फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एघारौं साउटी जा बुसारा अन्तर्राष्ट्रिय सँगीत महोत्सवबारे चर्चा

(GMT+08:00) 2014-02-28 16:26:33

     एघारौं साउटी जा बुसारा अन्तर्राष्ट्रिय सँगीत महोत्सव गत फेब्रअरी तेह्रदेखि सोह्र तारिखसम्म तान्जानियाको साउटी जा बुसारामा अवस्थित नगोमे कोङ्गवे चोकमा सफलताका साथ आयोजना गरिएको थियो। चार दिनसम्म चलेको त्यस महोत्सवमा विश्वका विभिन्न ठाउँका बत्तीसवटा ब्याण्ड र लगभग दुईसय कलाकारहरूले दर्शकसमक्ष उच्चस्तरीय प्रस्तुती देखाएका थिए।

     एघारौं साउटी जा बुसारा अन्तर्राष्ट्रिय सँगीत महोत्सव पूर्वी अफ्रिकी क्षेत्रमा आयोजना गरिने सबैभन्दा बिशाल वार्षिक सँगीत महोत्सव हो। जुन प्रत्येक वर्षको फेब्रअरीमा आयोजना गरिन्छ। पूर्वी अफ्रिकी सँगीतकार र अफ्रिकी कलामा रुचि भएका विभिन्न मुलुकका सँगीतकारहरूलाई एउटा आदान-प्रदानको अवसर उपलब्ध गराउनु नै त्यस महोत्सवको मुख्य उद्देश्य रहेको छ। यसबाहेक त्यस महोत्सवमार्फत सारा विश्वसमक्ष पूर्वी अफ्रिकी सँगीत र सँस्कृतिबारे पनि जानकारी दिइनेछ। परम्परागत अभिनय बाहेक सँगीत महोत्सवमा अफ्रिकी सँगीत चलचित्र प्रदर्शनी, सँगीत गोष्ठी, नेटवर्क मञ्च, अफ्रिकी कलावस्तु प्रदर्शनी र विशेष अफ्रिकी कला अभिनय पनि समावेश छन्।

     प्राप्त जानकारी अनुसार, उक्त महोत्सवलाई शुरुवात देखि नै विश्वका विभिन्न स्थानका सँगीतकारहरूले निकै स्वागत गर्दैआएका छन्। यस सँगीत महोत्सवका सञ्चार-माध्यम सम्बन्धी जिम्मेवार व्यक्ति सफिया नगालापीले यसरी जानकारी दिनुभयो:

     अफ्रिकी सँगीतको प्रचार-प्रसार र विकास गर्नु नै हाम्रो यस सँगीत महोत्सवको मुख्य उद्देश्य हो। विश्वका सँगीतकार र सँगीत मन पराउने साथीहरूले साउटा जा बुसारामा भेला भएर सँगीतबाट ल्याइएको रुचिको विस्तृत रुपमा उपभोग गर्नसक्ने भन्ने हाम्रो अभिलाषा हो। यस वर्ष हामीले विश्वका पाँच सयभन्दा बढी ब्याण्ड र सँगीतकारहरूको निवेदन पत्र पनि पाएका छौं। आगामी दिनहरूमा हाम्रो सँगीत महोत्सव निरन्तर रुपमा विकसित हुँदैजानेमा म विश्वस्त छु।

     बालादना तराब नामको ब्यान्ड उक्त सँगीत महोत्सव उद्धाटनको दिनमा प्रस्तुती देखाउने पहिलो ब्याण्ड थियो। अफ्रिकी भाषामा बालादनाको अर्थ हाम्रो देश भन्ने हो। तराब भनेको साउटा जा बुसारामा प्रचलित एक किसिमको सँगीत शैली हो। गत बीसौं शताव्दीको आरम्भदेखि नै तराब नामको सँगीत शैली तत्स्थानमा निकै लोकप्रिय भइरहेको थियो। जुन सँगीत तरिकामा अरब र भारत आदि ठाउँका सँगीत शैली पनि मिसाइन्छ। साथै त्यसमा परम्परागत स्वाहिली सँस्कृतिको विशेषता पनि भरिपूर्ण सुनिन्छ। त्यसै कारण त्यो सँगीत शैली स्थानीय बासिन्दाहरूलाई निकै मन पर्छ।

     यस पटकको सँगीत महोत्सवबारे चर्चा गर्दै बालादना तराब ब्याण्डका निर्देशक अर्थात् साउटा जा बुसाराको पहिलो सँगीत प्रतिष्ठान अर्थात् दहो कन्ट्रिस सँगीत प्रतिष्ठानका जिम्मेवार व्यक्ति महमद इसा हाजी माटोनाले गदगद हुँदै भन्नुभयो:

     एकजना सँगीतकारको हैसियतले यस बिशाल सँगीत महोत्सवमा आफ्नो ब्याण्डलाई विश्वका दर्शकसमक्ष देखाउनु नै मेरो लागि ज्यादै ठूलो गौरवको कुरा हो। साथै यस महोत्सवमार्फत सँगीत अनुभवको सङ्कलन गर्न र आफ्नो सँगीत स्तरलाई माथि उकास्नका लागि सघाउ पुग्नेछ। आफ्नो ब्याण्डलाई निर्देशन गर्दा मेरो अगाडि ठूलो दबाव र चुनौती आइपरेको छ। तैपनि ब्याण्डले सफलताका साथ आफ्नो कार्यभार पूरा गरेको क्षणमा हामी सबैलाई ज्यादै गौरव र खुसी लागेको छ। के भन्नसकिन्छ भने सँगीत प्रक्रियामा धेरै अप्ठ्यारो भए तापनि हामीले क्रमश: कठिनाईलाई पार गरेका छौं। किनकि हाम्रो जीवनको केन्द्रीय विषय सँगीत नै हो।

     यस पटकको सँगीत महोत्सवमा साउटा जा बुसारा, गणतन्त्र कङ्गो, मालावी र रुवाण्डा आदि अफ्रिकी मुलुकका अधिकांश सँगीतकारहरूको सहभागिता बाहेक अन्य महाद्बीपका ब्याण्डहरूले पनि सक्रियताका साथ भाग लिएका थिए। स्वीडेनको ताराब्याण्ड नामक सँगीत समूह पनि ती ब्याण्डमध्येको एक हो। साउटा जा बुसाराको रमाइलो वातावरणले ब्याण्डका ढोल बजाउने व्यक्ति दान स्वेन्सनलाई निकै गहिरो छाप पारेको छ। उनी यसरी भन्छन्:

     हामी स्वीडेनबाट आएका हौं। हामी अरबेली शैली बोकेको सँगीत सिर्जना गर्दछौं। हाल यस किसिमको सँगीत स्वीडेनमा निकै लोकप्रिय छ। साउटा जा बुसारा पुगेर अन्य देशका सँगीतकारहरूसँग मिलेर अभिनय गर्ने सुअवसर पाएकोमा हामीलाई निकै गौरव र खुसी लागेको छ। स्वीडेन हिउँले ढाकिएको छ। तर साउटा जा बुसारा निकै फरक देखिन्छ। यहाँको वातावरण सूर्य जस्तै एकदमै न्यानो छ। यहाँको वातावरण र सँगीतले हामीलाई अझ बढी शक्ति र उत्साह दिएको छ। त्यो निकै राम्रो कुरा हो।

     महोत्सवमा साउटा जा बुसाराको पहिलो महिला ब्याण्ड अर्थात् मुयुर महिला ब्याण्डले दर्शकसमक्ष विशेषतायुक्त तरिकामार्फत उच्चस्तरीय अभिनय पनि गरेको थियो।

     चार दिनसम्म चलेको साउटा जा बुसारा अन्तर्राष्ट्रिय सँगीत महोत्सवमा विश्वका विभिन्न ठाउँका बीस हजारभन्दा बढी दर्शकहरूको सहभागिता रहेको थियो। के भन्नसकिन्छ भने सँगीत एक किसिमको सुमधुर भाषा हो। साउटा जा बुसारा अन्तर्राष्ट्रिय सँगीत महोत्सवले विश्वका विभिन्न मुलुकका सँगीतकारहरूलाई जम्मा पारी सुमधुर सँगीतमार्फत विभिन्न जाति र देशको सुन्दरता देखाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ