फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली सेना दिवसको पहिलो भाग

(GMT+08:00) 2014-03-03 09:29:53

     झण्डै 97 हजार भन्दा बढीको संख्यामा रहेको नेपाली सेनाले साडे दुई सय भन्दा बढी वर्षको आफ्नो उमेर बनाइसकेको छ। यस अवधिमा अनेक कालखण्ड पार गर्दै आएको नेपाली सेनाले महाशिवरात्रीका दिन पारेर आफ्नो दिवस मनाउने गरेको छ। नेपाली सेनाले देशको रक्षाको जिम्मेवारी लिनुका साथै हाल देशको विकास निर्माण लगायत कल्याणकारी कार्यहरुमा पनि लगाएको छ। साथै देशको राज्य व्यवस्था अनुकुल आफूलाई राष्ट्रको पहरेदारको रुपमा उभ्याउने प्रयत्न पनि गर्दै आएको छ। फागुन पन्ध्र गते महाशिवरात्रीका दिन सैनिक दिवस पर्दछ।

     वि.सं. 1800पछिको वर्षबाट आधुनिककालीन इतिहासलाई आधार मान्ने हो भने नेपाली सेनाले पनि आफ्नो स्थापना बर्ष पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानदेखि मान्नुपर्ने हुन्छ। श्री गणेश र नूवाकोटको विजय यूद्ध वि.सं. 1801 सालमा भएकोले यहीबाट आधुनिक नेपाली सेनाको जन्म भएको मानिन्छ। यद्यपि यसको निर्माण क्रम भने वि.सं. 1616 सालमा (हाल गोर्खामा रहेको) लिगलिगकोटका राजा द्रव्य शाहले भगिरथ पन्तलाई सेनापति बनाई खडा गरेको सैनिक दलबाट शुरु भएको मानिन्छ।

     नेपाली सेना नेपालको राष्ट्रिय सेना हो। नेपाल एकिरण अभियान नेपाली सेनाको इतिहासमा एक कोसेढुङगा हो। यौटा बलियो सैनिक संगठन बिना नेपाल एकीकरण असंभव देखेर तत्कालीन राजा पृथ्वीले आधुनिक सैन्य संरचनाको निर्माण गरेका थिए। तत्कालीन गोर्खाली फौजका नामले परिचित सेनाले नुवाकोट तथा सन् 1744 मा छिमेकी कान्तिपुर राज्य कब्जा गरेपछि गोर्खाली फौजलाई शाही नेपाली सेनाको नाम दिइएको थियो। नेपाली सेनाको वीरता, स्वामीभक्ति तथा सोझोपनाबाट शत्रु पनि हतोत्साहित हुन थालेपछि ब्रिटिस इस्ट इन्डिया कम्पनीले आफ्नो सेनामा नेपाली भर्ती शुरू गरेकोमा जुन गोर्खाली सेनाको रूपमा अझै कायमै छ।

     नेपाली सेनालाई दक्षिण एशियाकै सबै भन्दा पुरानो सेना मानिन्छ। संस्थापकका रुपमा राजा पृथ्वीनारायण शाहलाई। हाल यो सेनामा 97 हजारको हाराहारीमा छ। नेपालमा माओवादी विद्रोहपछि नेपाली सेना तथा नेपाल प्रहरीबाट नेपाल ससस्त्र प्रहरी बल बनाइएको थियो भने केही सेना नेपाल ससस्त्र वनरक्षक फोर्समा पनि छन्। नेपाली सेनाको प्रधान कार्यालय (नेपाली जंगी अड्डा) काठमाडौंको भद्रकालीमा रहेको छ। साथै नेपाली सेना पृतना प्रधान कार्यालयहरू पूर्वको इटहरी, हेटौडा, उपत्यका (सिंह दरवार) , पोखरा , सुर्खेत तथा दिपायलमा रहेका छन, नेपाली सेनाका वाहीनी, गण तथा गुल्महरू देशका सबै भागमा रहेका छन।

     नेपाली सेनाले विभिन्न द्वन्द तथा विकास निर्माण र कल्याणकारी काममा पनि योगदान गरेको छ। नेपाली सेनाले बनाएका विभिन्न बाटोघाटो राजमार्ग पनि छन्। कान्तिपथ शिवपुरी राष्ट्रिय निकुञ्ज, चक्रमार्ग त्रिशुली सोमदागं सडक, कटारी ओखलढुंगा सडक, खोडपे बझाङ्ग सडक, कर्णाली राजमार्ग, सुर्खेत-जाजरकोट, बेनी मुस्ताङ्, कैनडांडा चौरजाहरी सडक, मुसीकोट सडक, मनागं सडक आदि नेपाली सेनाद्वारा निर्मित बाटोहरु हुन्।

     नेपाली सेना बाह्य आक्रमण तथा आन्तरिक द्वन्दका बेलामा सुरक्षाको जिम्मेवारी लिने गर्दछ। आन्तरिक सुरक्षा अर्थात् देशको रक्षाका लागि नेपाली सेनाले लडेका युद्धमा मिरकाशिम विरूद्धको लडाईं - 1763 AD कप्तान किनलोक विरूद्ध पौवागढीको युद्ध- 1767 AD नेपाल अंग्रज युद्ध 1814 AD पहिलो नेपाल तिब्बत युद्ध नेपाल –तिब्बत /चीन युद्ध र अन्तिम नेपाल तिब्बत युद्ध लाई मुख्य रुपमा लिन सकिन्छ।

     यसैगरी सन् 2001 मा तत्कालीन शाही नेपाली सेना अन्तरिक गृहयुद्धका बेला माओवादी विरुद्ध परिचालित भएपछि थुप्रै लडाईं तथा अपरेसनका क्रममा मानव अधिकार हननका घटनामा समेत मुछिएको थियो।

     त्यसैगरी सन् 1974मा नेपाली भूमि प्रयोग गरी तिब्बती खम्पाहरूले चिनियाँ सेना विरूद्ध गुरिल्ला युद्ध (खम्पा बिद्रोह) शुरू गरेका थिए। उत्तरी नेपालको मुस्ताङ जिल्लामा बेस समेत बनाई गुप्त रूपमा अभ्यास समेत गर्न थालेपछि चीन सरकार तथा अन्तराष्ट्रिय समुदायको अनुरोधमा नेपाली सेना परिचालन गरिएको थियो। हतियार त्यागी आत्मसर्मपण गर्नेहरूलाई नेपालको नागरिकता समेत दिइने जानकारी गराएकोमा खम्पा कमान्डर वाङदी समर्पण गर्न तयार भएका थिए तर मुस्ताङ छाडी आफ्नो फौज लिएर उत्तर पश्चिमी नेपालका डोल्पा, मुगु, जुम्ला हुँदै भाग्नुका साथै नेपाल प्रहरीको एक चौकी लुटदै गर्दा सेनाबाट डोटीमा मारिएका थिए। त्यो नै पहिलो पटक नेपाली सेनाले आन्तरीक सुरक्षामा ठूलो संख्यामा परिचालन हुनुपरेको घटना थियो। त्यस्तै बाह्य युद्धमा पनि नेपाली सेनाको संलग्नता छ। जसमा भारतीय सिपाही विद्रोह, सन् 1914 देखि 1918 सम्म भएको प्रथम विश्वयुद्ध,वाजरिस्थानको लडाईं, अफगान युद्ध,सन् 1919 दोस्रो विश्वयुद्ध र हैदरावाद समन सन् 1948 लाई मुख्य रुपमा हेर्न सकिन्छ। नेपाली सेनाले विकास निर्माणका साथै राष्ट्रिय सम्पत्ति (बिद्युत, टेलिफोन स्टेसन तथा एतिहासिक गढी दरवारहरू)को सुरक्षा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणमा संलग्नता जनाउँदै आएको छ।

जानकारी तथा लेखहरु
सुझाउ