फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अल्पसंख्यक जातिका प्रतिनिधिद्वारा सक्रियताका साथ प्रस्ताव प्रस्तुत

(GMT+08:00) 2014-03-11 08:49:31







       चीनमा चालु वर्षका दुई अधिवेशन अहिले भइरहेका छन्। अधिवेशनमा विभिन्न प्रतिनिधिले आ-आफ्नो क्षेत्रको अवस्थाबारे जानकारी दिनुका साथै प्रस्ताव प्रस्तुत गरेका छन्। अल्पसंख्यक जातीय क्षेत्रको बैठकमा तिब्बती जातिका सदस्य दावादोन्चुले तिब्बती विकास अवस्थाबारे जानकारी दिँदै भन्नुभयो-


        केन्द्रीय सरकारले तिब्बतलाई नैतिक समर्थन दिइरहेको छ र तिब्बतमा निकै ध्यान दिएको छ। पाँच पुस्ताका नेताले तिब्बतको विकास, तिब्बती सर्वसाधारणको जीवन आदिमाथि नजर पुर्‍याइरहेका छन्। नैतिक समर्थन र राष्ट्रिय जनताको सहयोगमा हाल तिब्बतको राम्रो विकास भएको छ। जनताको जीवनस्तर धेरै उकासिएको छ, सार्वजनिक प्रबन्धमा सुविधासम्पन्न भएको छ, विकासका पूर्वाधारमा सार्वजनिक सडक मार्ग पनि राम्रो भएको छ। तिब्बतको आर्थिक निर्माणको कार्य निकै राम्रो छ, तिब्बत अहिले सबैभन्दा मेलमिलापयुक्त अवधिमा रहेको छ।

       दावातोन्चुले रोजगार, लगानी, जनताको आम्दानीलाई बढाउने आदि क्षेत्रमा तिब्बतले पाएको उपलब्धिबारे जानकारी दिनुभयो। यसबाहेक उहाँले राजनीतिक प्रणाली सुधारलाई अझै गहन पार्ने र कर्मचारीको धारणालाई सुधार पार्ने आदि विषयबारे आफ्नो विचार पनि प्रस्तुत गर्नुभयो। उहाँले भन्नुभयो

       पारिश्रमिक पाएको खण्डमा, सरकारी कर्मचारी भएको खण्डमा देश, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समिति, जनताको जिम्मा लिनुपर्छ।


       अल्पसंख्यक जातीय क्षेत्रको विकासमा राष्ट्रले गरेको लगानीलाई कार्यान्वयन गर्दा पारदर्शिता अपनाइने र उद्योग संघलगायत तेस्रो पक्षलाई भाग लिन दिने स्वीकार गर्ने प्रस्ताव पनि उहाँले प्रस्तुत गर्नुभयो।

        यसबाहेक उहाँले सांस्कृतिक विकासबारे पनि प्रस्ताव प्रस्तुत गर्नुभयो। उहाँको विचारमा चीनको पाँच हजार वर्षको इतिहास छ, गहिरो तथा समृद्धि संस्कृति पनि छ। संस्कृति नै जनताको भावनाको उत्तराधिकार हुने वाहक हो। संस्कृतिको विकास हुनका लागि लामो सांस्कृतिक इतिहासमा सबभन्दा उत्कृष्ट विषय तानेर विश्वास प्रणाली बनाउनु पर्छ। धार्मिक स्वतन्त्रताको आधारमा विश्वासलाई समाजवादीको केन्द्रीय मूल्य दृष्टिकोणसम्म एकता पार्ने उहाँको धारणा रहेको छ। उहाँले भन्नुभयो

       चिनियाँ कम्युनिष्ट पार्टी अठारौँ केन्द्रीय समितिको महाधिवेशनले समाजवादी केन्द्रीय मूल्य प्रस्तुत गरेको थियो। त्यसमा समावेश भएका बाह्र शब्द यस प्रकार छन्: धनी तथा शक्तिशाली, प्रजातन्त्र, सभ्यता, मेलमिलाप, स्वतन्त्र, समानता, निष्पक्षता, कानूनी नियम, देशप्रेमी, काममा समर्पित, इमानदारी र मैत्री। हामीले चीनको एकीकृत विश्वासको निर्माण गर्नुपर्छ अनि त्यसबाट चिनियाँ सपनालाई व्यवहारमा उत्तार्न बढाउनसकिन्छ। हरेक विश्वास वा सांस्कृतिक प्रणाली नै इतिहासको वाहक हो र क्रमशः विकास भएको हो। त्यसैले हामीले विश्वासलाई समाजवादी केन्द्रीय मूल्य धारणामा एकीकृत पार्नुपर्छ। यसरी नै हाम्रो देश अझ धनी तथा शक्तिशाली हुनसक्छ।

जानकारी तथा लेखहरु
सुझाउ