फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बती पर्यटन उद्योगसामु गुणस्तर उकास्ने संक्रमण

(GMT+08:00) 2014-03-18 16:39:10

        अहिले चीनका दुई अधिवेशन सम्पन्न भएका छन्। विभिन्न क्षेत्रका विभिन्न जातिका प्रतिनिधिले आ-आफ्नो सुझाव र विचार यी अधिवेशनमा प्रस्तुत गरेका छन्। राष्ट्रिय जन काँग्रेसका प्रतिनिधि एवं तिब्बत स्वायत्त प्रदेशीय पर्यटन ब्यूरोका उप-प्रमुख हुङ वीले पत्रकारसँग कुराकानी गर्दै तिब्बती पर्यटन उद्योगमाथि नयाँ पर्यटन ऐनको प्रभाव देखिसकेको र तिब्बती पर्यटन उद्योगसमक्ष गुणस्तरलाई माथि उकास्ने संक्रमण अवधि देखा परेको व्यक्त गर्नुभयो।

       हुङ वीले जानकारी दिएअनुसार, तिब्बतको विशेषतायुक्त प्राकृतिक स्रोत, जातीय संस्कृति, इमानदार तिब्बती बासिन्दा आदि छन्। यी सबै नै तिब्बती पर्यटन उद्योगको श्रेष्ठता बनेको छन्। चार वर्षअगाडि आयोजित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको तिब्बत कार्यसम्बन्धी पाँचौँ बैठकले पनि तिब्बतलाई विश्वको महत्वपूर्ण पर्यटन गन्तव्यको रुपमा निर्माण गर्ने प्रस्ताव प्रस्तुत गरेको थियो।

       स्रोत तथा नैतिक श्रेष्ठताबाट धेरै मानिसले तिब्बती पर्यटन उद्योगको सुनौलो अवधि सुरु हुनलागेको अनुमान गरेका छन्। तर हुङ वीको विचारमा हाल तिब्बती पर्यटन उद्योगसमक्ष धेरै कठिनाइ देखिएको छ। आवश्यक प्रबन्ध कम्जोर, परिवाहन क्षमता कम्जोर, सफ्ट वातावरण निर्माण अविकसित, पर्यटकले छान्नसक्ने विषय कम, सम्बन्धित सेवा कम्जोर उहाँले उदाहरणका रुपमा प्रस्तुत गर्नुभयो।

        नयाँ पर्यटन ऐन संचालन भएपछि धेरै पर्यटन एजेन्सीले तिब्बती पर्यटनलाई संसारकै सबैभन्दा उच्च भागमा रहेको पर्यटन गन्तव्यका रुपमा राखिसकेका छन्। तर हुङ वीको चिन्ता छ: पर्यटकले महङ्गो लागत दिएपछि सम्बन्धित सेवा पाउन सक्नुपर्छ। सबै लगानी यातायातमा गरिएको छ तर साँच्चै पर्यटन सेवा कम छ यसबाट "पर्यटक बढी आम्दानी कम" समस्या देखिन्छ।

        तिब्बती पर्यटन बजारको भविष्य निकै फराकिलो छ भन्ने हुङ वीलाई लागेको छ। उहाँका अनुसार, नयाँ पर्यटन ऐन संचालन भएबाट तिब्बतका अपेक्षाकृत विकसित प्रथम स्तरीय दृश्यावलोकन क्षेत्रमा पर्यटक भारी भएको देखिन्छ तर केही सामान्य साना दृश्यावलोकन क्षेत्रमा थोरै पर्यटक अवलोकन गरेका छन्। यसबाहेक, वर्तमान व्यवस्थापन मानकीकृत नभएकोले पर्यटनसम्बन्धी सेवा अभावको समस्या झनै स्पष्ट भएको देखिन्छ र तिब्बती पर्यटन उद्योगको समष्टिगत गुणस्तरलाई माथि उकास्नु नै अहिलेको जरुरी कार्य बनेको छ। संक्रमण नै दुःख भएता पनि यो फाइदाजनक कुरा हो भन्ने हुङ वीलाई आशावादी रुपमा सोच्नुभयो।

          हुङ वीको विचारमा राष्ट्रले तिब्बतलाई विश्वको महत्वपूर्ण पर्यटन गन्तव्यको रुपमा राखेकाले त्यो अवसरमा औद्योगिक विकास योजनाको तर्जुमा गरी सम्बन्धित सुविधाजनक नीति तयारी गरी विभिन्न पक्षको समर्थन आकर्षण गर्नुपर्छ साथै विश्वका नामी पर्यटन उद्योग भित्र्याएर तिब्बती पर्यटनलाई विश्वव्यापी विकास हुन दिनुपर्छ।

         विश्वको पर्यटन गन्तव्यबारे चर्चा गर्दै हुङ वीले तिब्बती पर्यटन उद्योगको विकासका लागि पर्यटक संख्यामा मात्रै ध्यान दिनुहुँदैन तर पर्यटन गुणस्तरलाई प्रबर्द्धन गर्नुपर्छ।

         साथै हुङ वीले वातावरण संरक्षण नै प्रथम स्थानमा राख्नुपर्छ र तिब्बती दृश्यावलोकन क्षेत्रको तयारी र निर्माण क्रममा यसमा कडा अडिग रहनुपर्ने कुरा विशेष रुपमा उल्लेख गर्नुभयो। यसै राष्ट्रिय जन कंग्रेसको सम्मेलनमा उहाँले पनि सम्बन्धित प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ