फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आँगन घर अर्थात् स ह युआनसम्बन्धी जानकारीको दोस्रो भाग

(GMT+08:00) 2014-03-27 14:20:28

     

         औपचारिक स ह युआन एक परिवारको लागि एक घर हो, घर ठूलो वा सानो जस्तो पनि हुनसक्छ। घर मालिकले जमीनको क्षेत्रफल र परिवारका सदस्यको संख्याबमोजिम घर निर्माण गर्नसक्छ। सानोमा एक ढोका र ठूलोमा तीन वा चार ढोका हुन्छ, साथै दुई वटा स ह युआनको चौडाइ भएको आँगन घरको निर्माण पनि हुनसक्छ। सानो स ह युआनमा तेह्र वटा कोठा हुन्छ भने एक आँगन वा दुई आँगनको स ह युआनमा पचीसदेखि चालीस वटा कोठा हुन्छ। दायाँ बायाँ अर्थात् दुई छेउको कोठाको पछाडिको पर्खाललाई घरको पर्खालको रुपमा राखेर कुनामा फेरि अर्को ईंटाको पर्खाल ठडाइन्छ। ठूलो स ह युआनमा बाहिरबाट अग्लो पर्खालले घेरिएको हुन्छ र झ्याल खोल्न मिल्दैन, त्यसबाट त्यस्को गोपनीयता देखिन्छ। वास्तुको ढाँचाबाट हेर्दा धेरै राजामहाराजाको विशाल भवन र मन्दिर पनि स ह युआनको नक्शाबमोजिम डिजाइन तथा निर्माण गरिएका हुन्।   

        एक परिवारको स्वतन्त्र आँगन घर चिनियाँ जीवनमा जीवित स्वरुपमा रहिरहेको छ। स ह युआन एउटा शहर नै हो, त्यसमा एक मुलुक, एक विशेष वंश, एक ठूलो परिवारको आकाश तथा भूमि गठन भएको छ।

       परम्परागत स ह युआनमा एकै परिवार बस्ने हो तर परिवारका सदस्य तथा बस्ने कोठासम्बन्धी नियम कडा छ। आँगन घरमध्ये सबैभन्दा ठूलो तथा राम्रो प्रमुख कोठामा परिवारका सबैभन्दा मुख्य व्यक्ति, घर मालिक या पाको मान्छे बस्ने गर्छ। मुख्य व्यक्ति बस्ने कोठालाई थाङ ऊ भनिन्छ, त्यो मुख्य व्यक्तिको कोठाका साथै परिवार भेला हुने कोठा पनि हो। परिवारका छोरा-छोरी, नाति-नातिनी बेग्ला बेग्लै गरी दायाँ बायाँको कोठामा बस्छन्। सामान्यतया घरको नोकरलाई भित्री कोठामा प्रवेश गर्न निषेध छ, बाहिरी आँगनमा मात्रै बस्छ।

       धेरैजसो परम्परागत स ह युआनको सममिति खाका र स्पष्ट केन्द्रीय अक्षरेखा हुन्छ। यस्तै सममिति खाकाको बनावटबाट गम्भीर तथा भव्य वातावरण देखिन्छ साथै अक्षरेखा अर्थात् धुरीमा पर्ने प्रमुख कोठालाई अत्याधिक महत्व दिएर अरु कोठालाई अतिरिक्त स्थानमा राखिएको हुन्छ।  

       पेइचिङको स ह युआन जस्तै उत्तरी चीन र उत्तर-पश्चिमी चीनमा धेरै स ह युआन निर्माण भएका छन्।  

      पेइचिङ स ह युआन सबैभन्दा बढी देखिएको तथा सबैभन्दा विशेषतायुक्त शहर हो, स ह युआनको कुरा उठाउँदा सामान्यतया पेइचिङको स ह युआन बारे चर्चा गरिन्छ। पेइचिङ स ह युआनको विशेषता यस प्रकार छ, धेरैजसो एक तल्लाको हुन्छ, घेरिएको आँगन लगभग वर्गाकारको हुन्छ, चारैतिर विभिन्न अलगै कोठा हुन्छ र कोठा बाहिर बरण्डा जस्तो सानो बाटोबाट सबै कोठा जोडिएको हुन्छ, आँगन घरको ढोका धेरैजसो दक्षिण-पूर्वतिर हुन्छ।

        आकाशबाट पेइचिङ शहर हेर्दा खरानी रङ्गको टाइल ढाकिएका घरद्वारा चारैतिर घेरिएको आँगनहरु देखिन्छ।आँगनको हरियो रुखले खरानी रङ्गको घरलाई आकर्षक बनाउनुका साथै स ह युआनमा बस्ने मानिसलाई छहारी दिएको छ। हाल पेइचिङको स ह युआन र पेइचिङको गल्ली पेइचिङको परम्परागत सँस्कृति र लोक चलनको प्रतिनिधि बनेको छ। पेइचिङ शहरको वास्तु प्रतिरूपको प्रतीक बनेको छ।

       पेइचिङबाहेक, चीनको उत्तरी क्षेत्रका अन्य ठाउँमा पनि मुख्यतः स ह युआनको बसोबास शैली रहेको छ। जलवायु, वास्तु सामग्री, सँस्कृति र परम्परा आदिको प्रभावमा विभिन्न क्षेत्रका स ह युआनको विभिन्न विशेषता रहेको छ।

       शान सि प्रान्तको फिङ याउ जिल्लाका विख्यात छ्याउ परिवारको आँगन घरलाई शान सि शैलीको स ह युआन मानिन्छ। अझै विस्तृत रुपबाट हेर्दा लेस पठारमा गुफाबाट घेरिएको "खाल्टो भट्टी"रुपको आँगन घर पनि स ह युआनको एक ढाँचा हो। यसबाहेक, युन नान प्रान्तको ता लि पाइ जातिका "तीन कोठा एक झ्याल"घर, जुन मुख्य कोठा, दुईतिर कोठा हुनुको साथै झ्यालबाट घेरिएको हुन्छ, यो पनि स ह युआन हो।

       यहाँ फरक के छ भने दक्षिणी वल्लो शान सि तथा पल्लो शान सि, ह नान आदि क्षेत्रमा ग्रीष्म ऋतुको दिनमा लामो समयसम्म पश्चिमी घाम लाग्ने गर्दछ। त्यसैले पश्चिमी घामलाई कम पार्नका लागि आँगन घरको उत्तर-दक्षिण भागलाई लम्ब्याइएको छ। साथै पेइचिङ स ह युआन जस्तो वर्गाकार नभएर आयताकार हुन्छ। तर आन ह्वै प्रान्तीय ह्वै चौको स ह युआनको उत्तर-दक्षिण साँघुरो र पूर्व-पश्चिमतिर लामो भएबाट अझै बढी घाम लाग्नसक्छ। दक्षिणी चीनको आँगन घर सानो छ र चारैतिर भवनबाट घेरिएको केन्द्रीय भागलाई थ्यान चिङ भनिन्छ।

       यसका अतिरिक्त, युन नान र क्वै चौ क्षेत्रको "यी ख यिन" र उत्तर-पूर्वी चीनको आँगन घर र स ह युआनबीच समानता पनि छ साथै मूलभूत भिन्नता पनि छ। उत्तर-पूर्वी चीनमा फराकिलो जमीन धेरै छ र साथै निकै जाडो पनि हुन्छ, त्यसैले आँगनको क्षेत्रफल ठूलो छ र आँगनमा खाली ठाउँ पनि धेरै छ, जहाँ मजाले घाम लाग्नसक्छ।

जानकारी तथा लेखहरु
सुझाउ