बाह्रौं चिनियाँ राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशन र चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको बाह्रौं राष्ट्रिय समितिको दोस्रो अधिवेशन समाचार केन्द्रका अनुसार, चीन तथा विदेशका लगभग तीन हजारभन्दा बढी सम्वाददाताले चीनको दुइवटा अधिवेशनसम्बन्धी प्रत्यक्ष समाचार सङ्कलन गर्नेछन्।
चिनियाँ कम्युनिष्ट पार्टी 18 औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णयपछिको यो पहिलो अधिवेशन हो। आगामी दुइ हप्तामा चीनको आर्थिक विकास, चीन सामु देखा परेको चुनौती, सुधारलाई गहन पार्न र कार्यन्वयन गर्ने विधि, वातावरण संरक्षण, सामाजिक प्रत्याभूति, भ्रष्टाचार न्युनीकरण, परराष्ट्र नीति आदि विषयमा सम्वाददाताहरुले उच्च ध्यान दिनेछन्।
दुईवटा अधिवेशन अन्तर्गत समाचार केन्द्रका उप प्रमुख चौं स्ये छ्वाङले दुईवटा अधिवेशनमा चिनियाँ जनताले चासो राखेका विषयलाई गहन रुपमा छलफल हुने जानकारी दिनुभयो।