चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको दोस्रो अधिवेशनका प्रवक्ता ल्यु सिङ ह्वाले खुनमिङ्ग शहरमा "मार्च एक"मा भएको आतङ्ककारी हत्याकाण्डको भत्सर्ना गर्नु भएको छ। उहाँले सो हिंसात्मक आतङ्कबाद मानवता विरोधी, समुदाय विरोधी भन्दै सो हत्याकाण्डको छानबिन गरेर कानून बमोजिम आतंककारीलाई गम्भीर सजाय दिइने कुरामा जोड दिनुभयो।
चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको दोस्रो अधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी आज प्रवक्ता ल्युले सो विचार व्यक्त गर्नु भएको हो। प्रवक्ता ल्युले जनराजनैतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्यहरुले सो आतङ्ककारी हत्याकाण्डमाथि उच्च ध्यान दिनुहुने पनि जानकारि दिनुभयो।
उहाँले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति, राज्य परिषदले सो हत्याकाण्डमाथि उच्च ध्यान दिएको भन्दै चीनका राष्ट्राध्यक्ष सी चिंग फिंगले महत्वपूर्ण सन्देश प्रवाह गर्नुभएको बताउनुभयो।