फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङ्गद्वारा चालू वर्ष चीनको आर्थिक तथा सामाजिक विकासको लक्ष्य, नीति र सिद्धान्तसम्बन्धी प्रतिवेदन प्रस्तुत

(GMT+08:00) 2014-03-05 11:19:35

        चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले पाँच तारिख बाह्रौं राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनमा सरकारी कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनमा उहाँले चालू वर्ष चीनका सामु देखापरेका परिस्थिति र सरकारी कार्यको मुख्य मागबारे जानकारी दिनुका साथै चालू वर्ष चीनको आर्थिक तथा सामाजिक विकासको मुख्य निर्धारित लक्ष्य, नीति र सिद्धान्त प्रस्तुत गर्नुभएको छ।

        प्रधानमन्त्री लीले सन् 2014 मा चीनका सामु देखापरेको परिस्थिति अझै जटिल हुने, अनुकूल पूर्वाधार र अहितकर पूर्वाधारको अस्तित्व रहने कुरामा जोड दिनुभयो।

        उहाँले चालू वर्ष सरकारी कार्यक्रममा सुधार र सिर्जनशीलता आर्थिक तथा सामाजिक विकासको विभिन्न क्षेत्रमा समेटिने, सुधारलाई चौतर्फी रुपमा गहन पार्ने, खुलापनलाई निरन्तर रुपमा विस्तार गर्ने, सर्वसाधारणको जीवनको प्रत्याभूति र सुधार गर्ने, अर्थतन्त्रको स्वस्थ विकास र समाजको मेलमिलाप तथा स्थिरताको प्रत्याभूति गर्ने कुरा व्यक्त औंल्याउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ