फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री ली ख छ्याङ्गको सरकारी कार्य-प्रतिवेदनको अन्तर्राष्ट्रिय समुदायद्वारा सकारात्मक मूल्यांकन

(GMT+08:00) 2014-03-12 10:11:34

        चीनका प्रधानमन्त्री ली ख छ्याङ्गले पाँच तारिख राष्ट्रिय जन काँग्रेसको वार्षिक अधिवेशनमा सरकारी कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभयो। अन्तरार्ष्ट्रिय जगतमा यसको सकारात्मक मूल्याङ्कन गरिएको छ। विभिन्न पक्षका व्यक्ति र सञ्चार-माध्यमले ली ख छ्याङ्गद्वारा प्रस्तुत सरकारी कार्य-प्रतिवेदनमाथि ध्यानाकर्षण गर्नुका साथै सक्रियताका साथ मूल्याङ्कन गरेका छन्। अन्तर्राष्ट्रिय विद्वत् समुदाय र सञ्चार-माध्यमकाअनुसार, चीनले निश्चित गरेको आर्थिक बृद्धि लक्ष्यबाट चीन सरकारले आर्थिक बृद्धि पद्धतिलाई बदल्दै जाने दृढ संकल्प प्रतिविम्वित भएको छ। सुधारबारे चीनले प्रस्तुत गरेको कदमले चौतर्फी रुपमा गहन तथा सकारात्मक संकेत दिएको छ। विभिन्न पक्षको सुधारको सफलताले विश्वलाई अझै बढी लाभान्वित गराउनेछ।

        चीन सरकारको कार्य-प्रतिवेदनअनुसार, चालू वर्षको कुल गार्हस्थ उत्पादन मात्रामा 7.5प्रतिशत बृद्धिको लक्ष्य निरन्तर कायम रहनेछ। चीनको आर्थिक बृद्धि लक्ष्य नवोदित बजार र विश्व अर्थतन्त्रको विकासका लागि हितकर हुने छ।

        फ्रान्सको "ले फिगारो" पत्रिकाले जनाएअनुसार, विश्व अर्थतन्त्रको एक मुख्य आर्थिक समूहले स्थिर बृद्धि स्तरलाई निरन्तर कायम राख्नेछ। चीनको आर्थिक बृद्धि गति घटाइने कुरा चीन सरकारले आर्थिक बृद्धि पद्धतिको सुधार गर्ने राम्रो इच्छा हो। क्यानाडाको "ग्लोबल पोस्ट"ले विशेषज्ञको भनाइ उद्धृत गर्दै जनाएअनुसार, चीनमा परिवर्तन हुँदैआएको छ। भविष्यमा चीनले आर्थिक बृद्धिमाथि मात्र ध्यान नदिएर चौतर्फी बनाउनेछ। फ्रान्सको "इ इको रिपब्लिकाएन"ले जनाएअनुसार, कुल गार्हस्थ उत्पादन मात्रामा बृद्धि हुने लक्ष्यलाई घटाउनु चीनले विश्वलाई दिएको एक शक्तिशाली संकेत हो। यसबाट चीन सरकारले अर्थतन्त्रलाई अझै सन्तुलित र स्वस्थ मार्गमा डोर्‍याउने प्रतिविम्वित भएको छ।

         प्रधानमन्त्री लीले सरकारी कार्य-प्रतिवेदनमा सुधार चालू वर्षमा सरकारी कार्यको प्रथम कार्यभार हुने र आर्थिक परिपाटीको सुधार महत्वपूर्ण कार्यभारको रुपमा बनाइने कुरामा जोड दिनुभयो। विदेशी टिप्पणीकर्ताहरुका अनुसार, सरकारी कार्य-प्रतिवेदनमा समेटिएको विषय चिनयाँ कम्युनिष्ट पार्टीको अठारौं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा समेटिएको विषय उस्तै छ। चीन सरकारले सुधारको ठोस कदमलाई अगाडि बढाउँदैआएको छ।

         केही विश्लेषककाअनुसार, गत वर्षको अन्त्यमा आयोजित तेस्रो पूर्ण बैठकले सुधारका लागि सकारात्मक कदमहरु प्रस्तुत गरिसकेको छ। फ्रान्सको "ले मोन्डे" अनुसार, प्रधानमन्त्री लीले सरकारी कार्य-प्रतिवेदनमा दजर्नौं पटक "बजार" भन्ने शब्द प्रस्तुत गर्नुभयो। साथै सरकारी कार्य-प्रतिवेदनले पनि बैङ्किङ सुधारको संकेत गरेको छ। समाचार संस्था एपीले "आर्थिक सुधारलाई अगाडि बढाउने चीनका प्रधानमन्त्रीको प्रतिवद्धता"शिर्षकको लेख प्रकाशित गरेको छ। उक्त लेखअनुसार, प्रधानमन्त्री लीले बैंक र बैकिङ क्षेत्रमा केही सुधार गर्ने प्रतिवद्धता देखाउनुभयो। यस किसिमको सुधार चीनको अर्थतन्त्रका लागि निकै महत्वपूर्ण हुने छ।

         विदेशी उद्योग-व्यवसायीहरु र लगानीकर्ताहरुले पनि चीनका दुई वटा अधिवेशनमाथि ध्यान दिएका छन्। चीनले तेस्रो पूर्ण बैठकमा प्रस्तुत गरिएको विभिन्न सुधार कदमलाई कसरी व्यवहारमा उतार्ने भन्ने कुराबारे जानकारी लिने आशा उनीहरुले लिएका छन्। प्रधानमन्त्री लीको सरकारी कार्य-प्रतिवेदनमा उनीहरुले विगत केही वर्षहरुमा चीनको अर्थतन्त्रमा तीब्र रुपमा बृद्धि भएपछि चीनले सेवा व्यवसाय र अझै स्वस्थ व्यवसायको विकास गर्ने आशा लिएको कुराबारे जानकारी लिएका छन्।

         चीन सरकारले आर्थिक बनौटको सामन्जस्यतामाथि ध्यान दिएको, स्पष्ट उपलब्धि हासिल गरिसकेको र विश्व अर्थतन्त्रमा जीवन्त शक्ति थपेको छ। मोर्गन स्टेन्लेअन्तर्गत एशिया शाखाका पूर्व अध्यक्ष स्टेफेन रोजले बताउनुभएअनुसार, बाह्रौं पञ्च वर्षीय योजना र तेस्रो पूर्ण बैठकले चीनको अर्थतन्त्रलाई एक मोड दिनका लागि जग बसालेका छन्। विगत दुई वर्षभित्र सेवा व्यवसायले कुल गार्हस्थ उत्पादन मात्रामा ओगटेको अनुपात 43प्रतिशतबाट बढेर 46प्रतिशत पुगेको छ। चीनको आधुनिक इतिहासमा सेवा व्यवसायको अनुपात बढेको यो पहिलो पटक हो। फ्रान्सका वैदेशिक व्यापार मन्त्री निकोले ब्रिकले बताउनुभएअनुसार, सन् 2013मा बुद्धिमान शहर, चिकित्सा तथा स्वास्थ्य, खाद्य-पदार्थको प्रशोधन, सञ्चार तथा प्रविधि गरी चार क्षेत्रको निर्यातमा बृद्धि भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ