फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनद्बारा दोस्रो पूर्ण बैठकको आयोजना

(GMT+08:00) 2014-03-09 16:50:10

         बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनले नौ तारिख बिहान जन बृहत सभा भवनमा दोस्रो पूर्ण बैठकको आयोजना गरेको छ। राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाङ्ग त च्याङ्गले बैठकमा कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभयो।

        सी चिन फिङ्ग, ली ख छ्याङ्ग, यु चङ्ग शङ्ग, लिउ युन शान, वाङ्ग छी शान र चाङ्ग काउ ली पनि बैठकमा सम्मिलित हुनुहुन्थ्यो।

        अध्यक्ष चाङ्गले प्रस्तुत गर्नुभएको कार्य-प्रतिवेदनमा गएको एक वर्षको मुख्य कार्य र आउँदो वर्षको मुख्य कार्यभार गरी दुई विषयमा विभाजन गरिएको छ।

        उहाँले सात पक्षमार्फत् वितेको एक वर्षको मुख्य कार्यको पुनरावलोकन गर्नुबाहेक आगामी वर्षका लागि स्थायी समितिको समष्टिगत माग आग्रह पनि प्रस्तुत गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ