फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्ष चीनद्बारा दुईटा ऐन संशोधन

(GMT+08:00) 2014-03-09 13:11:00

        बजेट ऐन र प्रशासनिक मुद्दा ऐनको संशोधनको विषयलाई चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको यस वर्षको कार्य-योजनामा समावेश गरिएको छ।

        चिनियाँ राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिका अध्यक्ष चाङ्ग त च्याङ्गले नौ तारिखका दिन बाह्रौं राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको राष्ट्रिय जन काङ्ग्रेस स्थायी समितिको कार्य-प्रतिवेदनमा उक्त कुरा औंल्याउनुभएको हो।

        उहाँका अनुसार, मुख्य क्षेत्रमा ऐन-कानूनको तर्जुमालाई मजबुत पारी सक्रियताका साथ वैज्ञानिक विधायक र प्रजातान्त्रिक रुपमा ऐन-कानूनको तर्जुमालाई अघि बढाउनु नै यस वर्षको मुख्य कार्यभार हो।

        अध्यक्ष चाङ्गका अनुसार, यस वर्ष स्थायी समितिको विधायक कार्य-योजनामा समावेश गरिएका योजनाहरूमध्ये ऐन-कानूनको तर्जुमा ऐनको संशोधन, खाद्य सुरक्षा ऐन, सुरक्षित उत्पादन ऐन, स्टक ऐन, विज्ञापन ऐन, सैनिक प्रबन्धको संरक्षण ऐन र शिक्षा ऐन आदि पनि समावेश छन्।

जानकारी तथा लेखहरु
सुझाउ