फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष चीनले रियल इस्टेट कर सम्बन्धी कानून तर्जुमालाई अघि बढाइने

(GMT+08:00) 2014-03-06 13:04:05

        चीनका अर्थमन्त्री लौ ची वैले कर व्यवस्थाको सुधार यस वर्ष बित्तीय कर व्यवस्था सुधारको एक विषय भन्दै रियल इस्टेट कर अर्थात् घरजग्गा कारोबारसम्बन्धी कानूनको तर्जुमालाई गति दिने कुरा यस वर्षको मुख्य कार्यभार हुने कुरा औंल्याउनुभएको छ। साथै उहाँले आगामी दिनहरूमा क्षेत्रीय करमा मौजुद बेठीक सहुलियत नीतिलाई हटाउने कुरा पनि बताउनुभएको छ। उहाँले छ तारिखका दिन बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशनद्बारा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

        मन्त्री लौका अनुसार, पूँजीको कसरी वितरण र प्रयोग गर्ने भन्ने कुराको निर्णय बजारले गर्नुपर्छ। बरु कर सम्बन्धी विभिन्न किसिमका क्षेत्रीय सहुलियत नीतिद्बारा निर्णय गरिनुहुँदैन। पूँजीको वितरण र प्रयोग गर्ने सन्दर्भमा बजारले निर्णायक भूमिका निर्वाह गर्नैपर्छ। समान रुपमा प्रतिस्पर्धा गरिने र बजारलाई एकीकृत पारिने भन्ने कुरा मूलभूत सिद्धान्त नै हो। विभिन्न ठाउँबाट सिर्जित कर सम्बन्धी केही बेठीक सहुलियत नीतिबाट अस्वस्थ प्रतिस्पर्धा उत्पन्न भएको देखिन्छ। त्यसैगरी ती बेठीक सहुलियत नीतिलाई निर्धारित समय अनुसार हटाइनेछ।

जानकारी तथा लेखहरु
सुझाउ