैन र यस सीप पुर्खालाई सिकाउने आशा मैले लिएको छु। यस सीप दशौं पुस्तासम्म सारिँदै आएको हो हाम्रो पुस्तासँग यसलाई पछि सार्ने जिम्मा छ। यस रङ्गीन बत्ती उज्ज्वल भविश्यको प्रतीक हो र यस सीपलाई सिकाउने काम राम्रोसँग गर्नुपर्छ।"

जानकारी तथा लेखहरु
सुझाउ