फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गरिबी अल्पसंख्यक जातिका क्षेत्रमा विशेष पर्यटन कार्यक्रम

(GMT+08:00) 2014-03-13 10:08:20

       चीनका वार्षिक दुई अधिवेशन अहिले पैचिङमा भइरहेको छ। विभिन्न क्षेत्रबाट आएका प्रतिनिधिले आ-आफ्नो प्रस्ताव प्रस्तुत गरेका छन्। क्वाङ सि च्वाङ जातीय स्वायत्त प्रदेशको सान च्याङ तुङ जातीय स्वायत्त जिल्लाबाट आएका प्रतिनिधि ऊ युङ छोनले गरिबी अल्पसंख्यक जातिका क्षेत्रमा राष्ट्रिय पर्यावरणीय पर्यटनसम्बन्धी गरिबी सहायक प्रयोगात्मक क्षेत्र निर्माण गरी गरिबी अल्पसंख्यक जातिको विकाससँग अनुकूल रहेको पर्यावरण पर्यटन विकास बाटो खोज्ने प्रस्ताव प्रस्तुत गर्नुभयो।

       केही वर्षयता राष्ट्रले गरिबी अल्पसंख्यक जातीय क्षेत्रको विकासलाई सहयोग गर्न अनेकौँ कमद चालेको छ। विशेष गरी आवश्यक प्रबन्ध, जनजीवनको निर्माण आदि क्षेत्रमा ध्यान दिएर विभिन्न सहायक कार्यक्रम र नीति तयारी गरी गरिबी अल्पसंख्यक जातीय क्षेत्रका सर्वसाधारणको उत्पादन र जीवन अवस्थाको धेरै सुधार गरेको छ र अल्पसंख्यक जातीय क्षेत्रको आर्थिक तथा सामाजिक विकास बढाएको छ।

       ऊ युङ छोनका अनुसार, ऐतिहासिक तथा भौगोलिक आदि तत्वको प्रभावमा गरिबी अल्पसंख्यक जातीय क्षेत्रका पर्याप्त पर्यटन स्रोतको राम्रो संरक्षण भएको छैन, त्यसले पनि गरिबी अल्पसंख्यक जातीय क्षेत्रको आर्थिक तथा सामाजिक दिगो तथा स्वस्थ विकासमाथि प्रभाव पारेको छ।

       क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको सान च्याङ तुङ जातीय स्वाशासित जिल्लाका प्रमुखको रुपमा रहेको ऊ युङ छोनले जानकारी दिएअनुसार, जिल्लाको कूल जनसंख्या तीन लाख असी हजार पुगेको छ भने तीमध्ये गरिबीको संख्या एक लाख सत्तरी हजार पुगेको छ र राष्ट्रिय गरिबी सहायक गर्ने मुख्य जिल्लाको रुपमा रहेको छ।

      सान च्याङ तुङ जातीय स्वशासित जिल्लाको पर्याप्त पर्यटन स्रोत छ। स्थानीय तुङ जातिको गीतलाई विश्व अमूर्त सांस्कृतिक सम्पदा सूचिमा राखिएको छ। तुङ जातिको काठ निर्माण कला र तुङ जातीय ओपेरालाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचिमा राखिएका छन्। हाल जिल्लाका पाँच वटा तुङ जातीय गाउँलाई चीनको विश्व सांस्कृतिक सम्पदा प्रारम्भिक सूचिमा राखिएका छन् र धेरै राष्ट्रिय मुख्य पर्यटन दृश्यावलोकन क्षेत्र छन्।

      केही वर्षयता स्थानीय सरकारले पर्यटन विकास गरी गरिबीलाई सहयोक दिने कार्यमाथि निकै ध्यान दिएको छ। सरकारले पर्याप्त, विशेष पर्यटन स्रोताको आधारमा कृषि, बन, जल स्रोत, गरिबि सहायक, यातायात आदि योजनासँग मिलेर प्रत्यक कृषकको औसत आम्दानी दोबर हुने योजना आदि सम्बन्धित नीतिको सार्वजनिक गरेको छ साथै सान च्याङमा चीनको तुङ जाति, चीनको तुङ जातीय तोये चाड आदि जातीय सांस्कृतिक पर्यटन ब्रान्ड विकास गरेको छ।

       सन् 2013 मा जिल्लाले अठार लाख चिनियाँ तथा विदेशी पर्यटन स्वागत गरेको छ भने कूल पर्यटन आम्दानी असी करोड चिनियाँ युआन पुगेको छ जसले आठ हजारभन्दा बढी गरिबलाई घटेको छ र पर्यटन विकासबाट प्रारम्भिक फाइदा पाइएको छ। जिल्लाका प्रमुख ऊ युङ छोनको विचारमा सम्पन्न समाजको छिटो निर्माण गर्नका लागि गरिबी अल्पसंख्यक जातीय क्षेत्रले पर्यावरणीय पर्यटन स्रोतलाई सक्रिय रुपमा विकास गरी विकास तरिका परिवर्तन गेर आर्थिक ढाँचाको बदल्ने र स्तरोन्नति गर्नुपर्छ।

       अधिवेशनमा ऊ युङ छोनले सान च्याङ तुङ जातीय स्वशासित जिल्लालगायत गरिबी अल्पसंख्यक जातीय क्षेत्रमा पर्यटन उद्योग आधारित गरिबी सहायक दिने राष्ट्रिय प्रयोगात्मक क्षेत्रको स्थापना गर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसरी नै वित्तीय लगानी र नैतिक समर्थनबाट स्थानीय पर्यटन उद्योग र गरिबी निवारण सहायक योजनालाई राम्रोसँग मिलाएर अल्पसंख्यक जातीय क्षेत्रको दिगो विकास र कृषि क्षेत्रबाट गरिबी हटाएर धनी पार्नका लागि कार्यान्वयन गर्न सकिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ