फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री ली ख छ्याङ्गको प्रतिवदेनमा आर्थिक करिडोर निर्माणमा जोड

(GMT+08:00) 2014-03-05 11:40:33

       चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले पाँच तारिख राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सरकारी कार्य-प्रतिवेदन प्रस्तुत गर्दै चालू वर्ष चीनले उच्चस्तरीय बाह्य खुलापनको नयाँ स्थिति खडा गर्ने, रेशमी मार्गको आर्थिक पेटी, एक्काईसौं शताव्दीको समुद्री रेशमी मार्ग, बंगलादेश, चीन, भारत र म्यामार आर्थिक करिडोर र चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माणलाई अगाडि बढाउने, आधारभूत प्रबन्धको निर्माणलाई गति प्रदान गर्ने र अन्तर्राष्ट्रिय आर्थिक तथा प्राविधिक सहयोगको नयाँ क्षेत्रलाई विस्तार गर्ने कुरामा जोड दिनुभएको छ।

       उहाँकाअनुसार, चालू वर्ष चीनले रणनीतिको दृष्टिकोणबाट हेर्दा निर्यात र व्यापारको सन्तुलित विकासलाई बढाउने छ। चालू वर्षमा चीनको आयात-निर्यात कुल रकममा 7.5प्रतिशतले निर्धारित रुपमा बृद्धि हुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ