फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जनकाँग्रेसको दोस्रो अधिवेशन पाँच तारिख शुरु

(GMT+08:00) 2014-03-05 13:37:12
        बाह्रौं राष्ट्रिय जनकाँग्रेसको दोस्रो अधिवेशन आज पाँच तारिख विहान पैचिङ्गमा शुरु भएको छ। सी चिन फिङ्ग, ली ख छ्याङ्गलगायतका चिनियाँ नेताहरु तथा तीन हजार जना प्रतिनिधि सो अधिवेशनमा उपस्थित हुनुभएको छ। अधिवेशनका सबै सहभागीहरुले प्रथमतः खुनमिङ "मार्च एक" को आतंकवादी हमलामा ज्यान गुमाएकाहरुको स्मृतिमा मौनधारण गरेका छन्। प्रधानमन्त्री ली ख छ्याङ्गले सरकारी कार्य-प्रतिवेदन प्रस्तुत गर्दै उक्त घटनाको कडा निन्दा गर्नुभयो। कार्य-प्रतिवेदनमा प्रधानमन्त्री लीले सन् 2013 चीनका विभिन्न क्षेत्रको विकास साराँश गर्नुभएको छ। साथै उहाँले सुधारलाई चालू वर्षमा सरकारी कार्यको प्रथम कार्यभारको रुपमा लिइने बताउनुभयो।

        आज दिउँसो जनराजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य र जन काँग्रेसका प्रतिनिधिहरुले विभिन्न दलमा उक्त कार्य-प्रतिवेदनको विषयबारे छलफल गर्नुका साथै आफ्नो प्रश्न र सुझाव पेश गरेका छन्। भोलिदेखि छलफल जारी रहनेछ।

सी.आर.आई

ललिता

पैचिङ्ग

जानकारी तथा लेखहरु
सुझाउ