फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि
सुखमय नयाँ वर्ष

        तिब्बती पात्रोअनुसार सन् 2014 काठे घोडा वर्षको पहिलो दिन खाङ बा टी भी, ल्हासा रेडियो तथा टेलिभिजन स्टेशनले संयुक्त रुपमा "सुखमय नयाँ वर्ष" शीर्षकमा नयाँ वर्षको टी भी गाला प्रसारण गरेको छ।

        सामूहिक चरित्र, जातीय विशेषता र आधुनिकता नै सन् 2014 तिब्बती काठे घोडा नयाँ वर्ष गालाको सबभन्दा ठूला विशेषता रहेका छ। गालामा ल्हासा, कान्च, आबा, छाङतु, दिछिङ, युशु आदि क्षेत्रका मूल संस्कृति कार्यक्रममा संलग्न भएका छन्। तिब्बतको ल्हासा, छिङ हाइको यु शु र स छ्वानको कान्चमा पनि शाखा कार्यक्रम राखिएका छन्। ती कार्यक्रममार्फत पठार क्षेत्र विकासको उपलब्धि देखाइन्छ साथै तिब्बतका विभिन्न क्षेत्रका सर्वसाधारणले तिब्बती नयाँ वर्ष मनाउने रमाइलो दृश्य पनि दर्शकलाई देखाइन्छ।

         यसै वर्षको गाला खाङबा टी भी र ल्हासा रेडियो तथा टेलिभिजन स्टेशनद्वारा संयुक्त रुपमा बनाइएको हो। गालामा ल्हासा विशेषतायुक्त नाचगानलगायत विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम समावेश भएका छन्। तिब्बती परम्परागत पर्व मनाउने तरिकालाई पनि यी कार्यक्रममार्फत देखाइएको छ। त्यसबाट परम्परागत संस्कृतिको संरक्षण र विकासका साथै सिर्जनशीलता पनि प्रस्तुत गरिएको छ।

         सुखमय नयाँ वर्ष शीर्षकमा आयोजना गरिएको गालाले सर्वसाधारणको साँचो कथा देखाएको छ। "सुखमय नयाँ वर्ष" टी भी गालामा विभिन्न क्षेत्रका कलाकार र सर्वसाधारणका उत्कृष्ट प्रस्तुतिहरु संलग्न छ। यसबाट सबै क्षेत्रमा बसोबास गर्ने तिब्बतीहरुसँगै मिलेर तिब्बती काठे घोडा वर्ष मनाउँछन् भन्ने कुरा प्रष्ट हुन्छ।

भिडियो

घोडा वर्षमा घोडा नामको नाच

खारलू नामक एक किसिमको गीत

लाङ्गमा नामक एक प्रकारको परम्परागत नाच

सून नामको नाच

गायकहरु सँगसँगै गीत गाउँदै

परम्परागत प्राकृतिक नाच

मातृभूमिको सम्झनामा गाइएको गीत

परम्परागत तिब्बती विषेश नृत्य

पर्खाल निर्माण गर्दै गाइने पराम्परागत गीत

रमाइलो हिमालय नामको अभिनय

तिब्बती नाटक

गाईको छालाबाट बनाएको सानो जहाज सम्बन्धी नाच

बाल बालिकाले गाएको तिब्बती अक्षरको गीत

तिब्बती जातीको एक शाखा च्या रङ्ग तिब्बतको विवाह रीतिरिवाज

तिब्बती शान्तिपूर्ण जीवन गाएको गीत

मनमा रहेको ल्हासा अथवा सूर्य शहर