फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गणतन्त्र कोरियाली चित्रकार ली योङ्ग हीको "चिनियाँ कल्पना"

(GMT+08:00) 2014-02-17 14:13:01

     साँस्कृतिक आदान-प्रदान चीन र गणतन्त्र कोरिया दुवै देश बीचको आपसी सम्बन्ध विकासको क्रममा रहेको एक महत्वपूर्ण अङ्ग हो। लामो समययता चीनको चित्रकलाबारे झन् झन् बढी गणतन्त्र कोरियाली चित्रकारहरूले निकै चासो राख्दैआएका छन्। उनीहरूले चीन आएर आफ्नो चित्रकला-कार्यालयको स्थापना गरी चिनियाँ चित्रकारहरूसँग आदान-प्रदान गरेका छन्। ली योङ्ग ही एकजना गणतन्त्र कोरियाली चित्रकार हुनुहुन्छ।

     ली रोङ्ग ही चित्रकला कार्यमा रहनुभएको चालीस वर्षभन्दा लामो भइसकेको छ। उहाँ ग्रामीण क्षेत्रका प्राकृतिक बाटोघाटो खुबै मन पराउनुहुन्छ। किनकि त्यस्तो कच्चा बाटोबाट मानिसहरूको बाल्यकालका सुमधुर सम्झना र स्मृत्तिलाई पुन: देखाउन सकिन्छ। उहाँले गाउँमा रहेका प्राकृतिक बाटाघाटाहरू कोर्ने तरिकामार्फत् भविष्यका लागि मानिसहरूको आशा र शुभेच्छा पनि अभिव्यक्त गर्नुहुन्छ। उहाँका त्यस्ता चित्रहरूको गणतन्त्र कोरियाली सर्वसाधारणले निकै स्वागत गर्ने गर्दछन्। उहाँलाई गणतन्त्र कोरियामा "बाटो सम्बन्धी चित्रकार" पनि भनेर उपनाम दिने गरिएको छ।

     सन् 2013मा ली रोङ्ग हीले पैचिङ्गमा आफ्नो चित्रकला-कार्यालयको स्थापना गर्नुभयो। यस विषयबारे चर्चा गर्दै उहाँले भन्नुभयो:

     मेरो विचारमा विभिन्न किसिमका बाटोघाटोमा जीवनमा भेट्नसकिने चुनौती र कठिनाईहरुलाई प्रतिबिम्बित गर्न सकिन्छ। साथै बाटामार्फत् मानिसहरूको आशा र अपेक्षा पनि प्रष्ट गरिन्छ। हाल म चीनमा बसेर सिर्जना गरिरहेको छु। मैले चीनका विभिन्न बाटा र बाटामा देखेका रङ्गीचङ्गी दृश्यहरू कोर्न खोजेको छु। त्यसबाट भविष्य सम्बन्धी चिनियाँहरूको कल्पना पनि ब्याख्या गरिनेछ।

     ली रोङ्ग हीले यस वर्षभित्र केही चिनियाँ प्रसिद्ध चित्रकारसँगै मिलेर चीनमा चित्र प्रदर्शनीको आयोजना गर्ने योजना पनि बनाउनुभयो। उहाँ यसरी भन्नुहुन्छ:

     म धेरै मुलुक घुमेको छु। हरेक देश पुग्दा मैले त्यहाँका सँग्रहालय र कलाभवनको अवलोकन गर्नैपर्छ। विशेषत: चीन पुगेपछि चिनियाँ चित्रकारका ग्रन्थहरू देख्दा मलाई निकै गदगद लागेको छ। ती वरिष्ठ चिनियाँ चित्रकारसँगै प्रत्यक्ष रुपमा आदान-प्रदान गर्ने भन्ने मेरो सबैभन्दा ठूलो इच्छा छ। त्यसैगरी यसै वर्ष अर्थात् सन् 2014भित्र चीनमा अन्य चिनियाँ चित्रकारसँगै मिलेर एउटा प्रदर्शनीको आयोजना गर्ने निर्णय मैले गरेको छु।

     सन् 2008मा लीले आमन्त्रित भई पैचिङ्गमा सन् 2008पैचिङ्ग ओलम्पिक खेलकुद सम्झना प्रदर्शनीमा भाग लिनुभएको थियो। त्यो उहाँका लागि चीन आउँदाको पहिलो क्षण पनि थियो। त्यस प्रदर्शनीले उहाँलाई ज्यादै गहिरो छाप पारेको छ। अनि सन् 2009 र 2010मा उहाँले अघिपछि गरी पैचिङ्ग गएर चीन-गणतन्त्र कोरिया चित्र प्रदर्शनीमा पनि भाग लिनुभएको थियो। त्यसले गर्दा चिनियाँ चित्र सम्बन्धी उहाँको चासो र रुचि झन् बढेको देखिन्छ। उहाँ यसरी भन्नुहुन्छ:

     विभिन्न देशका विचारधारा र सँस्कृति फरक फरक हुन्छन्। तैपनि विभिन्न देशका चित्रकारहरू बीच एकले अर्कासँग साथी बनाउन निकै सजिलो हुन्छ। चीन गणतन्त्र कोरियाको मैत्रीपूर्ण छिमेकी हो। चीनमा अधिकांश उत्कृष्ठ चित्रकारहरु छन्। उनीहरूलाई साथी बनाउन म इच्छुक छु। मेरो विचारमा कला र सँस्कृति सम्बन्धी आदान-प्रदानबाट एकले अर्कालाई अवगत गराउनका लागि सघाउ पुग्नेछ। साथै त्यसबाट आपसी मित्रतालाई प्रगाढ पार्नका लागि पनि हितकर हुनेछ।

     के भन्नसकिन्छ भने आफ्नो मनमा रहेको बाटोलाई गणतन्त्र कोरियादेखि चीनसम्म कोर्ने भन्ने ली रोङ्ग हीको अपेक्षा हो। उहाँका अनुसार, चित्रकला एक किसिमको कलात्मक भाषा हो। त्यसमा मनोरञ्जनात्मक अर्थ र रङ्ग छ। त्यसै कारण चित्रकारका लागि चित्र कोर्ने प्रक्रिया वास्तवमा आफ्नो कल्पनालाई तथ्य कुरामा साकार तुल्याने प्रक्रिया नै हो। के भन्नसकिन्छ भने हरेक चित्रकारको मनमा एउटा व्यक्तिगत कल्पना हुन्छ।

     ली रोङ्ग हीका अनुसार, गणतन्त्र कोरिया होस् वा चीन, प्रत्येक मानिसको मनमा भविष्य सम्बन्धी आ-आफ्नो अपेक्षा र इच्छा छ। आफ्नो चित्रमार्फत दुवै देशका जनताको मनलाई नजिक पार्नसकिने भन्ने उहाँको "चिनियाँ कल्पना"भन्नसकिन्छ। उहाँ यसरी भन्नुहुन्छ: त्यो मेरो चिनियाँ कल्पना हो। आफ्नो प्रयासमार्फत त्यो कल्पनालाई साकार तुल्याउनसक्ने भन्ने म विश्वस्त छु।

जानकारी तथा लेखहरु
सुझाउ