फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जनकाङ्ग्रेसको दोस्रो अधिवेशनको तयारी सम्मेलनको आयोजना

(GMT+08:00) 2014-03-04 12:22:15

         बाह्रौं राष्ट्रिय जनकाङ्ग्रेसको दोस्रो अधिवेशनले चार तारिख विहान जन वृहत् सभा भवनमा तयारी सम्मेलनको आयोजना गरेको छ। चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिका अध्यक्ष चाङ द च्याङ्गले सो सम्मेलनको अध्यक्षता गर्नुभएको छ। सो सम्मेलनले बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको अध्यक्ष-मण्डल र महासचिवको निर्वाचन तथा उक्त अधिवेशनको विषयसूची पारित गरेको छ।

         सो सम्मेलनमा चाङ द च्याङ्गले बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशन मार्च पाँच तारिख आयोजना हुने, विभिन्न तयारी कार्य पूरा भइसकेको कुराको घोषणा गर्नुभयो।

         सो सम्मेलनमा पारित गरिएको मतदानअनुसार, बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको अध्यक्ष-मण्डल 176 जनाबाट गठित हुने छ। ली चेन को सो अधिवेशनका महासचिव हुनुहुन्छ।

जानकारी तथा लेखहरु
सुझाउ