फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन सम्पन्न

(GMT+08:00) 2014-03-12 19:01:59

       चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको बाह्रौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशन आज बाह्र तारिख सम्पन्न भएको छ। चीनमा गहन सुधार सम्पूर्ण रुपमा सुरु भएपछि आयोजना भएको जनराजनीतिक परामर्शदात्री सम्मेलनको यो पहिलो अधिवेशन हो। सम्पूर्ण गहन सुधारमा ध्यान दिनुका साथै सुझाव प्रस्तुत गर्ने यसै सम्मेलनको प्रमुख विषय रहेको छ।

        आज मतदान भएर पारित भएको चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन बाह्रौँ राष्ट्रिय समितिको दोस्रो अधिवेशनको राजनीतिक निर्णय-पत्रले सम्पूर्ण गहन सुधारमा जनराजनीतिक परामर्शदात्री सम्मेलनको सहभागीबाट तीनवटा भूमिका निर्वाह गरिने उल्लेख गरेको छ: आर्थिक, राजनीतिक, सांस्कृतिक, सामाजिक, सभ्य प्रणाली सुधारसम्बन्धी महत्वपूर्ण विषयमा गहिरो जाँच र अध्ययन गरी प्रस्ताव दिनेछ। महत्वपूर्ण सुधार कदमको लागू गर्न लोकतान्त्रिक पर्यवेक्षण बढाएर व्यावहारिक सुझाव प्रस्तुत गरी सुधारलाई बढाइनेछ, सुधारका कार्यक्रम बुझ्न, समर्थन दिन र भाग लिनका लागि सम्मेलनका सबै सदस्य र सर्वसाधारणलाई निर्देशन दिइनेछ।

जानकारी तथा लेखहरु
सुझाउ