फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय जन कंग्रेसका प्रतिनिधि यिसिचोगाको संयुक्त धनी सपना कथाको पहिलो भाग

(GMT+08:00) 2014-03-25 14:39:37

       यिसिचोगा राष्ट्रिय जन कंग्रेसका प्रतिनिधि हुनुहुन्छ। तिब्बतको शाननान क्षेत्रबाट आउनुभएका उहाँ सरल तथा दृढ हुनुहुन्छ। सर्वसाधारणबाट परिश्रम गरेर धनी बन्ने उहाँको सपना रहेको छ।

       तिब्बत स्वायत्त प्रदेशको शाननान क्षेत्रमा यिसिचोगाले सबभन्दा ठूलो तिब्बती कुखुरा प्रजन्न केन्द्र—नाइ तुङ जिल्ला कुङ सान प्रजन्न पेशागत सहकारी चालाउनुहुन्छ। सहकारीका उत्पादित बस्तु सम्पूर्ण शाननान क्षेत्रको बोइलर कुखुरा बजारको कब्जा गरी ल्हासा बजारको समेटिएको प्रतिशत तीस पुगेको छ। त्यसैले यिसिचोगालाई "कुखुरा पालनको महिला च्याम्पियन" मानिन्छ।

       भर्खरै चालीस वर्ष पुगेकी यिसिचोगा एक ठूलो परिवारमा जन्मनु भएको हो। छ जना छोरा-छोरिमा उहाँ कान्छी हुनुहुन्छ। सानो हुँदा गरिब भएकाले चाड-पर्व हुँदा छिमेकीकहाँ लुगा-फाटा उधारो लिनुपर्थे। सन् 1996 मा रोजगार पाउन यिसिचोगा हु पेइ प्रान्तको ऊ हान शहर पुग्नुभयो। धेरै किसिमका काम गर्नुभयो र धेरै कठिन परिस्थितिको सामना पनि गर्नुभयो। उहाँले आफूसँग कठिन परिस्थितिको सामना गर्ने सहयात्रीका रुपमा श्रीमान पनि पाउनुभयो। सन् 2003 मा यिसिचोगा दम्पत्तिले तिब्बती विशेषतायुक्त कुखुरा पालन उद्योगको भविष्यमा ध्यान दिनुभयो अन्तमा आफ्नो उद्योग चलाउन तिब्बतमा फर्कनुभयो। यिसिचोगाले जानकारी दिनुभयो

       सन् 2003 मैले कुखुरा पाल्न थालेँ। यसका लागि मैले जम्मा तीन लाख लगानी गरेँ। सन् 2004 मा मैले सम्पूर्ण घाटा बेहोर्नु पर्‍यो। त्यसपछि मसँग अलिकति पनि पैसा बाँकी रहेन। सन् 2005 मा विभिन्न क्षेत्रमा पैसा सापटी लिएँ। श्रीमानले मलाई यस कार्यमा धेरै समर्थन गर्नुहुन्छ।

      यिसिचोगाले कुखुरा पालन उद्योग चलाउने निर्णय गरेकोप्रति सुरुमा परिवार र साथीले नकारात्मक धारणा राखेका थिए। सो अवधिमा नाइ तुङ जिल्लामा अरु बीस परिवारले कुखुरा पालन उद्योग चलाएका थिए। तर केही समयपछि धेरैजसो बन्द भए। राम्रोसँग कुखुरा पालन गर्न नसकेर ठूलो घाटा हुँदा उनीहरु चिन्तित थिए। अन्तमा यिसिचोगा एक्लै अडिग रहनुभयो। तीन लाख युआनको लगानी सबै घाटा हुँदा उहाँले आफ्नो दृढ अनुभव र श्रीमानको समर्थनमा सबभन्दा कठिन अवधि पार गर्नुभयो। शाननान क्षेत्र र नाइ तुङ जिल्लाको कृषि तथा पशुपालन ब्यूरोको समर्थनमा सन् 2008 यिसिचोगाको पेशागत पशुपालन सहकारी स्थापना भएको थियो। त्यसपछि उहाँको कुखुरा पालन उद्योग सुचारु रुपमा विकास हुन थालेको छ। उहाँ धनी बनेपछि स्थानीय सर्वसाधारणले बेग्लाबेग्लै गरी उहाँको सहकारीमा भाग लिएका छन् र कुखुरा पालन गरी आम्दानी बढाउने आशा लिएका छन्। हाल यिसिचोगाको सहकारीका एक सय पचासभन्दा बढी स्थायी सदस्य छन् भने अस्थायी सदस्य दुई हजारभन्दा बढी छन्। बोइलर कुखुराको संख्या सुरुवातको दुई सयदेखि सन् 2013 मा सत्र लाख पचास हजार पुगेको छ। सहकारीले सदस्यलाई एकीकृत रुपमा कुखुराको चल्ला, कुखुरामा लाग्ने रोगको रोगथाम, चारो उपलब्ध गराउने र बिक्री गर्ने जस्ता सेवा दिन्छ। त्यसबाट सहकारीले दश हजार व्यक्तिलाई कुखुरा पालनबाट आर्थिक उन्नति र जीवन सुधार गर्ने अवसर प्रदान गरेको छ।

       यिसिचोगाको सहकारीले बोइलर कुखुरा र तिब्बती कुखुरा सबै पालेको छ। बोइलर कुखुरा र स्थानीय बजारको मागसँग आधारभूत रुपमा मिलेको छ। विशेषतायुक्त र मिठो मासु भएको तिब्बती कुखुरासमक्ष फराकिलो बजारको संभावना पनि छ। शाङ हाइ, युन नान प्रान्त आदि क्षेत्रका व्यवसायीले सहकारीसँग आपूर्ति सम्झौता गरेका छन्। यिसिचोगाले तिब्बती कुखुराको बजार प्रवर्द्धनसम्बन्धी आफ्नो योजना पनि तयारी गर्नुभयो। उहाँले जानकारी दिनुभयो

        मैले आफ्नो ब्रान्ड पनि पाएँ। मेरो नाम नै अहिले ब्राण्ड बनेको छ। हाल अब हामीले पैचिङ, शाङ हाइ, छङ तु, ऊ हान यी चार शहरका बजार बिस्तार गर्ने सोचाइ बनाउँदै छौँ। एक तिब्बती कुखुराको अन्डालाई पाँच युआन पर्छ, एक केजीको तिब्बती कुखुरालाई दुई सय पचास युआनमा बिक्री गर्न सकिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ