फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एउटा जोडी दम्पत्तिको रोचक कथा

(GMT+08:00) 2014-02-14 09:42:44

     सिन च्याङ्गमा जन्मेका ल्यु येन रुसमा अध्ययनरत् चिनियाँ पियानोवादक हुन्। पैंतीस वर्षको उमेरका उहाँ ज्यादै सुन्दर हुनुहुन्छ। उहाँकी श्रीमती अर्थात् रुसी नागरिक इरिन्ना पियानो पेशाबाट स्नातक हुनुभएका डाक्टर-एड हुनुहुन्छ। उहाँहरू दुईजनाले सन् 2007 रुसमा विवाह गरेपछि सन् 2008 देखि चीनको सिन च्याङ्ग युगुर स्वायत्त प्रदेशको कोर्ल शहरमा बस्न थाल्नुभएको छ।

     सन् 2004 को शरद ऋतुमा ल्यु येन सिन च्याङ्ग सामान्य विद्यालयको सङ्गीत विभागबाट स्नातक भएपछि रुसी राहमानिनोभ सङ्गीत प्रतिष्ठानमा भर्ना हुनुभएको थियो। प्रतिष्ठानमा पढ्दा उहाँले त्यहाँ कार्यरत् रुसी पियानो शिक्षिका इरिन्नासँग चिनजान गर्नुभयो। त्यस बेलाको अवस्थाको पुन:सिंहावलोकन गर्दै ल्यु येन यसरी भन्नुहुन्छ:

     त्यतिबेला इरिन्ना मेरी पियानो शिक्षिका हुनुहुन्थ्यो। कक्षाका अतिरिक्त, हामी एकदमै राम्रो साथी थियौं। उहाँको स्वभाव ज्यादै मिलनसार थियो। उहाँले मलाई के बताउनुभयो भने चिनियाँ निकै परिश्रमी र मिहिनेती छन्। उहाँको कुराले मलाई निकै प्रेरणा दियो।

     ल्यु येन र इरिन्ना दुईजनाले आपसी सङ्गीत आदान-प्रदान गर्नुका साथै एकले अर्कालाई चीन र रुसको इतिहास र संस्कृतिबारे जानकारी दिनुहुन्छ। यसबाहेक, उहाँहरूले आपसतमा आ-आफ्नो देशका सभ्यता र अक्षर पनि सिक्नुभयो। घनिष्ट सम्पर्क राखेको क्रममा उहाँहरूबीच प्रेमको भावना क्रमश: उत्पन्न भएको थियो। इरिन्ना यसरी भन्नुहुन्छ:

     मेरो विचारमा, ल्यु येनको मन किशोर जस्तै ज्यादै शुद्ध छ। उहाँको पढाइ पनि निकै राम्रो छ। उहाँको स्वभाव मलाई एकदमै मन पर्छ।

     सन् 2007 को अगष्ट महिनामा ल्यु येन तथा इरिन्नाले रुसमा विवाहको आयोजना गरेपछि आफ्नो बुवा-आमा हेर्न ल्यु येनको जन्मस्थल अर्थात् सिन च्याङ्गको कोर्ल भन्ने ठाउँ पुग्नुभएको थियो। सिन च्याङ्गको रमणीय दृश्यले पहिलो चोटी चीन आइपुग्नुभएका इरिन्नालाई ज्यादै आकर्षित गरेको थियो। उहाँ यसरी भन्नुहुन्छ:

     सिन च्याङ्गका फलफूलको प्रकार प्रशस्त छ। यहाँको सुपर मार्केटमा बेच्ने माल-सामान पनि थरीथरीका हुन्छन्। यहाँका शहरहरू पनि आधुनिक देखिन्छन्। यहाँका सुन्दर प्राकृतिक दृश्य देख्दा मलाई ज्यादै आश्चर्य लागेको छ।

     आफ्नी श्रीमतीबारे चर्चा गर्दै ल्यु येन खुसीसाथ यसरी भन्छन्:

     चीन पुगेपछिका हरेक दिन उहाँ एकदमै खुसी हुन्छ। किनभने पहिले उहाँको दिमागमा उल्लेख गरिएको सुन्दर चीन अहिले तथ्य कुरामा बनेको छ। उहाँको विचारमा चिनियाँ खानेकुरा साह्रै मीठा छ। चिनियाँहरू पनि निकै मायालु छन्। उहाँ चीनलाई धेरै नै माया गर्नुहुन्छ।

     अवकाश हुनुअघि ल्यु येनका बुवा आमा सङ्गीतसम्बन्धी शिक्षा कार्यमा अध्ययनरत् हुनुहुन्थ्यो। आफ्ना छोरा तथा विदेशी युवतीबीचको रोमन्टिक प्रेमलाई उहाँहरूले निकै स्वागत र समर्थन गर्नुभयो। सन् 2007को अगष्ट महिना र सन् 2008को सेप्टेम्बर महिनामा ल्यु येन तथा इरिन्नाले बेग्लाबेग्लै गरी रुस र सिन च्याङ्गको कोर्लमा विवाह समारोहको आयोजना गर्नुभएको थियो। ल्यु येनकी आमा चाउ सिन फङ्गले आफ्नो छोराको प्रेमबारे चर्चा गर्दै यसरी भन्नुभयो:

     इरिन्नाको स्वभाव निकै मायालु र परम्परागत देख्दा मलाई एकदमै खुसी र सन्तुष्टि लागेको छ। मेरो विचारमा चोखो माया युवाहरूबीचको सबैभन्दा महत्वपूर्ण कुरा नै हो।

     सन् 2008को वसन्त चाडदेखि ल्यु येन तथा आफ्नी श्रीमती इरिन्नाले रुसमा रहेको राम्रो पेशालाई त्यागेर ल्यु येनको जन्मस्थल अर्थात् सिन च्याङ्गको कोर्लमा बसोबास गर्न थाल्नुभएको छ। केही समयपछि उहाँहरूले एकजना चिटिक्कको छोरा पनि पाउनुभयो। उहाँहरूले आफ्नो श्रेष्ठताको सदुपयोग गरेर कोर्लमा सिर्जनशीलता गर्ने निर्णय पनि गर्नुभएको छ।

     ल्यु येन यसरी भन्नुहुन्छ: चीनले विदेशबाट फर्केका व्यक्तिका लागि अनेकन् सहुलियत नीति अपनाएको छ। हाल देशभित्रको वातावरण हाम्रो लागि ज्यादै हितकर र सकारात्मक छ। आफ्नो मातृभूमि विशेषगरी मेरो जन्मथलोमा पियानोसम्बन्धी अझ बढी योग्य व्यक्तिलाई हुर्काउने कुरा मेरो हृदयको आशा हो। त्यो मेरो जन्मथलोका लागि योगदान पनि हुनेछ।

     आफ्ना श्रीमानको निर्णयलाई श्रीमती इरिन्नाले सक्दो ठूलो समर्थन दिनुभयो। उहाँ यसरी भन्नुहुन्छ:

     म मेरा श्रीमानलाई निकै माया गर्नुका साथै चीन र कोर्लको पनि निकै माया गर्दछु। म श्रीमानसँगसँगै चिनियाँ विद्यार्थीलाई तालिम दिने गर्दछु।

जानकारी तथा लेखहरु
सुझाउ