फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको स्थायी अध्यक्ष-मण्डलको पहिलो बैठक आयोजित

(GMT+08:00) 2014-03-09 11:05:33

        बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनका स्थायी अध्यक्ष-मण्डलको पहिलो बैठक आठ तारिख दिउँसो जन वृहत् सभा भवनमा आयोजना भएको छ। बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको अध्यक्ष-मण्डलका स्थायी अध्यक्ष एवम् चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाङ्ग त च्याङ्गले उक्त बैठकको अध्यक्षता गर्नुभयो।

        सरकारी कार्य-प्रतिवेदनबारे बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको सचिवालयको लेखाजोखा र परिमार्जनको स्थितिबारे बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको अध्यक्ष-मण्डलका स्थायी अध्यक्ष एवम् चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष एवम् महसचिव वाङ छनद्वारा प्रस्तुत जानकारी बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको अध्यक्ष-मण्डलका स्थायी अध्यक्षहरुको पहिलो बैठकले सुनुवाइ गरेको छ।

        सन् 2013 कुल गार्हस्थ उत्पादन मात्रा र सामाजिक विकास योजना लागू भएको अवस्था र सन् 2014 को कुल गार्हस्थ उत्पादन मात्रा र सामाजिक विकास योजनाको मस्यौदाबारे राष्ट्रिय जन काङ्ग्रेसको अर्थतन्त्र तथा बित्त समितिको जाँचबुझको सम्बन्धमा राष्ट्रिय जन काङ्ग्रेसको अर्थतन्त्र तथा बित्त समितिका प्रमुख ली शङ लिनद्वारा प्रस्तुत गरिएको प्रतिवेदन पनि उक्त बैठकमा प्रस्तुत गरिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ