फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

 विदेशीका लागि सबैभन्दा मन पर्ने चिनियाँ खाना सम्बन्धी जानकारीको दोस्रो भाग

(GMT+08:00) 2014-03-18 16:47:49

  चीन मीठो खाना बोकेको ठूलो मुलुक हो। खानासम्बन्धी चीन राष्ट्रको गहिरो संस्कृति युगौं युगदेखि रहँदैआएको छ। सारा विश्वमा चिनियाँ खानाको निकै उच्च प्रतिष्ठा रहेको छ। चिनियाँ जनताका लागि खाना मानिसको भोकलाई मेटाउने तरिका मात्र होइन। साथै प्रत्येक दिनका तीनवटा भोजन पनि मात्र होइन। बरु चिनियाँले खानामार्फत सुन्दरता, कुशलता, भावना र इज्जतको पनि ब्याख्या गर्ने गर्दछन्। रङ्गीचङ्गी चिनियाँ मीठा खानामध्ये विदेशी साथीका लागि मन पर्ने "चिनियाँ प्रसिद्ध खाना" कुन कुन हुन्? आजको कार्यक्रममा म अन्य मीठा खानाबारे जानकारी दिंदैछु।

     सर्वप्रथम फ्राइड रा‌इसबारे चर्चा गर्दछु। फ्राइड रा‌इसलाई चिनियाँमा छाउ फान भनिन्छ। फ्राइड रा‌इस चीनमा सबभन्दा सजिलो देखिने एक मीठो खाना हो। पकाउने प्रविधि त्यति सिपालु नरहेको मान्छेका लागि एउटा भाँडो र एउटा पन्यौं मात्र भएमा साधारण खाद्य पदार्थलाई रङ्गीचङ्गी र आश्चर्यजनक खानाको रुपमा बनाउनसकिन्छ। त्यो फ्राइड राइसको विशेषता नै हो।

     किम्बदन्तीअनुसार एक चोटीको राजकीय भ्रमण अवधिमा लि होङ्ग चाङ्गले चिनियाँ र विदेशी सबैलाई मन पर्ने खाना पकाउने आदेश आफ्नो भान्छेलाई दिनुभएको थियो। चलाख भान्छेले उहाँको कुरा सुनेपछि तुरुन्तै भान्छा कोठा पसेर एक भाँडोको फ्राइड राइस पकाएका थिए। त्यस साधारण र विशेष दुवै राम्रोसँग मिसाइएको फ्राइड राइसको विभिन्न मुलुकका कूटनीतिज्ञहरूले सराहना गर्नुभएको थियो। त्यसै कारणले श्री लि होङ्ग चाङ्गलाई पनि धेरै गौरवान्वित बनाएको थियो।

     फ्राइड राइस थरी थरीका हुन्छन्। याँचौ फ्राइड राइस, फु चेन फ्राइड राइस, कुखुराको मासुद्बारा पकाइएको फ्राइड राइस र भूइंकटहर मिश्रित फ्राइड राइस आदि हुन्। फ्राइड राइस पकाउनका लागि गएको रातको भातालाई छान्नुपर्छ। सर्वप्रथम चिसो भातलाई चप्स्टिक्सद्बारा पारिन्छ। अनि अण्टा, साग, फलफूल, विभिन्न प्रकारका मासु, समुद्री वस्तु र पकाएको खाना तयार हुन्छ। त्यस पछि अण्डालाई रोटीको आकारमा पकाएर तेलमा हालिन्छ। अथवा अण्डाद्बरा बनाइएको रोटीभित्र भात राखेपछि सँगै तेलमा तताउनु पनि हुन्छ। अन्त्यमा अन्य खाना र मसला पनि हालिन्छ। एकेक टुक्राको उज्यालो भात र मीठो बास्ना सहित सुनौलो फ्राइड राइस देख्दा अधिकांश विदेशी साथीहरूले निकै सराहना गर्ने गर्दछन्।

     मा फो तोफु भन्ने खानाबारे चर्चा गर्दछु। मा फो तोफु चीनको स छ्वान प्रान्तको खानामध्ये एक प्रसिद्ध तरकारी हो। सेतो र नरम तोफुमाथि रातो रङ्गका मासुका टुक्राहरू र हरिया साग ढाकिएको छ। एक चक्रको पीरो तेल पनि वरिपरि घुम्छ। त्यस तरकारीमा टिमुरको स्वाद बाहेक पीरो, तातो, नरम, ताजा र मीठो लगायत विशेषतायुक्त स्वाद चाख्न सकिन्छ।

     अब त्यसको पकाउने तरिका पनि सिकाउँछु। तोफुलाई झण्डै एक सेन्टीमिटरको टुक्रामा पारिएपछि एक सय तापक्रमको पानीमा अलिकति तताएर पानीबाट झिकिन्छ। साग र दाललाई पनि टुक्रामा पारिन्छ। अनि स्टाचयुक्त मसला र पानीलाई मिश्रित पारिन्छ। भाँडोमा तेल हालेर मासुका टुक्रालाई तताएपछि झिकिन्छ। त्यसपछि सोयासस, खुर्सानीको धूलो लगायत अरु मसलालाई तेलमा पनि तताएपछि फेरि पानी हालिन्छ। पानी boiling भएपछि तोफु र मासुका टुक्राहरू हालेर तीन/चार मिनेटसम्म तताइन्छ। त्यसपछि सागका टुक्रा हालेर आधा मिनेटपछि स्वाचयुक्त मसला र पानी मिश्रित रस र पीरो तेलपनि हालिन्छ। अनि तेल उज्यालो र कम बनेसम्म मात्र तरकारीलाई भाँडोबाट झिकिन्छ। अन्त्यमा तरकारीमाथि टिमुरको धूलो हालेपछि खान सकिन्छ।

अब

     अर्को खाना अर्थात् ममजा हो। ममजा चिनियाँ जनता निकै मन पराउने एक परम्परागत खाना हो। चीनका ठूला वा साना सौर्य अवधि भए पनि ममजा खाने चलन छ। चीनमा एउटा उखान छ: सबभन्दा मीठो खाना के हो? ममजन नै हो। त्यस दृष्टिबाट हेर्दा चिनियाँ खानामध्ये ममजाको निकै महत्वपूर्ण स्थान रहेको छ। एक किसिमको विशेष अन्नको हैसियतले त्यसमा मासु पनि साग पनि हुन्छ। त्यसैले ममजाको पोषण निकै सम्पूर्ण छ। साथै एउटै किसिमका ममजामा विभिन्न प्रकारका मासु र साग हाल्नसकिन्छ।

     भित्रको खाना ममजाको सबैभन्दा महत्वपूर्ण अङ्ग हो। ममजाभित्रको खाना थरी थरीका हुन्छन्। सुँगुरको मासु, गोरुको मासु र खसीको मासु हुन्छ भने झिंगे, माछा र झिंगे माछाका मासु पनि हुनसकिन्छ। अनि जुनसुकै सागलाई टुक्रामा पारिएपछि मासुसँग मिश्रित पनि हुनसकिन्छ। बसन्त चाडको बेला ममजा भित्रको खाना कसरी बनाउने भन्ने विषयमा धेरै ज्ञान पनि छ। जस्तै: सेलेरी भन्ने साग मिहिनेतसँग धन कमाउनुको अर्थ रहेको छ। सेलेरीको छनौट गर्नु बढी धन प्राप्त गर्ने प्रार्थना हुनुका साथै मिहिनेत र वास्तविक धारणाको शुभकामना पनि हो। यसबाहेक, रायोको सागको अर्थ लामो समयसम्म धनी होस् भन्ने रहेको हो। रायोको सागको छनौट गर्नु लामो समयसम्मको भौतिक धनसम्पतिको प्रार्थना गर्नुको अर्थ रहेको छ। यसका अतिरिक्त पाइ छाइ भन्ने सागको थरी थरीका धनसम्पति होस् भन्ने शुभेच्छा पनि हो।

     ममजा पकाउने तरिका मानिसलाई ज्यादै आश्चर्य लागेको हुन्छ। सबैभन्दा आधारभूत पकाउने तरिका के हो भने ममजाको बाटुलो छालाभित्र मासु र साग मिश्रित खानालाई हालेपछि प्राचीन चीनको एक किसिमको पैसा अर्थात् युआन पाउ भन्ने आकारमा बनाइन्छ। यसबाहेक, ममजालाई विभिन्न आकारमा बनाउन पनि सकिन्छ। समष्टिगत दृष्टिबाट हेर्दा ममजाबाट सुमधुर जीवनको सम्बन्धमा मानिसहरूका विभिन् किसिमका शुभकामना प्रतिबिम्बित गरिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ