फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्वारा सुधारलाई चौतर्फी रुपमा गहन पार्न राम्रो शुरुवातको प्रत्याभूति

(GMT+08:00) 2014-03-05 08:43:44

        सन् 2014 चीनले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई चौतर्फी रुपमा व्यवहार उतार्ने र बाह्रौं पञ्च वर्षीय योजनालाई चौतर्फी रुपमा पूरा गर्ने महत्वपूर्ण वर्ष हो। विभिन्न पक्षद्वारा दिइएको संकेतअनुसार, चीनले सुधारलाई चौतर्फी रुपमा गहन पार्ने राम्रो शुरुवातको प्रत्याभूति गर्नका लागि कार्यान्वयन पक्षलाई बलियो बनाउँदै लगेको छ।

        एकतीस वटा प्रान्तका दुई अधिवेशनको सरकारी कार्य-प्रतिवेदनमा जनाइएअनुसार, सुधारलाई सन् 2014को विभिन्न कार्यको सशक्त प्रत्याभूति मानिएको छ। च च्याङ प्रान्तको सरकारी कार्य-प्रतिवेदनमा "सुधार" उनन्साट्ठी पटक प्रस्तुत गरिएको छ। ल्याउ नीङ प्रान्तको सरकारी कार्य-प्रतिवेदनमा "सुधार" एकचालीस पटक प्रस्तुत गरिएको छ। ह पै प्रान्तले पनि सुधारलाई चालू वर्ष सरकारी कार्यको प्रथम कार्यभारको रुपमा अपनाएको छ।

        क्वाङ तुङ प्रान्तले चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा पारित गरिएको सुधारलाई चौतर्फी रुपमा गहन पार्ने निर्णयलाई व्यवहारमा उतार्ने प्रस्ताव तर्जुमा गरेको छ। सो प्रस्तावमा क्वाङ तुङ प्रान्त, हंगकंग, मकाउ र थाइवानको सहयोगलाई गहन पार्ने लक्ष्य प्रस्तुत गरिएको छ। क्वाङ चौको नान शा, शन चनको छेन हाई, चु हाईको हङ छिन गरी तीन वटा सहयोगात्मक नमूना क्षेत्रको निर्माण गरिने छ।

        केही पर्यवेक्षकहरुकाअनुसार, सुधारमार्फत आर्थिक तथा सामाजिक विकासमा सशक्त शक्ति थपिने, सर्वसाधारणको अभिरुचिको क्षेत्रबाट सुधार हुने, आर्थिक तथा सामाजिक विकासमा बाधा पुर्‍याइने टड्कारो समस्यामा सुधार हुने कुरा चालू वर्षको दुई वटा अधिवेशनको ध्यानाकर्षण हुने छन्।

        सन् 2013 कूल गार्हस्थ उत्पादन मात्रामा वस्तुगत रुपमा बृद्धि भएको गतिको तुलनामा विभिन्न प्रान्त र शहरले चालू वर्षमा कूल गार्हस्थ उत्पादन मात्रामा बृद्धि हुने लक्ष्यलाई घटाएको छ। पैचिंग र शांगहाई गरी दुई वटा शहरको कूल गार्हस्थ उत्पादन मात्रामा 7.5प्रतिशतले बृद्धि हुने लक्ष्य प्रस्तुत गरिएको छ। भित्री मंगोलिया स्वायत्त प्रदेश र ची लिन प्रान्तले कूल गार्हस्थ उत्पादन मात्राको बृद्धि गतिलाई 12प्रतिशतबाट घटाएर 9प्रतिशत र 8प्रतिशतसम्म निश्चित गरेका छन्। शान तुङ प्रान्तले कुल गार्हस्थ उत्पादन मात्राको बृद्धि गतिलाई 0.5प्रतिशतले घटाएको छ। शान तुङ प्रान्तका प्रमुख को शु छिङले सकरारी कार्य-प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक बृद्धि क्रममा आर्थिक बनौटलाई सामन्जस्यता दिने र वैज्ञानिक विकासलाई अगाडि बढाउने कुरा बताउनुभयो।

        अर्थतन्त्रको स्थिर बृद्धिमाथि पनि ध्यान दिनुका साथै चीनको विभिन्न क्षेत्रले वातावरणको सुधारमाथि अझै गम्भीर नजर पु‍र्‍याइरहेका छन्। "वायु प्रदूषणको प्रतिरोध तथा निवारणसम्बन्धी पैचिङ्गको नियम" गत जनवरीको अन्त्यतिर पारित भएर कार्यान्वयनमा आएको छ। पी.एम.2.5 लाई घटाउने कुरा पहिलो पटक कानूनमा समेटिएको छ।

        गत वर्षको अन्त्यमा आयोजना गरिएको चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिअन्तर्गत ग्रामीण क्षेत्र कार्यसम्बन्धी बैठक र चालू वर्षको शुरुमा सार्वजनिक गरिएको "एक नम्बर दस्तावेज"ले खाद्य सुरक्षालाई महत्वपूर्ण स्थानमा राखेका छन्।

        चालू वर्षमा विभिन्न क्षेत्रले सर्वसाधारणको जीवनमा अझै बढी लगानी गर्ने निर्णय गरेको छ। सिन्च्याङले चालू वर्षलाई पाँचौं सर्वसाधारण जीवनको निर्माण वर्ष निश्चित गरेको छ। ग्रामीण क्षेत्रका सर्वसाधारणको पानी समस्याको समाधान गर्ने र आबास व्यवस्थाको सुधार प्रत्याभूति पनि सिन्च्याङ्गले गर्नेछ। तिब्बतले सर्वसधारण जीवनको भत्तामा सात अर्ब चिनियाँ युआन खर्चिनेछ। च्याङ सी प्रान्तले सर्वसाधारणको हितसित सम्बन्धित पचास वटा वस्तुगत कार्यको निर्माणमा असी अर्ब चिनियाँ युआन लगानी गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ