फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी औषधी विदेशी पर्यटकका नजरमा आकर्षक

(GMT+08:00) 2014-02-19 14:30:02

         हालैका केही वर्षदेखि चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी औषधी तीब्र रुपमा विश्वतर्फ लम्किरहेको छ। चिनियाँ स्वास्थ्य विभागले जनाएअनसार, आगामी दिन चीनले विदेशी बजारलाई जोडतोडताका साथ बढाउने, चिनियाँ परम्परागत चिकित्साको स्वास्थ्य पद्धति, पर्यटनआदि सेवाको विकास गर्दै जानेछ। यसले गर्दा विदेशी पर्यटकलाई आकर्षित गर्ने र चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी ‌औषधी विश्वमा फैलिंदै जानसक्नेछ।

         हाल चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी औषधी विश्वका एक सय साठी वटाभन्दा बढी मुलुक तथा क्षेत्रतर्फ प्रचार-प्रसार गरिसकिएको छ। चिनियाँ स्वास्थ्य विभागको योजनाअनुसार, चिनियाँ स्वास्थ्य विभागले "बाहिर निर्यात" र "चीनभित्र आयात" गरी दुई तरीकामार्फत् चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी औषधीको विकासलाई अगाडि बढाउने छ। "बाहिर जाने" तरीका भनेको चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी औषधीले विश्वतर्फ लम्कने, विदेशमा चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी औषधीको उपचार केन्द्र र स्वास्थ्य हेरचार केन्द्रको स्थापना गर्ने हो। चिनियाँ राष्ट्रिय चिकित्सा तथा जडिबुटी ‌औषधीको व्यवस्थापन व्यूरोअन्तर्गत अन्तर्राष्ट्रिय सहयोग विभागका जिम्मेवार व्यक्ति वाङ स्याउ फिनकाअनुसार, हाल केही मुलुकहरुले चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी औषधीको कानून स्थान निश्चित गरिसकेका, चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी औषधीलाई चिकित्सा बिमामा थपिदिएका छन्। वाङले जानकारी दिनुभएअनुसार, यूरोपका अनेकौं मुलुकहरुले अकुपञ्चर सेवाको आपूर्ति गरेका छन्। केही मुलुकहरुले अकुपञ्चरलाई आधारभूत बिमामा राखेका छन्। केही मुलुकहरुले अकुपञ्चरलाई वाणिज्य बिमामा राखेका छन्। अमेरिकामा चिनियाँ परम्परागत चिकित्सा र अकुपञ्चरका चालीस वटा कलेज छन्। साथै अमेरिकामा अकुपञ्चर चिकित्साको प्रामाणिक प्रणाली छ।

          हाल चिनियाँ परम्परागत चिकित्सा र जडिबुटी औषधी अन्तर्राष्ट्रिय बजारमा प्रवेश भइसकेको छ। अझै बढी मुलुकहरुले परम्परागत चिकित्सा क्लिनिक र अकुपञ्चर केन्द्रको स्थापना गरेका छन्। साथै थुङ रन थाङ, थेन श लिआदि शक्तिशाली जडिबुटी औषधी उद्योग-व्यवसायहरुले विश्वतर्फ लम्कन गति प्रदान गरिरहेका छन्। चिनियाँ परम्परागत र जडिबुटी औषधीको प्रसिद्ध उद्योग-व्यवसायको रुपमा थुङ रन थाङले बीस वटाभन्दा बढी मुलुकमा परम्परागत चिकित्सा र जडिबुटी केन्द्रको स्थापना गरिसकेको छ।

          चिनियाँ परम्परागत चिकित्सा र जडिबुटी औषधी "बाहिर निर्यात"को तुलनामा "चीनमा आयातको" तरीका निकै अप्ठ्यारो छ। हाल पैचिंग, सान याआदि केही क्षेत्रहरुमा विदेशी पर्यटकहरुलाई सेवा दिने चिनियाँ परम्परागत चिकित्साको स्वास्थ्य हेरचाह केन्द्र स्थापना गरिएको छ। चीनका लागि अरबेली मुलुक संघको प्रतिनिधि कार्यालयमा कार्यरत डा.मोहम्मद अलि शाफैले पैचिंगमा मसाज शिक्षा लिएपछि परम्परागत चिकित्साको भूमिकाको प्रशंसा गरेका छन्।

         शाफैजस्तै चीनमा परम्परागत चिकित्सा र जडिबुटी औषधीको अनुभव हासिल गरेका विदेशीहरुको संख्या हाल तथ्यांक निकाल्न निकै अप्ठ्यारो छ। किनभने पूर्ण तथ्यांक प्रणाली छैन। चिनियाँ राष्ट्रिय चिकित्सा तथा जडिबुटी ‌औषधीको व्यवस्थापन व्यूरोअन्तर्गत अन्तर्राष्ट्रिय सहयोग विभागका जिम्मेवार व्यक्ति वाङ स्याउ फिनले जानकारी दिनुभएअनुसार, चालू वर्षदेखि चिनियाँ परम्परागत चिकित्सा र जडिबुटी ‌‌औषधीको व्यवस्थापन विभागले तथ्यांक संकलन गर्न थालेका छन्। साथै उहाँकाअनुसार, चीनको चिकित्साको व्यवस्थापन विभागले ठोस कदम चाल्ने, गम्भीर रुपमा व्यवस्थापन गर्ने, परम्परागत चिकित्सा र जडिबुटी औषधीको स्वस्थ संरक्षणका लागि मूल्य प्रणालीको स्थापना गर्ने छ।

जानकारी तथा लेखहरु
सुझाउ