फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"चीनका प्रधानमन्त्रीलाई मेरो प्रश्न"भन्ने इन्टर्नेट प्रश्न संलग्न कार्यक्रम

(GMT+08:00) 2014-02-28 17:20:49

          सन् 2014मा चीनका दुईवटा अधिवेशन सुरु हुन लागेको छ। चीनका प्रधानमन्त्री ली ख छ्याङले नयाँ सरकारको प्रतिनिधित्व गरी राष्ट्रिय जन कंग्रेसलाई सरकारको कार्य प्रतिवेदन सुनाउनुहुनेछ। साथै पत्रकार सम्मेलनको आयोजना गरी चीनको आन्तरिक तथा कुटनीतिक विषयसम्बन्धीचिनियाँ तथा विदेशी पत्रकारका प्रश्नको जवाफ पनि दिनुहुनेछ। विश्वलाई अचम्मलाग्दो चीनको अर्थतन्त्रको अरु विकास हुन सक्छ? वातावरण संरक्षण, खाद्य सुरक्षा, सामजिक सुरक्षा, शिक्षा सन्तुलन आदि विभिन्न जन सरोकारका विषयमा चीन सरकारले के कस्तो कदम चल्न आवश्यक छ? अन्तर्राष्ट्रिय समाजमा जिम्मेवार एक सदस्यको रुपमा चीनले अन्तर्राष्ट्रिय मामिलामा कस्तो भूमिका निर्वाह गर्नेछ? सन् 2014मा चीनसम्बन्धी तपाईँलाई सबभन्दा रुची लागेको कुरा के हो?

          सी आर आई नेपाली सेवाको वेभसाइटले "चीनका प्रधानमन्त्रीलाई मेरो प्रश्न" कार्यक्रम सार्वजनिक गरेको छ। तपाईंले आफ्नो प्रश्न तथा सुझाव र प्रतिक्रिया हाम्रो इमेलमा पठाउनुहोस्। nepali@cri.com.cn

जानकारी तथा लेखहरु