सन् 2014 मा चीनले सुधारलाई चौतर्फी रुपमा गहन पारेको पहिलो वर्ष हो। चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकदेखि सन् 2014 मा राष्ट्रिय दुईवटा महाधिवेशनसम्म चीनले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने पहिलो पाइला कसरी चाल्ने भन्ने विषयले सबैको ध्यान तानेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको एक सय दिनभन्दा बढी समयदेखि मुख्य क्षेत्रका अनेकौँ सुधारलाई अरु विकास बढाइएको छ। अध्यक्ष सीको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको नेतृत्वमा आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, पर्यावरणीय, पार्टीको निर्माण आदि क्षेत्रमा अनेकौँ सुधार नीति चालिएका छन् र राम्रो उपलब्धि हासिल भएको छ।
चीनको राजनीतिमा महत्वपूर्ण मानिएका राष्ट्रिय दुई महाधिवेशन नै बाहिरले चीनको सुधार तथा विकास बुझ्ने महत्वपूर्ण झ्याल भएको र सर्वसाधारणको अपेक्षालाई प्रतिक्रिया दिने प्रभावकारी मञ्च पनि स्थापित भएको छ। ध्यानाकर्षिक राष्ट्रिय महाधिवेशन सुरु हुन लागेको छ। हाम्रो विश्वास छ चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकको विचारको निर्देशनमा दुई महाधिवेशन सम्पन्न हुने सहमत र कदमले सुधारलाई चौतर्फी रुपमा गहन पार्नका लागि नयाँ शक्ति थप्नेछ र चिनियाँ सपनालाई व्यवहारमा उत्तार्ने महायात्रामा चीन राष्ट्र आत्मविश्वस्त तथा दृढ बाटोमा हिड्नेछ।