फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वका चौध वटा सन्दर रेल स्टेशन

(GMT+08:00) 2014-05-23 11:05:24

         अमेरिकी पत्रिका "मेन्टल फ्लस"ले पाठकहरुलाई विश्वका चौध वटा सुन्दर रेल स्टेशनबारे जानकारी प्रस्तुत गरेको छ।

         भारतको छत्रपति शिवजी टर्मिनस संयुक्त राष्ट्र संघीय शिक्षा,विज्ञान, सँस्कृति संगठनद्वारा विश्वको सँस्कृति सम्पदा राखिएको छ। यस रेल स्टेशनलाई पहिले भिक्टोरिया टर्मिनस भनिएको थियो। सो रेल स्टेशन भारतको सबैभन्दा ठूलो र व्यस्त रेल स्टेशन हो। भिक्टोरिया महारानीले राजगद्धी आरोहण गर्नुभएको पचासौं वार्षिकोत्सव मनाउनका लागि भारत सरकारले सन् 1887मा यस टर्मिनसको निर्माण गर्ने आदेश दिएकाले यसको नाम भिक्टोरिया राखिएको थियो।

         अमेरिकी न्यूयोर्क केन्द्रीय रेल स्टेशन अमेरिकी मैनहट्टन केन्द्रमा पर्दछ, र सन् 1903मा निर्मित भयो। न्यूयोर्क केन्द्रीय रेल स्टेशन अमेरिकाको सबैभन्दा ठूलो रेल स्टेशन हो र विश्वका छ वटा पर्यटक क्षेत्रमध्येको एक हो। सो रेल स्टेशन विश्वको सबैभन्दा व्यस्त स्टेशन मानिन्छ। न्यूयोर्क केन्द्रीय रेल स्टेशनका चवालीस वटा रेल प्लेटफार्म छन्।

        बेल्जियमको लीज-गूइलेमिन्स रेल स्टेशनको डिजाइन प्रसिद्ध वास्तुबिद सान्टिआगो कालाट्रावाद्वारा गरिएको हो। सन् 2009मा यो संचालनमा आएको थियो। रेल स्टेशनको छानो ग्लासद्वारा बनाइएको छ। लीज-गूइलेमिन्स रेल स्टेशनका पाँच वटा प्लेटफार्म मात्र भएको भएतापनि यो बेल्जियमका सबैभन्दा महत्वपूर्ण यातायात हबहरुमध्येको एक मानिन्छ।

        बेलायतको सेन्ट पान्क्रास रेल स्टेशन बेलायतको लण्डनमा पर्दछ र यसलाई "रेल चर्च" पनि भनिन्छ। यहाँभित्र प्लेटफार्म, भूमिगत रेल स्टेशन, शपिङ मल, बस स्टेशन छन्।

        न्यूजिल्याण्डको डुनेडिन रेल स्टेशन सन् 1906मा खुलेको थियो। हाल यस रेल स्टेशनको पहिलो तलामा रेस्टुराँ खोलिएको छ, दोस्रो तलामा न्यूजिल्याण्डको खेलकुद क्षेत्रका वरिष्ट व्यक्तिबारेको प्रदर्शनी कक्ष छ र ओटागो कला संघ स्थापना गरिएको छ।

         बेल्जियमको एन्टवेर्पेन केन्द्रीय रेल स्टेशन सन् 1905मा खुलेको थियो र बेल्जियमको एन्टवेर्पेन शहरको मुख्य रेल स्टेशन पनि हो। सो रेल स्टेशन शास्त्रीय कला र आधुनिक कला जोडिएको वस्तुकलाद्वारा विविधतायुक्त छ।

         इटालीको मिलान केन्द्रीय रेल स्टेशन मिलानको मुख्य रेल स्टेशन हुनुका साथै यूरोपका रेल हबहरुमध्येको एक हो। सन् 1931 खुलेको मिलान केन्द्रीय रेल स्टेशन विश्वको वस्तुकला क्षेत्रका प्रतिनिधित्व वस्तुकलाहरुमध्येको एक हो।

         टर्कीको सिर्केसी रेल स्टेशन सन् 1890मा खुलेको थियो। सो रेल स्टेशन वास्तुबिद ज्याच् मुण्डद्वारा डिजाइन गरिएको थियो।

         टर्कीको हाइडारपासा रेल स्टेशन बोसपोरुस जल-डमरुको पूर्वमा पर्दछ र टर्कीको इस्तान्बुलका दुई वटा रेल स्टेशनमध्येको एक हो।

         ब्राजिलको एल.यू.जेड. रेल स्टेशन सन् 1901देखि निर्माण गरिएको थियो। हाल त्यो क्षेत्र पर्यटकहरुका लागि आकर्षक पर्यटन गन्तव्य बनेको छ। यस वाहेक, पोर्चगलको संग्रहालय पनि त्यहाँ राखिएको छ।

         मोजाम्बिकको   कामिन्हो दे फेरो दे रेल स्टेशन मोजाम्बिकको राजधानी मपुटोमा पर्दछ र विश्वका दश वटा सबैभन्दा सुन्दर रेल स्टेशनमध्येको एक मानिएको छ। हाल संगीत कन्सर्ट, फेशन शोआदि कार्यक्रमहरु पनि त्यहाँ आयोजना गर्ने गरिएको छ।  

         स्पेनकोअटोचा रेल स्टेशन सन् 1892मा निर्माण गरिएको थियो र स्पेनको राजधानी मेड्रिडको सबैभन्दा ठूलो रेल स्टेशन पनि हो।

         फिन्ल्याण्डको हेल्सिन्की केन्द्रीय रेल स्टेशनको निर्माण सन् 1919मा पूरा भएको थियो र संचालनमा आएको थियो। सो रेल स्टेशन फिन्ल्याण्डको सबैभन्दा व्यस्त रेल स्टेशन हो।

         मलेशियाको क्वालालम्पुर रेल स्टेशन बीसौं शताव्दीको शुरुमा निर्माण गरिएको थियो। हाल त्यहाँ आधुनिक प्रबन्ध सेवाद्वारा पनि पर्यटक आकर्षित गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ