फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वको तेस्रो स्थानमा रहेकी चिनियाँ मोडल लिउ वन

(GMT+08:00) 2014-03-26 14:42:41

         सन् 2013 अगष्ट महिनाको 29 तारिख मोडल वेभसाइट "एम.डी.सी."ले विश्वका अघिल्लो सूचीमा रहेका पचास जना मोडलको नामावली सार्वजनिक गरेको थियो। चिनियाँ मोडल लिउ वन विश्वको तेस्रो स्थानकी मोडल बनेकी छिन्।

         लिउ वनको जन्म सन् 1988 जनवरी 27 तारिख हु नान प्रान्तको युङ्ग चौ शहरमा भएको थियो। उनको उचाइ 1.78 मिटर छ। उनको शारीरिक वजन बाउन्न किलोग्राम छ।

         सन् 2005को गृष्म ऋतुमा लिउ वनले सिन स लु नामक मोडल प्रतियोगिताअन्तर्गत हु नानको युङ्ग चौ शाखा प्रतियोगितामा पहिलो पाइला राखिन्। सो प्रतियोगिताको प्रथम पुरस्कार नोटबुक कम्प्युटर थियो। लिउ वन नोटबुक कम्प्युटरबाट आकर्षित भएकी थिइन्। त्यो कम्प्युटर जित्नका लागि लिउ वनले सो प्रतियोगितामा भाग लिनका लागि दर्ता फारम भरेकी थिइन्। लिउ वनले हु नान प्रान्तीय प्रतियोगिताको उपाधि जितेकी थिइन्। उनले नोटबुक कम्प्युटर पनि पाएकी थिइन्। त्यसपछि आत्मविश्वासका साथ लिउ वन हाई नान प्रान्तको सान या शहरमा आयोजित सिन स लु नामक मोडल फाइनल प्रतियोगिता सन् 2005मा सहभागी भएकी थिइन्। चीनकै उत्कृष्ट यस मोडल प्रतियोगितामा लिउ वनले कुनै पनि पुरस्कार पाएकी थिइनन्।

         सन् 2005को शरद ऋतुमा सत्र वर्षीय लिउ वन आफ्ना झिटीझ्याम्टा बोकेर रेलद्वारा पैचिङ्गको बाटो तताइन्। उनले पैचिङ्गमा व्यवसायिक मोडल केन्द्र स्थापना गर्ने निर्णय गरेकी थिइन्। तर त्यसमा उनी लगातार धेरै पटकसम्म विफल थिइन्। त्यस बेला आफ्ना बुबाआमा सम्झिँदै र टेलिफोन गर्दै उनी धेरै पटक रोएकी पनि थिइन्। तर बुबा आमाले उनलाई निरन्तर रुपमा प्रयास गर्न उत्प्रेरित गर्नुभएको थियो।

         सन् 2007 मा तेस्रो श्रेणीकी मोडल भएकी लिउ वन सन् 2008मा पहिलो श्रेणीमा उक्लिएकी थिइन्। एक महिनामा उनले फेशन म्यागेजिनका लागि बीस पटकभन्दा धेरै चोटी फोटो खिचाएकी थिइन्। उनले फेशन म्यागेजिनका लागि फोटो खिचाएर एक महिनामा कम्तीमा दश हजार चिनियाँ युआन कमाउन सफल भएकी थिइन्। उनले च्यानेल, मार्कज्याकोब्स, होगोबोस, लोइवेइ, शाङ्गहाई थान, शान शानआदि देश विदेशका प्रसिद्ध डिजाइनिङका लागि मोडलिङ गरेकी थिइन्।

         सन् 2008मा उनले न्यूयोर्क, लण्डन, मिलान, पेरिस फेशन सप्ताहहरुका लागि मोडलिङ गरिन्। लिउ वन सन् 2008 को मार्च महिनामा आयोजित मिलान र पेरिस फेशन सप्ताहमा सहभागी भएको त्यो पहिलो पटक थियो। यी दुबै फेशन सप्ताहमा उनले बीस पटक मोडलिङ गरेकी थिइन्। सन् 2008 को सेप्टेम्बर महिनामा लिउ वन पहिलो पटक न्यूयोर्क फेशन सप्ताहमा सहभागी भइन्। त्यसमा उनले सत्ताईस पटक मोडलिङ गरिन्। ती फेशन सप्ताहमा सहभागी भएपछि लिउ वन लोकप्रिय मोडलको रुपमा स्थापित हुँदै गइन्। त्यसपछि उनी प्रसिद्ध अण्डरवीयर ट्रेड मार्का "भिक्टोरिया सेक्रेट"को वार्षिक शोमा सहभागी हुने चर्चा चल्न थालेको छ। सन् 2008 नोभेम्बर 19 तारिखका दिन "भिक्टोरिया सेक्रेट"को शोमा लिउ वनको सहभागिता थियो। लिउ वन "भिक्टोरिया सेक्रेट"को शोमा सहभागी हुने पहिलो एशियाली मोडल बन्न सफल भएकी छिन्।

         सन् 2009 को मार्च महिनामा उनले न्यूयोर्क, लण्डन, मिलान, पेरिस फेशन सप्ताहमा जम्मा चौहत्तर पटक मोडलिङ गरिन्। त्यो वर्षको सेप्टेम्बर महिनामा ती चार वटा फेशन सप्ताहमा उनले जम्मा सत्तरी पटक मोडलिङ गरेकी थिइन्। सन् 2010 को मार्चमा जम्मा उनले ती चार फेशन सप्ताहमा गरी कूल उनन्पचास पटक मोडलिङ गरेकी थिइन् भने सेप्टेम्बर महिनामा जम्मा अठचालीस पटक मोडलिङ गरेकी थिइन्। सन् 2011 को फेब्रुअरी महिनामा उनले फेशन सप्ताहमा छयालीस पटक मोडलिङ गरेकी थिइन् भने सेप्टेम्बर महिनामा न्यूयोर्क, मिलान र पेरिस फेशन सप्ताहमा एकाउन्न पटक मोडलिङ गरेकी थिइन्। सन् 2012 र सन् 2013 का फेशन सप्ताहमा उनी लोकप्रिय मोडल बनिन्।

        लिउ वन प्रसिद्ध मोडल मात्र नभई अन्तर्राष्ट्रिय फेशन मञ्चमा चिनियाँ प्रतिनिधि पनि हुन्। उनको निर्देशनमा अझै धेरै चिनियाँ मोडल अन्तर्राष्ट्रिय फेशन मञ्चतर्फ लम्किरहेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ