फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चार-माध्यमद्बारा बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनप्रति उच्च ध्यानाकर्षण

(GMT+08:00) 2014-03-05 13:21:45

         बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशन पाँच तारिख बिहान जन बृहत् सभा भवनमा शुरु भएयता विदेशी सञ्चार-माध्यमहरूले पनि त्यसलाई उच्च महत्व दिएका छन्।

         बेलायती आर्थिक अखवार फाइनन्सियल टाइम्सले जनाए अनुसार, चीन सरकारले आर्थिक वृद्धि र ऋण, सुधार र स्थिरता, अर्थतन्त्र र वातावरण तथा छोटो समयसम्म सहने र दीर्घकालीन लाभान्वित हुने विषयलाई कसरी सन्तुलित पार्ने भन्ने कुरा यस वर्षको दुई अधिवेशनको एउटा ठूलो ध्यानाकर्षणको विषय नै हो।

        रोयटर्सले जनाएअनुसार, चीन सरकारले चौतर्फी रुपमा सुधारलाई गहन पार्ने क्रममा बजारको अर्थतन्त्रको प्रचलनलाई सुरक्षित र स्थिर रुपमा कायम राख्नु नै सबैभन्दा महत्वपूर्ण विषय रहेको छ।

        वाल स्ट्रिट जर्नलको चाइनिज वेभसाइटले एउटा लेख प्रकाशित गर्दै राष्ट्रिय जन काँग्रेस शुरु भएको उपलक्ष्यमा चीनले 7.5प्रतिशतको बृद्धि लक्ष्यलाई निश्चित पारेको कुरा जनाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ