फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अल्पसंख्यक जातिको सांस्कृतिक उत्तराधिकारसमक्ष गम्भीर अवस्था

(GMT+08:00) 2014-03-04 08:52:41

       चीनका वार्षिक राष्ट्रिय दुई अधिवेशन अहिले भइरहेको छ। अविवेशनमा जनजीवतलगायत विभिन्न विषय चर्चित भएका छन्। चर्चित विषयमध्ये अल्पसंख्यक जातिसम्बन्धी एक हो। यसअघि आयोजित स्थानीय दुई अधिवेशनमा क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको फाङ छङ काङ शहरको राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य ली लिन चनले अल्पसंख्यक जातीय संस्कृतिको संरक्षण गर्नका लागि अल्पसंख्यक जातिका युवाको जातीय सांस्कृतिक आत्म-विश्वासलाई बढाउन आह्वान गर्नुभयो। शहरीकरण हुँदा धेरै अल्पसंख्यक जातिका युवा अन्यत्र गएर रोजगार पाएका छन् र गाउँ क्षेत्रमा बढी उमेरका व्यक्तिहरु मात्र बसोबास गर्छन्। युवा पुस्तामा सांस्कृतिक स्तर कम हुँदै गएको देखिन्छ। जसबाट अल्पसंख्यक जातिको संस्कृतिको उत्तराधिकारी पनि कम हुँदै आएका छन्।

       चीन र भियतनामको सीमा क्षेत्रमा परेको फाङ छङ काङ शहरमा च्वाङ जाति, याउ जाति, चिङ जाति आदि अल्पसंख्यक जातिहरु बसोबास गर्दछन् र कूल जनसंख्याको 48.6 प्रतिशत पुगेको छ। लामो समयदेखि त्यहाँ विभिन्न अल्पसंख्यक जातीय संस्कृति विकास भएको छ।

       केही वर्षदेखि फाङ छङ काङ शहरले अल्पसंख्यक जातीय संस्कृतिको संरक्षण बढाएर अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणको प्रबर्द्धन गरेको छ। हाल फाङ छङ काङ शहरका तीन हजार तीन सय 47 वटा अमूर्त सांस्कृतिक सम्पदा दर्ता भएका छन्।

       फाङ छङ काङ शहरको जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य ली लिन चनले जानकारी दिएअनुसार, केही अल्पसंख्यक जातीय समूह विशेष गरी युवाले आफ्नो जातीय संस्कृतिसम्बन्धी आत्म-विश्वास लिएका छैनन्। उनीहरुलाई आफ्नो जातीय पोषाक लगाउन, जातीय गीत गाउन, जातीय भाषा बोल्न, जातीय विशेषतायुक्त घर निर्माण गर्न त्यति मन लाग्दैन। केही जातीय पोशाक, गीत, किम्बदन्ती हराइसकेका छन्। केही उत्कृष्ठ जातीय कला पनि परिवर्तन भएर हुँदै कतिपय त लुप्त नै भइकसेका छन्।

       फाङ छङ काङ शहरको जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यको रुपमा रहेको ली लिन चनले अधिवेशनमा सम्बोधन गर्दै जाँच तथा अध्ययनबाट हाल गण्यमान्य जातीय कलाकार वा उत्तराधिकारी कम हुँदैआएको छ र सम्बन्धित संरक्षण कार्य पनि गम्भीर भएको उल्लेख गर्नुभयो।

       ली लिन चनका अनुसार, स्थानीय अल्पसंख्यक जातिको सांस्कृतिक उत्तराधिकार कार्यसमक्ष देखिएको अर्को समस्या भनेको सम्बन्धित नीतिको सुधार हुनुपर्छ। नत्र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणसम्बन्धी आधारभूत कार्य राम्रोसँग सम्पन्न हुन सक्दैन र केही विकास हुने योजना पनि सुरु हुन सक्दैन।

         ली लिन चनले दिनुभएको सुझावका अनुसार, प्रचार-प्रसार बढाएर अल्पसंख्यक जातीय परम्परागत संस्कृतिसम्बन्धी आत्म-विश्वासलाई बढाउनुपर्छ साथै सम्बन्धित प्रणालीको अरु सुधार गरी अल्पसंख्यक जातिको संरक्षण कार्यलाई मानकीकरण र सामान्यीकरण गर्नुपर्छ। त्यसबाहेक अरु लगानी बढाएर अल्पसंख्यक जातीय संस्कृतिको संरक्षण गर्न आवश्यकता छ। अल्पसंख्यक जातीय संस्कृति र पर्यटन मिलेर विकास गर्न सकिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ