फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

धार्मिक तथा पर्यटकीय स्थल--धुलिखेल

(GMT+08:00) 2014-02-13 14:10:56

     

        करीव 1625 मिटर (5330फिट)को उचाइमा अवस्थित धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरु र ती भन्दा पर सेता हिउँले सजिएका पर्वत मालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ । हिमाली चुचुरा र हिमनदी, सूर्योदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरुलाई मात्र नभै नेपालीहरु समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरुको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरुको लामो लाइन,र पर्यटकहरुको बिहान 3 बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ ।

       बि.सं.2022 तिर जिल्ला सदरमुकामको रुपमा चिनिन थालेको धुलिखेल,नेपाल अधिराज्यको इतिहासमा समेत स्पष्ट रुपमा उल्लेख भएको कुरा ऐतिहासिक पृष्ठभूमिमा नै उल्लेख भइसकेको छ । वि.सं. 1820 कार्तिक 10 गतेका दिन श्री 5 पृथ्वीनारायण शाहको फौजसंग पराजित धुलीखेलमा 50 घरपरीवार मात्र बाँकी रहेका थिए ।

      प्राकृतिक सौन्दर्य, होचा-होचा हरिया पाटनहरुले (घाँसे मैदान) भरिएको, स्वस्थ्यकर जलवायु भएको धुलिखेलको नामाकरण कसरी रहन गयो भन्ने सन्दर्भमा केही किम्बदन्तीहरु छन् । प्राचीनकालमा यहाँ बाघ लाग्ने घना जंगल थियो । त्यसै जंगलका बाघहरु खेल्ने डुल्ने ठाउँ भएकोले "धुंखेल" भनिन्थयो । जसको नेवारी भाषामा "धु" को अर्थ बाघ र "खेल" को अर्थ डुल्ने खेल्ने भन्ने बुझिन्छ । यसैगरी अर्को थरीको भनाइ अनुसार अघिका यी बन्य सम्पदा मासेर मानिसहरुले बस्ती बसाल्दै लगेपछि उजाडिएका डाँडाकाडाँमा हुरी बतासले गर्दा धुलैधुलो उड्ने भएकोले यसको नाम धुलिखेल रहन गएको हो ।

       काठमाडौं-तातोपानी ( चिन सिमाना ) पुग्ने/ जोड्ने अरनिको राजमार्गको 30 कि.मि. ( नौ कोस ) मा अवस्थित धुलिखेल यातायातको दृष्टिले सुविधायक्त,मानिन्छ । यहाँवा आवागमनको निम्ति बस, ट्याक्सी आदि सुविधा सदैव प्राप्य छ।

       यहाँबाट गगनचुम्बी हिमालहरुमध्ये मनास्लू, लमजुङ्ग, गणेश, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरु देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरुले मात्र साधारणतया: देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाडाँबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षकको केन्द्रबिन्दू बन्दै गएको छ ।

       जिल्लाको दोस्रो शहरी क्षेत्र एवं नगरपालिका समेत भएको यस धुलिखेल नगरपालिकाले 1078 हेक्टर क्षेत्रफल ओगटे भएता पनि मुख्य धुलिखेल बजार क्षेत्र 0.5 बर्ग कि.मि. मात्र छ ।

        उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरुको भन्दा यहाँका नेवारहरुको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै ढंगको छ ।

        यहाँका बासिन्दाहरुको मुख्य ब्यवसाय कृषि र व्यापार हो । कूल जनसंख्याको 531 घरधुरीले वयापार र 528 घरधुरीले कृषि पेशा अपनाएको तथ्य 2052 सालमा लिइएको बस्तीस्तरीय सर्भेक्षणबाट प्राप्त भएको छ । यहाँका पुरुषहरुले ब्यवसायमा लागेको पाइन्छ । यहाँ एउटा भनाइ मान्नुपर्छ -यहाँका नेवारहरु ब्यापार गर्न पुर्व लाग्छन् पश्चिम जाँदैनन् भन्ने जनसाधारणको भनाइ छ । हुन त यथार्थमा धुलिखेल ब्यापारीहरु पूर्वमा इलाम, दार्जीलिङ्ग, सिक्किम र भूटानसम्म पुगेको पाइन्छ ।

       धुलिखेल,काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला सदरमुकाम भएकले जिल्लास्तरीय सरकारी तथा गौरसरकारी कार्यालयहरु यहीं छन् । यहाँ 3 मा.वि.मा 10+2 को कक्षा संचालन भैसकेको छ भने निजी क्षत्रमा अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्न सफल काठमाडौं विश्वविद्यालय रहेको छ । प्राथमिक शिक्षा तालिम केन्द्र निजी क्षेत्रको लगानीमा स्थापित धुलिखेल अस्पतालले शिक्षा र स्वास्थ्यको क्षेत्र प्रदान गर्दै आएका छन् यहाँ रहेको नापी तालिम केन्द्रले प्राविधिक शीप प्रवर्द्धन गर्दौ आएको छ । गणेश, सरस्वती, वाराही, गीता, मन्दिर, गोखुरेश्वर महादेव, भैखण्डा मन्दिर र भगवतीको मन्दिर प्रसिद्ध छन् । दक्षिण पूर्व स्थित काभ्रेकोटमा कालीदेवीको मन्दिर पनि प्रख्यात छ ।

जानकारी तथा लेखहरु
सुझाउ