फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हलिउडका बाल स्टार शर्ली टेम्पल

(GMT+08:00) 2014-02-26 08:55:22

         फेब्रुअरी महिनाको दश तारिख राती बीसौं शताव्दीको तीसको दशकमा हलिउडका प्रसिद्ध बाल्य कलाकार अर्थात् बाल स्टार शर्ली टेम्पलको पचासी वर्षको उमेरमा अमेरिकाको क्यालिफोर्नियास्थित आफ्नो घरमा निधन भयो।

         शर्ली टेम्पल परिवारका प्रवक्ताले एक वक्तव्य प्रकाशित गरेअनुसार, दश तारिख राती एघार बजे प्राकृतिक कारणले शर्ली टेम्पलको निधन भएको हो। त्यसबेला उहाँको परिवारका सदस्यहरु उहाँकै साथमा थिए। वक्तव्यअनुसार, एक जना अभिनेत्री, कुटनीतिज्ञ, आमा, हजुरआमा, हजुर हजुरआमा र पचपन्न वर्षसम्मका श्रीमतीको हैसियतमा शर्ली टेम्पलले उत्कृष्ट उपलब्धि हासिल गर्नुभयो।

         शर्ली टेम्पलको जन्म सन् 1928 अप्रिल महिनाको 23 तारिख भएको थियो। तीन वर्ष हुँदा उहाँ चलचित्रको सुटिङमा सहभागी हुन थाल्नुभएको थियो। छ वर्ष हुँदा उहाँले स्टाण्ड अफ एण्ड चियर "उठ र खुशी होउ" अर्थात् "स्टाण्ड अप एण्ड चियर"नामक चलचित्रमा अभिनय गर्न सफल हुनुभयो। टेम्पलको सुनौलो कपाल, ठूला आँखा, सुन्दर डिंपलले मानिसको मनमा गहिरो छाप पारेको थियो। उहाँ त्यस अवधिमा प्रसिद्ध बाल स्टार बन्नुभएको थियो।

          टेम्पलले जम्मा चालीस वटाभन्दा बढी चलचित्र अभिनय गर्नुभएको थियो। तीमध्ये प्रायजसो चलचित्रहरु बाह्र वर्षअगाडि सुटिङ गरिएको थियो। सन् 1935मा सात वर्ष नपुगेकी टेम्पलले ओस्कारको युवा-किशोर पुरस्कार पाउनुभएको थियो। टेम्पल यस पुरस्कारका सबैभन्दा कम उमेरकी विजेता हुनुहुन्थ्यो। बाईस वर्षको हुँदा टेम्पलले चलचित्र क्षेत्र छाड्नुभएको थियो। बाल्यावस्थामै ठूलो उपलब्धि हासिल गरेका कारण टेम्पल अमेरिकी चलचित्र संघद्वारा मूल्यांकन गरिएका सबैभन्दा महान अभिनेत्रीहरुको सूचीमा अठारौं स्थानमा रहनुभएको थियो। आठ वर्षको उमेरमा जन्मदिनको उपलक्ष्यमा टेम्पलले विश्वबाट एक लाख पैंतीस वटा उपहार पाउनुभएको थियो।

         बीसौं शताव्दीको तीस दशकमा अमेरिकी अर्थतन्त्र निराशाजनक अवस्थाबाट गुज्रिरहेको थियो। टेम्पलको आराध्य मुस्कान र उत्प्रेरित अभिनयले अमेरिकीहरुलाई संकल्पना दिएको थियो। अमेरिकी पूर्व राष्ट्रपति फ्रान्कलिन रोसभेल्टले टेम्पलको प्रशंसा गर्दै शर्ली टेम्पल भएको खण्डमा कुनै पनि समस्या टर्दै जाने कुरा बताउनुभएको थियो।

         प्रौढावस्थामा टेम्पल राजनैतिक मञ्चमा उभिनुभएको थियो। उहाँले वाइट हाउस प्रोटोकल विभागका प्रमुख, संयुक्त राष्ट्र संघका लागि अमेरिकी स्थायी सदस्य, घाना र चेकका लागि अमेरिकी राजदूतको पद सम्हाल्नुभएको थियो।

         शर्ली टेम्पल दुई पटक वैवाहिक जीवन बाँधिनुभएको थियो। सन् 1945मा उहाँले जोन अगासँग विहे गर्नुभयो। तर तीन वर्षपछि उहाँहरुबीच पारपाचुके भयो। सन् 1950मा उहाँले चार्ल्स ब्लेकसँग विहे गर्नुभयो। सन् 2006मा एउटा पुरस्कार वितरण समारोहमा टेम्पलले बोल्दै जीवन अवधिमा उहाँको उत्कृष्ट रोल श्रीमती, आमा, हजुरआमा भएको कुरा व्यक्त गर्नुभएको थियो।

        अभिनय मञ्चमा आफूलाई खरो उतारेर आम दर्शक र शुभेच्छुकको मन जित्नुका साथै प्रेरणाको श्रोत बन्नुभएकी स्वर्गीय शार्ली टेम्पलको मृतआत्माको चीर शान्तिका लागि हाम्रो पनि हार्दिक श्रद्धाञ्जली।

जानकारी तथा लेखहरु
सुझाउ