फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिको संरक्षणका लागि वास्तविक शक्तिमा भर पर्नुपर्ने राष्ट्रिय जन काङ्ग्रेसका प्रवक्ताको भनाइ

(GMT+08:00) 2014-03-04 15:43:55

         बाह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनका प्रवक्ता फु यिङ्गले चार तारिखका दिन आयोजित पत्रकार सम्मेलनमा चीनले कहिल्यै पनि कुनै छिमेकी मुलुक वा कुनै मुलुकलाई शत्रुको रुपमा व्यवहार नगर्ने कुरा बताउनुभयो। पत्रकारको प्रश्नको जवाफ दिंदै उहाँ यसरी भन्नुहुन्छ: चीनको आफ्नो इतिहास र अनुभवबाट हेर्दा शान्ति संरक्षण गर्न वास्तविक शक्ति हुनुपर्ने ठहर हामीले गरेका छौं।

        प्रवक्ता फुका अनुसार, चिनियाँ संविधानमा राष्ट्रिय प्रतिरक्षात्मक शक्तिबारे निश्चित ब्याख्या गरिएको छ। मूल स्वरुपको हेतुबाट हेर्दा चीनको राष्ट्रिय रक्षा शक्ति वास्तवमा प्रतिरक्षात्मक रहेको छ।

        कुनै मुलुकले उत्तेजित पारी मतैक्यतालाई बिगारेर क्षेत्रीय शान्ति र परिपाटीलाई ध्वस्त पार्न खोज्यो भने चीनले प्रतिकृया जनाउनुपर्ने कुरामा पनि प्रवक्ता फुले जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ