फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती नयाँ वर्षमा पर्यटकहरु आकर्षित

(GMT+08:00) 2014-02-27 09:06:35

 

       ल्हासा शहरको पर्यटन ब्यूरोबाट प्राप्त तथ्याङ्क अनुसार, सन् 2013 मा ल्हासा भ्रमण गर्ने चिनियाँ तथा विदेशी पर्यटकको संख्या 79 लाख 89 हजार चार सय पुगेको छ। यो सङ्ख्या सन् 2012 को भन्दा 22.76 प्रतिशतले बृद्धि भएको हो। साथै पर्यटन उद्योगले ल्हासा भ्रमण गर्ने पर्यटकबाट आठ अर्ब एकाइस करोड साठ्ठी लाख चिनियाँ युआन प्राप्त गरेको छ। यो आम्दानी पनि सन् 2012 को भन्दा 25.47 प्रतिशत बृद्धि भएको हो। यो तथ्याङ्कबाट पर्यटन उद्योग नै ल्हासाको आर्थिक विकास र रोजगारी प्रबर्द्धन गर्ने मुख्य उद्योग भएको प्रष्ट देखिन्छ।

       सन् 2013 मा ल्हासामा अरु धेरै दृश्यावलोकन स्थल थपिएका थिए। नव पुनःनिर्मित तिब्बतका लागि छिङ वंश सरकारका मन्त्री भवनको ग्यालरी, ल्हासा बोखो मल, समुद्र सतहबाट चीनको सबभन्दा अग्लो ठाउँमा परेको बालबालिका मनोरन्जन पार्क आदि एक पछि अर्को गरी खोलिएका छन्।

       मार्च दुई तारिख परम्परागत तिब्बती नयाँ वर्ष नजिकँदै गर्दा ल्हासा सडकमा पनि बढी पर्यटकहरुको घुइँचो देखिन थालेको छ। नयाँ वर्षको वातावरणमा सजिएको ल्हासा सडकमा जतात्ततै क्यामारा बोकेका पर्यटकहरु देखिन्छन्। पर्यटकलाई चौतर्फी रुपमा तिब्बती संस्कृतिबारे बुझाउनका लागि हाल विभिन्न टुर एजेन्सीले तिब्बती नयाँ वर्षसम्बन्धी पर्यटन कार्यक्रम सार्वजनिक गरेका छन् जसबाट तिब्बतीहरुको घरमा पुगेर तिब्बती नयाँ वर्षको खाना खाने आदि अनुभव लिन सकिन्छ।

      तिब्बती नयाँ वर्ष तिब्बती जातिको परम्परागत चाड हो। नयाँ वर्षको तयारी कार्य एक महिना अगाडिदेखि नै सुरु हुन्छ। नयाँ वर्षअघिका केही दिनमा बूढो होस् वा युवा होस् पुरुषले कपाल काट्नुपर्छ र महिलाले कपाल नुहाउनु पर्छ। यदि त्यसो नगरेमा मनमा दुःख रहेको अर्थ लाग्ने गर्छ। त्यसैले कपाल काट्ने र नुहाउने कार्यबाट नयाँ वर्षको सौभाग्य पाउने विश्वास छ। साथै घरको सरसफाइ पनि गर्नुपर्छ।

       तिब्बती "ठू सी" अर्थात तिब्बती नयाँ वर्षअघिको अन्तिम दिन घर-घरमा नयाँ पर्दा लगाउनु पर्छ। साथै ढोका र भान्सा कोठामा पनि शुभ फोटो झुण्ड्याउनु पर्छ। बेलुकी परिवारका सबै सदस्य एकै ठाउँमा बसेर "कु थु" भनिएको खाना खाने चलन छ। "कु थु" नै डफबल , खसिको मासु र गिनसेङ मिसिएर पकाइएको खिचडी हो। जसमा ढुङ्गा, ऊन, खुर्सानी, सिक्का आदि कुरा पनि हालिन्छ। जसले ढुङ्गा खान्छ उसको मन क्रूर भएको मानिन्छ, जसले ऊन खान्छ उसको मन शितल भएको मानिन्छ, जसले खुर्सानी खान्छ उसको शक्तिशाली मुख रहेको मानिन्छ र जसले सिक्का खान पाएमा उसले धेरै पैसा कमाउन सक्ने विश्वास गरिन्छ।

         नव वर्षको पहिलो दिनमा तिब्बतीहरुले जौ, तेलमा पकाइएको डफ अर्थात यौ क्वो च, खसीको टाउको, अन्न साँदिएका आदि कुरा टेबुलमा राख्छन् जसबाट नयाँ वर्षमा परिवारका सबै सदस्य सुस्वास्थ्य हुने र समृद्धि भित्र्याउने अर्थ लागेको हुन्छ। त्यो दिनको विहानै महिलाले नदीबाट"पवित्र पानी" बोकेर ल्याउँछन् अनि घरका सबैलाई उठाउँछन्। बूढा-बूढीदेखि बच्चाबच्चीसम्म सँगै एकै ठाउँमा बसेर केही अन्न साँधेको लिएर आकाशतिर फालेर देवतालाई सम्मान देखाउँछन् अनि केही लिएर आ-आफ्नो मुखमा हाल्छन्। त्यसपछि बूढा-बूढीले बच्चालाई "टासिदेले" भन्छन् अनि प्रत्युत्तरमा बच्चाले बूढा-बूढीलाई "टासिदेले फङसुन्छो"भन्छन्। यी सबै शुभकामना वाक्य हुन्। नयाँ वर्षको पहिलो दिनमा सफा गर्न निषेध छ साथै अशुभ शब्द भन्नुहुँदैन र अरुको घरको भ्रमण गर्नुहुँदैन।

       नव वर्षको दोस्रो देखि आपसीको भ्रमण गरी शुभकामना दिन थाल्छन्। पुरुष होस् वा महिला होस्, बूढा-बूढी होस् वा बच्चाबच्ची होस् सबैले नयाँ लूगा लागएर अरुको घरमा गएर नयाँ वर्षको "टासिदेले"अथवा शुभकामना व्यक्त गर्दछन्। अनि ठूलो चोक वा घाँस मैदानमा धेरैले गीत-संगीतका साथ नाचगान गरेको देखिन्छ। पशुपालन क्षेत्रमा आगो तापेर रातभरि नाचगानलगायत रमाइलो कार्यक्रम गरी मनाइन्छ। साथै डोरी तान्ने खेल, घोडाचढी प्रतिश्पर्धा, आर्चरी आदि विभिन्न कार्यक्रम पनि छन्।

जानकारी तथा लेखहरु
सुझाउ