फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अझ बढी विदेशी विद्यार्थीलाई चीनमा आकर्षित गरिने विषयबारे चर्चा

(GMT+08:00) 2014-03-21 15:13:54

     बाह्रौं चिनियाँ राष्ट्रिय जन काँग्रेसको दोस्रो अधिवेशन गत पाँच तारिख बिहान पैचिङ्गमा भब्यताका साथ आयोजित भयो। त्यस अधिवेशनमा प्रधानमन्त्री ली ख छ्याङ्गले नयाँ सरकारको पहिलो कार्य-प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँको कार्य-प्रतिवेदन सुनुवाई भएपछि विविध क्षेत्रका प्रतिनिधि र सदस्यहरूले विभिन्न समूहमा विभाजित भई सरकारी कार्य-प्रतिवेदनका विषयबारे छलफल गर्नुका साथै आ-आफ्नो वास्तविक अनुभव बमोजिम मन्तव्य र सुझाव पनि प्रस्तुत गरेका छन्।

     शैक्षिक क्षेत्र समूहको छलफलमा राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य अर्थात् नान चिङ्ग चिकित्सा विश्वविद्यालयका उपाध्यक्ष हु काङ्गले हाम्रो सिआरआईलाई अन्तर्वार्ता दिनुभएको थियो। त्यस क्रममा उहाँले विदेशी विद्यार्थीले चीनमा अध्ययन गर्ने अभिरुचीका विषयहरूबारे आफ्नो मन्तव्य प्रकट गर्नुभयो। उहाँ यसरी भन्नुहुन्छ:

     विदेशी विद्यार्थीले चीनमा अध्ययन गर्ने चाहनालाई हामीले सकारात्मक रुपमा लिनुपर्छ। किनभने चीन खुला हुनुपर्छ त्यसैगरी शिक्षा क्षेत्र पनि खुला हुनुपर्छ। वर्तमान विश्वविद्यालयले आफ्नो द्बार बन्द गरी सञ्चालन गर्नुहुँदैन। बरु अन्तर्राष्ट्रियकरण भन्ने कुरा आवश्यक प्रवृत्ति हुनेछ। अहिले हाम्रो चीनमा अध्ययनरत् विदेशी विद्यार्थीहरूमध्ये मुख्यत: अफ्रिका र दक्षिण एशियाका विद्यार्थीहरू हुन्। शिक्षा स्तरलाई माथि उकासिएको सिलसिलामा यूरोप तथा अमेरिकाका अझ बढी विद्यार्थीलाई चीनमा आकर्षित गर्नु नै हाम्रो लागि ज्यादै महत्वपूर्ण कुरा हुनेछ। किनभने त्यो चीन समाजवादको शक्तिशाली दिशातर्फ अघि बढ्न, देशको स्थानलाई माथि उकास्न र देशको वैज्ञानिक अनुसन्धान स्तरलाई माथि उकास्नका लागि ज्यादै आवश्यक कुरा हो। यस्तो अवस्थामा हामीले सक्रियताका साथ त्यसको सामना गर्नुपर्छ।

     यसका अतिरिक्त, सरकारले विभिन्न पक्षबाट अझ बढी अवसर उपलब्ध गराउनसक्ने आशा पनि उपाध्यक्ष हुले व्यक्त गर्नुभएको छ।

     उपाध्यक्ष हुका अनुसार, हरेक वर्ष नान चिङ्ग चिकित्सा विश्वविद्यालयमा अध्ययनरत् दक्षिण एशिया र अफ्रिकाका विद्यार्थीहरूको संख्या बढ्दै गएको देखिन्छ। उहाँको विचारमा अझ बढी विदेशी विद्यार्थीलाई चीनमा अध्ययनका लागि आकर्षित गर्नु देशको विकास रणनीतिका लागि ज्यादै फाइदा हुनेछ। उहाँ यसरी भन्नुहुन्छ:

     हाम्रा विदेशी विद्यार्थीहरू मुख्यतया दक्षिण एशिया र अफ्रिकाका हुन्। आगामी दिनहरूमा हामीले अझ धेरै विदेशी विद्यार्थीहरूलाई आकर्षित गर्नु छ। हाल ती विदेशी विद्यार्थीहरू हाम्रो विश्वविद्यालयका एक सुन्दर दृश्य बनेका छन्। हामीले ती मुलुकका लागि श्रेष्ठ व्यक्तिलाई हुर्काउनु नै हाम्रो देशको परराष्ट्र रणनीतिका लागि पनि हितकर हुनेछ।

     चीनमा अध्ययनरत् विदेशी विद्यार्थीहरूको भाषा समस्याबारे चर्चा गर्दै उपाध्यक्ष हुले अङ्ग्रेजी र चिनियाँ भाषाद्बारा शिक्षा दिने सुझाव पनि प्रस्तुत गर्नुभएको छ।

     बाह्रौं चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको दोस्रो अधिवेशन गत मार्च तीन तारिखदेखि पैचिङ्गस्थित जन बृहद सभा भवनमा भब्यताका साथ शुरु भयो। समाजका विभिन्न क्षेत्रका सदस्यहरूले भेला भई सक्रियताका साथ देशको सुधार तथा विकासका लागि आ-आफ्नो मत सुझाव प्रस्तुत गरेका छन्।

     जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य अर्थात् प्रसिद्ध नाटक-अभिनेता फु छुन सिनले आफुसँग घनिष्ट सम्बन्ध रहेको साँस्कृतिक व्यवस्थाको सुधारको ख्याल-विचार गर्नुबाहेक चीनको खेलकुद कार्यमा पनि निकै चासो राख्नुभयो। राष्ट्राध्यक्ष सी चिन फिङ्गले सोची हिउँदकालीन ओलम्पिक खेलकुदमा सहभागी हुँदा चीन खेलकुद सम्बन्धी ठूलो मुलुकबाट शक्तिशाली मुलुकतर्फ परिवर्तित हुँदैजान अपील गर्नुभएको थियो। त्यसैले किशोर किशोरीको खेलकुद शिक्षालाई कसरी मजबुत पार्ने र चीनलाई खेलकुदबाट शक्तिशाली मुलुकको रुपमा कसरी रुपान्तरण गर्ने भन्ने विषयमा सदस्य फुले आफ्नो धारणा व्यक्त गर्नुभयो:

     खेलकुद एक किसिमको खेल होइन, बरु त्यो शिक्षा नै हो। आफुलाई कसरत गर्ने, सहयोग र नियमको अर्थबारे बुझ्ने, बिजय र पराजयको अर्थबारे बुझ्ने र एकले अर्काको सम्मान गर्ने। यी सबै विषयहरूबारे किशोर किशोरीलाई बुझाउनु ज्यादै आवश्यक छ। हाम्रो देशका खेलकुद जनसँख्या झन् झन् बढी हुने भन्ने मेरो अपेक्षा हो। किनकि शक्तिशाली खेलकुद मुलुकको मुख्य प्रतिक चाहिं खेलकुद जनसङख्या नै हो।

     सुधार भन्ने विषय यस वर्षका दुई अधिवेशनमा रहेका ध्यानाकर्षक विषय पनि हुन्। धेरै सदस्यहरूले सुधार कसरी गर्ने सन्दर्भमा आ-आफ्नो मन्तव्य प्रस्तुत गरेका छन्। जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य अर्थात् चीनको तुङ्ग फाङ्ग विद्युत ग्याँस ग्रूप कम्पनीका महाप्रबन्धक वाङ्ग चीले आर्थिक व्यवस्थाको सुधार भन्ने विषयमा निकै महत्व दिनुभएको छ।

     उहाँ यसरी भन्नुहुन्छ: आर्थिक व्यवस्थाको सुधार मेरो लागि सबैभन्दा अभिरुचिको विषय हो। भावी सुधारलाई कसरी साकार तुल्याउने, उद्योग-व्यवसायको वास्तविक सुधार कसरी गर्ने, बैकिङ्ग व्यवस्थाको सुधार कसरी गर्ने, बनौटको समन्वय कसरी गर्ने भन्ने विषयहरूबारे अधिवेशनमा छलफल गरिनेछ।

     सर्वसाधारणमाझ सँस्कृति र कलाको विस्तृत रुपमा प्रचार-प्रसार गर्ने भन्ने कुरा चिनियाँ प्रसिद्ध चित्रकार अर्थात् जन राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्य लु यु शुनका लागि सबैभन्दा ठूलो अभिरुचिको विषय हो। उहाँले कला र सँस्कृतिबाट सर्वसाधारण लाभान्वित हुनका लागि सरकारले एउटा उपयुक्त मञ्च उपलब्ध गराउनसक्ने आशा व्यक्त गर्नुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ