फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई अधिवेशनका सहभागी प्रतिनिधि र सदस्यद्वारा आतंकवाद विरोधी ऐनको तर्जुमा गर्न सुझाव

(GMT+08:00) 2014-03-06 14:06:03
        चीनको खुन मिङ हिंसात्मक आतंकवादी आक्रमणको घटना भएपछि आतंकवाद प्रतिरोधी ऐनको तर्जुमा गर्ने विषयलाई गति प्रदान गरिने कुरा चालू वर्षका दुई वटा अधिवेशनको ध्यानाकर्षण विषय बनेका छन्। केही प्रतिनिधिहरु र सदस्यहरुले "आतंकवाद विरोधी ऐन"को तर्जुमासम्बन्धी प्रस्ताव र मस्यौदा पेश गरिसकेका छन्।

        चिनियाँ राष्ट्रिय जन काँग्रेस सम्मेलनका प्रतिनिधि एवम् युन नान प्रान्तका प्रमुख ली चि हङ्गले "सरकारी कार्य-प्रतिवेदन"बारे लेखाजोखा गर्दै "आतंकवादको प्रतिरोध सम्बन्धमा चीनको पूर्ण चेतावनी परिपाटी र आकस्मिक परिपाटी"लाई सरकारी कार्य-प्रतिवेदनमा थपिनुपर्ने प्रस्ताव प्रस्तुत गर्नुभयो।

        चिनियाँ राष्ट्रिय जन काँग्रेस सम्मेलनका प्रतिनिधि दीलीनाअर आबुदुलाले हिंसात्मक आतंकवादी शक्तिमाथि प्रहार गर्ने ऐन र नियमलाई सुधार गर्न निकै आवश्यक भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ