फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आँगन घर अर्थात् स ह युआनसम्बन्धी जानकारीको पहिलो भाग

(GMT+08:00) 2014-05-21 15:11:52

        आँगन घर अथवा स ह युआनलाई स ह फाङ अर्थात् चार सह आवास पनि भनिन्छ। त्यो उत्तरी चीन क्षेत्रका आवासीय घरमध्येको एक किसिमको वास्तुकला हो। त्यसको बनावट यस प्रकारको हुन्छ। एउटा आँगनको चारै पक्षमा कोठा निर्माण गरिएको हुन्छ, सामान्यतया प्रमुख कोठा, पूर्व-पश्चिम अर्थात् दायाँ बायाँ कोठा र पछाडिपट्टि पनि कोठा हुन्छ। यसरी चारै पक्षबाट आँगनलाई घेरिएको हुन्छ, त्यसै कारणले आँगन घर अथवा स ह युआन भनिन्छ।

       स ह युआन एक किसिमको वर्गाकार वा आयताकारको आँगन हो। सान ह युआन अथवा तीनतिरबाट घरले घेरिएको आँगन घरको अगाडिको अर्थात् मुख्य द्वार कोठाबाट नै बन्द गरिएको हुन्छ। चिनियाँ अक्षर खौ"口"आकारकोलाई दुई ढोका एक आँगन भनिन्छ, चिनियाँ अक्षर रर् "日" आकारकोलाई तीन ढोका दुई आँगन भनिन्छ र चिनियाँ अक्षर मु "目" आकारकोलाई चार ढोका तीन आँगन भनिन्छ। सामान्यतया आँगन घरको पहिलो ढोका घरको ढोका हो, दोस्रो ढोका हल हो, तेस्रो ढोका वा पछाडिको ढोका निजी कोठा वा श्रृगांर-कक्ष हो, महिला वा परिवारका अरु सदस्यहरू बस्ने ठाउँ हो जहाँ सामान्य मान्छेले जथाभावि रुपमा भित्र प्रवेश गर्नुहुँदैन। चीनको विभिन्न क्षेत्रमा विभिन्न किसिमको स ह युआन छ, तीमध्ये पेइचिङको स ह युआनलाई त्यस्को नमूनाको रुपमा लिइन्छ।

        उत्तर-दक्षिण अक्षरेखामा सममित खाका र बन्द तथा स्वतन्त्र आँगन स ह युआन वास्तुको मुख्य विशेषता हो। यसरी घरको केन्द्र भागमा आँगन, छिमेकी कहाँ आउनजान बाटो र साम्प्रदायीक बसोबास क्षेत्रबाट सामाजिक सञ्जाल प्रणाली बनेको छ। साथै मानिसको मानसिक अवस्थासँग मिल्ने, परम्परागत सँस्कृति र असल छिमेकी सम्बन्धलाई कायम राख्ने बसोबास वातावरण पनि बनेको छ। स ह युआनको बाहिरी रुप, खाका र आँगनको संरचनाबाट हेर्दा सममिति, भित्री र बाहिरी शैलीलाई छुट्याउने तथा पूर्ण रुपमा सुव्यवस्थित बनाउन ध्यान दिएबाट आफ्नै शैली बनेको छ। वास्तुको मूल भावनाबाट हेर्दा भूमिले घेरिएको स ह युआनले शान्त वातावरण तथा मनोरञ्जन र खुशियाली खोजेको छ। आरामदायक स ह युआनबाट सुख शान्तिमय जीवनको आशा तथा भरोसा गर्नसकिन्छ।

       स ह युआन जीवन व्यतीत गर्ने कला मात्रै होइन। यो युगौँयुग अघिका चिनियाँ जनताको मेहनत र बुद्धिको नतिजा हो, कलात्मक प्रतिभाको नतिजा हो। त्यसमा चीन राष्ट्रको लामो इतिहास छ। चिनियाँ जनताको गहिरो राष्ट्रिय भावना पनि बोकेको छ र चीन राष्ट्रको मूल्यवान ऐतिहासिक तथा साँस्कृतिक सम्पदा हो।  

       तीन हजार वर्षअगाडिको पश्चिमी चौ राजवंश कालमा पूर्ण स ह युआन देखिएको थियो। हान राजवंशमा स ह युआन वास्तुको अझै विकास भएको थियो। फङ्ग स्वे सिद्धान्तको प्रभावले स्थान-निर्धारणदेखि खाकासम्म स ह युआनको यिङ याङ र पाँच मूलतत्वको विचार जन्मेको थियो। थाङ वंशको स ह युआनले पश्चिमी तथा पूर्वी हान राजवंशको शैली अपनाएर सुङ वंशको शैली स्थापना गरेको थियो र त्यसको खाका भनेको अगाडि साँघुरो र पछाडि वर्गाकार हो। युआन वंश कालमा स ह युआन क्रमशः पूर्ण विकास भएको थियो र पेइचिङमा यसै समयमा धेरै मात्रामा परम्परागत स ह युआनको निर्माण भएको थियो। मिङ वंश र छिङ वंशकालमा बल्ल पेइचिङमा विशेषतायुक्त स ह युआनको निर्माण भएको थियो, साथै मिङ वंशकोभन्दा छिङ वंशको अझै विकसित थियो। हालसम्म पनि तुङ तानदेखि युङ ह कुङ अथवा लामा टेम्पलसम्मको सडकका दुईपट्टि, नान पेइ लो कु गल्ली, सि तानदेखि सि च्ये खौ सडकका दुई पट्टिमा अपेक्षाकृत परिष्कृत स ह युआन घर अझै छन्।

जानकारी तथा लेखहरु
सुझाउ