फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यु चङ्ग शङ्गद्वारा चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको वार्षिक अधिवेशनमा कार्य-प्रतिवेदन प्रस्तुत

(GMT+08:00) 2014-03-03 17:05:58

        चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको वार्षिक अधिवेशन तीन तारिख पैचिङ्गमा शुरु भयो। चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष यु चङ्ग शङ्गले सो अधिवेशनमा बोल्दै सन् 2014मा चिनियाँ जनराजनै‍तिक परामर्शदात्री सम्मेलनले महत्वपूर्ण तथा वृहत् सुधारको तर्जुमा र लागूका लागि प्रस्ताव प्रस्तुत गर्ने कुरामा जोड दिनुभयो।

        यो चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलन बाह्रौं राष्ट्रिय समितिको पाँच वर्षसम्मको कार्यावधिको दोस्रो वार्षिक अधिवेशन हो। सी चिन फिङ्ग, ली ख छ्याङ्गआदि राष्ट्रिय नेताहरु सो अधिवेशनमा उपस्थित हुनुभयो। सम्मेलनमा सबै सहभागीहरुले प्रथमतः एक तारिख राती युन नान प्रान्तको खुन मिङ्ग रेल स्टेशनमा भएको हिंसात्मक आतंकवादी घटनामा परी मृत्यु भएकाहरुको स्मृतिमा मौनधारण गरेका छन्।

       चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष यु चङ्ग शङ्गले स्थायी समितिको कार्य-प्रतिवेदन सुनाउँदै विगत एक वर्षमा चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनले सम्बन्धको समन्वय, प्रस्ताव प्रस्तुतआदि भूमिका निर्वाह गरेको कुरा बताउनुभयो।

       थाहा भएअनुसार, सो अधिवेशन बाह्र तारिख विहान सम्पन्न हुने छ।

जानकारी तथा लेखहरु
सुझाउ