फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 विदेशीका लागि सबैभन्दा मन पर्ने चिनियाँ खाना सम्बन्धी जानकारीको पहिलो भाग

(GMT+08:00) 2014-02-24 08:49:29

     चीन मीठो खाना बोकेको ठूलो मुलुक हो। खानासम्बन्धी चीन राष्ट्रको गहिरो संस्कृति युगौं युगदेखि रहँदैआएको छ। सारा विश्वमा चिनियाँ खानाको निकै उच्च प्रतिष्ठा रहेको छ। चिनियाँ जनताका लागि खाना मानिसको भोकलाई मेटाउने तरिका मात्र होइन। साथै प्रत्येक दिनका तीनवटा भोजन पनि मात्र होइन। बरु चिनियाँले खानामार्फत सुन्दरता, कुशलता, भावना र इज्जतको पनि ब्याख्या गर्ने गर्दछन्। रङ्गीचङ्गी चिनियाँ मीठा खानामध्ये विदेशी साथीका लागि मन पर्ने "चिनियाँ प्रसिद्ध खाना" कुन कुन हुन्? आजको कार्यक्रममा ती खानामध्येको तीनवटाबारे जानकारी गरिंदैछ।

     सर्वप्रथम चिनी र सिरका मिश्रित मासु। चिनियाँ भाषामा त्यसलाई थाङ्ग छु ली ची भनिन्छ। चिनी र सिरका मिश्रित मासु चिनियाँ परिवारमा सामान्य देखिने एक किसिमको खाना हो। रातो र उज्ज्यालो रङ्ग देखिने, अमिलो र गुलियो स्वाद मिश्रित भएको, मासु बाहिर सुख्खा र भित्र ज्यादै नरम हुने भन्ने त्यो खानाको विशेषता हो। चिनी र सिरका मिसाइएको रसलाई मासुमाथि राखेपछि खुब स्वादिलो हुन्छ। मासुको सुख्खा छालाभित्र निकै नरम मासु चाख्दा एकदमै मीठो छ। त्यस्तो मीठो स्वादलाई कसैले पनि अस्वीकार गर्नसक्दैन। त्यस खानालाई विदेशी साथीका लागि सबभन्दा मन पर्ने चिनियाँ खानामध्येको एक मानिन्छ।

     त्यो खाना पकाउने तरिका यस प्रकार छ: सर्वप्रथम सुँगुरको मासुलाई अलि बाक्लो टुक्रामा पारिन्छ। अनि मदिरा, नून र स्टाचयुक्त मसलालाई मासुसँग मिसाइन्छ। अनि सोयासस, स्टाचयुक्त मसला, चिनी, अमिलो र स्वच्छ पानीलाई मिसाइएपछि रसको रुपमा बनाइन्छ। भाँडोमा तेल हालेर तताइन्छ। पछि मासुका टुक्राहरूलाई तताएको तेलमा एक मिनेटसम्म पकाइन्छ अनि झिक्छ। अनि तेलको तापक्रमलाई अझ उकासेपछि मासुका टुक्रालाई फेरि एक मिनेटसम्म तताएर झिक्छ। भाँडोमा बाँकी रहेको तेलमा प्याजको टुक्रा राखेर पकाउँछ। अनि प्याजको मीठो बास्ना आउने बित्तिकै मासुका टुक्राहरूलाई भाँडोमा तुरुन्तै राखेर मिसाइएको रस पनि हाल्छ। अनि मासुका टुक्रामा पूराका पूरै रस भरिपूर्ण हुनेसम्म झिक्नसक्छ।

     अब कोङ्ग पाउ चि तिङ्गबारे चर्चा गर्दछु। कोङ्ग पाउ चि तिङ्ग चीनको परम्परागत प्रसिद्ध खाना हो। त्यो खाना कुखुराको मासु, सुख्खा खुर्सानी र बदामबाट मिसाइएपछि बनाएको हो। त्यस खानाको स्वाद मीठो र पीरो भएको, साथै कुखुराको मासु तथा बदाम दुवै राम्रोसँग मिसाइएको कारण त्यो खाना निकै लोकप्रिय र स्वागतम हुन्छ। विशेषत: बेलायत र अमेरिका लगायत पश्चिमी मुलुकमा कोङ्ग पाउ चि तिङ्ग निकै परिचित सुनिन्छ। त्यो खाना मोटामोटी रुपमा चिनियाँ खानाको प्रतिनिधित्व पनि बनेको छ।

     त्यसको पकाउने तरिका यस प्रकार छ: सर्वप्रथम कुखुराको मासुलाई टुक्रामा पारेपछि नून, सोयासस र स्टाचयुक्त मसलाद्बारा मिसाइन्छ। बदामलाई तेलमा तताएर सुख्खा भएपछि छाला झिक्छ। अनि सुख्खा खुर्सानीलाई पनि साना टुक्रामा पारिन्छ। नून, अमिलो, सोयासस, अजिनोमोटो, मासुद्बारा बनाइएको सुप र स्टाचयुक्त मसला मिसाइएपछि रसको रुपमा बनाइन्छ। अनि भाँडोमा तेललाई तताएर टिमुर राख्छ। टिमुरको बास्ना आएपछि टिमुरलाई फ्याँक्छ। अनि सुख्खा खुर्सानीलाई तेलमा छिटै नै गहिरो रातो रङ्ग बनाउँछ। त्यसपछि कुखुराको मासुका टुक्राहरू, मदिरा, अदुवा, लसुन र प्याजलाई भाँडोमा राखेर तुरुन्तै मिश्रित रस पनि हाल्छ। अनि रुस तातो भएपछि बदाम हालेर पकाउनसकिन्छ।

     अब आजको तेस्रो खाना अर्थात् स्प्रिङ्ग रोल्स। लि छुन भन्ने सौर्य अवधिमा स्प्रिङ्ग रोल्स खानु नै चिनियाँ लोक क्षेत्रको एक परम्परागत चलन हो। जस्तै त्वान ऊ चाडमा चोङ्ग च भन्ने खाना खानु र बसन्त चाड अघिको अन्तिम दिनमा ममजा खानुको अर्थ एउटै हुन्। स्प्रिङ्ग रोल्सलाई स्प्रिङ्ग रोटी पनि भनिन्छ। पीठोद्बारा बनाइएको बाटुलो आकारको छालाभित्र साग अथवा अन्य खाना राखेपछि छालालाई लपेट्छ। अनि लपेटिएको छालालाई तेलमा तताएर छालाको रङ्ग सुनौलो बनेपछि मात्र तेलबाट झिक्नसकिन्छ। भित्रको खाना साग पनि हुन्छ र मासु पनि हुन्छ। साथै त्यसको स्वाद नुनिलो पनि हुन्छ र गुलियो पनि हुन्छ। हाल स्प्रिङ्ग रोल्स चिनियाँहरूका खाने टेबुलमा सजिलै देखिने एक किसिमको खाना बनिसकेको छ। सामान्य रुपमा स्प्रिङ्ग रोल्समा अधिकांश ताजा साग सब्जी बोकेको कारण त्यसको पौष्टिक मूल्य निकै उच्च हुन्छ। साथै अनौठो आकार र विशेषतायुक्त स्वाद भएकाले विदेशी साथीहरू त्यो खाना निकै मन पराउँछन्।

     त्यसको पकाउने तरिका यस प्रकार छ: रायोको सागलाई तीन सेन्टीमिटर लामो टुक्रामा काटिन्छ। टुक्रामा पारिएको मासुमाथि केही नून र पानी मिश्रित स्टाचयुक्त मसला हालिन्छ। अनि तेलमा राखेर सोयासस, नून र रायोको सागलाई मिसाइएपछि तताइन्छ। त्यसैगरी स्प्रिङ्ग रोल्सभित्रको खाना तयारी भयो। त्यसपछि अण्डालाई कचौरामा राखेर त्यसमा पीठो र पानी हालेर चम्चाद्बारा स्प्रिङ्ग रोल्सको छाला बनाइन्छ। अनि तयार पारिएको खानालाई छालाभित्र राखेर लपेटनेछ। अनि भिजेको पीठोद्बारा लपेटिएको स्प्रिङ्ग रोल्सलाई टाँसिन्छ। त्यसपछि टाँसिएको स्प्रिङ्ग रोल्सलाई तताएको तेलमा हालिन्छ। अनि स्प्रिङ्ग रोल्सको छाला सुनौलो रङ्गमा बनेपछि झिक्नसकिन्छ। त्यसपछि सुनौलो रङ्गको स्प्रिङ्ग रोल्सलाई प्लेटमा राखेपछि खानसकिन्छ। स्प्रिङ्ग रोल्सभित्रको खाना पनि आ-आफ्नो स्वाद बमोजिम फेर्नसकिन्छ। जस्तै: मूला, लेटुसको साग आलु, गेडागुडीको टुसा, मासुका टुक्रा, अण्डा, माछाको मासु र झिङ्गे माछाको मासु पनि हुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ