फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफगानिस्तान, चीन-ल्याटिन अमेरिका सम्बन्ध, चीन र जापानको सम्बन्धबारे परराष्ट्रमन्त्री वाङ यीको धारणा

(GMT+08:00) 2014-03-08 14:22:25

        चीनका परराष्ट्र मन्त्री वाङ यीले आठ तारिख बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा चालू वर्षको अगष्ट महिनामा चीनले आफगानिस्तान समस्याबारे पारित गरेको इस्तान्बुल प्रक्रियासम्बन्धी विदेश मन्त्रीहरुको सम्मेलन पहिलो पटक आयोजना गर्ने कुरा बताउनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय समाजसँग मिलेर अफगानिस्तानी राजनैतिक मेलमिलापको समर्थन गर्ने, आफगानिस्तानको शान्तिपूर्ण पुनःनिर्माणमा सहयोग गर्ने, अफगानिस्तानलाई क्षेत्रीय सहयोगमा संलग्न हुन समर्थन दिने मनसाय चीनले लिएको कुरामा जोड दिनुभयो।

        परराष्ट्र मन्त्री वाङले चालू वर्षमा चीन र ल्याटिन अमेरिकाबीचको सम्बन्धको सामु ऐतिहासिक सुअवसर देखापरेको कुरा व्यक्त गर्नुभयो।

        चीन र जापानको सम्बन्धबारे चर्चा गर्दा वाङले चीन र जापान छिमेकी मुलुक हुन् भन्दै दुई मुलुकबीच शान्तिपूर्ण रुपमा सहअस्तित्व हुनुपर्छ भन्नुभयो। साथै उहाँले हाल दुई मुलुकको स्थिति दुई मुलुकका जनताको हितसित अनुकूल नभएको कुरा प्रकट गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ